Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजा फाल्नेलाई आफ्नै साथीबाट हत्याको डर, पूर्व भइसकेका राजा भने मधेसमा निस्फिक्री हिँड्दै

Posted on March 15, 2019March 15, 2019 by Salokya


आजको कोट अफ दि डे रह्यो प्रचण्डको भनाई। त्यसो त अस्ति मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा नै ओली र प्रचण्डलाई मार्ने निर्णय गरेको माइन्युट फेला परेको चर्चा चलेको थियो। त्यो लिस्टमा देउवाको पनि नाम रहेकोले देउवाले यो निर्णयको तुरुन्त समर्थन गरेको भन्ने हल्ला पनि सुनियो बीचमा। यो रे रेको कुरा मात्र थियो। तर आज एउटा कार्यक्रममा भने प्रचण्डले मुखै खोले। उनले भने, ‘पछिल्लो समयमा मेरै सचिवालयमा समेत बसेका विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्युट गर्नुभएको छ रे। पहिला मार्नुपर्ने मान्छे भनेर टिम पनि खटाउनु भएको छ रे भनेर सरकारका तर्फबाट सुनाउनु भो।’

के भा होला साथीहरुलाई? मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र अथवा यो परिवर्तन बच्ने हो त? उनको प्रश्न थियो।

सधैँ राज्यको कडा सुरक्षा घेरामा रहने प्रचण्डलाई आफ्नै साथीहरुले आफ्नो हत्या गर्ने डर अहिले रहेछ। उनको मुखबाटै खुल्यो यो कुरा।

राजा फाल्ने गरी गरिएको गणतन्त्रको आन्दोलनका नेतालाई आफ्नै साथीबाट हत्याको डर भइरहँदा पूर्व भइसकेका राजा भने मधेसमा निस्फिक्री हिँड्दैछन्। उनको केही दिनको मधेस यात्रा हिजोदेखि सुरु भएको हो। यस क्रममा आज उनी सर्लाहीको मलंगवा पुगे। राजा हेर्न भनी छिमेकी जिल्लाबाट समेत ओइरिएछन् मान्छे। एकताका ज्ञाने चोर देश छोड भन्दै नारा लाग्ने देशमा राजभक्तहरुले राजा आऊ देश बचाऊको नारा लगाए। उहिले शासन सत्ता हातमा लिँदा राजाको गाडीमा ढुंगा हानिन्थ्यो। अहिले राष्ट्रपतिको सवारीमा केही समय बाटो रोकिँदा सवारी चालकहरुले विद्रोह गर्न थाले।

मार्ने माइन्युट फेला परेको भनी सरकार र आज स्वयं प्रचण्डको मुखबाट आएको कुरो प्रोपोगान्डा हो कि साँच्चै हो? साँच्चै हो भने त कसरी यस्तो सूचना आएको, कसबाट आएको आदि पनि प्रमाणसहित खुलाउनु पर्ने हो।

फेरि सिकाएको कसले भन्ने पनि प्रश्न आउला। झापामा वर्गशत्रु भन्दै जमिन्दारको टाउको काट्दा ठीक अहिले क्रान्तिका दुश्मनलाई मार्न नहुने? प्रचण्डको नेतृत्वको बेला सुराकी गरेर जनयुद्धका दुश्मन भन्दै मान्छे मार्न हुने अहिले महान् जनताको क्रान्तिलाई धोका दिने दलालहरुलाई एक नम्बरमा मार्नुपर्छ भनेर विप्लवले कार्यकर्ताको दिमाग भुटेको भए को दोषी? के सिकाए र के सिके भन्ने कुरा पनि आउला नि आउन त। आउँदैन र?

क्रान्ति भन्ने कुरा वास्तवमा जनतालाई उल्लु बनाउने भ्रान्ति कुरा हो भन्ने कुरा अब धेरैलाई थाहा हुनु पर्ने हो। जतिसुकै सिद्धान्तका ठूला कुरा भए पनि आफ्ना ती असन्तुष्ट साथीहरुलाई पनि पावर र पैसा मिलाएर बाँड्न सकेको भए यो अवस्था आउने थिएन। लड्ने बेलामा सँगै, अझ बढी जोखिम लिएर लड्ने, फल पाउने बेला सेयर नदिने भएपछि असन्तुष्टि आउँछ नि त। यसको नैतिक जिम्मेवारी पनि प्रचण्डले नै लिनु पर्ने हो खासमा। अब पनि उनले नै आफ्ना साथीहरुलाई त्यो बाटो ठीक छैन भनेर यही बाटोमा ल्याउन कन्भिन्स गराउनु पर्ने हो। नेतृत्व क्षमता छ भने उनले यसमा देखाउनु पर्ने हो। आफ्नो पालामा सरकारले गरेको कुरा बिर्सेर आफू सरकारपक्षीय भएर आफ्नै साथीहरुलाई त्यतिबेला गरेको जस्तो गरी नियन्त्रण गर्न खोज्दा त्यतिबेला के भएको थियो र अहिले के हुन्छ भन्ने पनि उनले नै बुझ्नुपर्ने हो।

त्यत्रो वर्षको विरासत रहेको राजतन्त्र ढल्दा पनि निस्फिक्री हिँड्न सक्ने ज्ञानेन्द्र र गणतन्त्र स्थापना गरेर पनि पलपलमा हत्या हुने त्रास लिएर हिँड्नु पर्ने प्रचण्ड। समयले के के मात्र देखाउँदै जाने हो !

5 thoughts on “राजा फाल्नेलाई आफ्नै साथीबाट हत्याको डर, पूर्व भइसकेका राजा भने मधेसमा निस्फिक्री हिँड्दै”

  1. madan bajracharya says:
    March 16, 2019 at 8:52 am

    प्रचन्द्रले राजा फालेको हो र भने? प्रचंद्र त् राजतन्त्र भारत सिट नझुक्ने नेपालि सिट झुक्ने महान रास्त्रवादी भन्दै पो थियो; उनीहरुको र सरकारको सेना भिड्दै गर्दा/ iतेतिबेला कांग्रेस यमाले सबै नै दलहरु संबैधानिक राजतन्त्रको समर्थक नै थिय/ उनीहरुको सबै कुरा बदलियको त् दिल्लीमा सम्झौता गरेर आय पछि न हो/

    दिल्ली सम्झौता भन्नमा मात्रै आफ्ना ४० बुंदे माग पुरा गराउन २० हजार नागरिकहरुको ज्यान जाने बिद्रोह गरेको प्रचंद्र र गिरिजाको सरकार बीच भयको भनेको हो तर त्यो गिसम्झौता गिरिजा र मावोबादिलाई मधेशाबादिको मुख बात दिलले मगाउन लगायको मागहरु पुरा गराउन र नेपालमा भारतको स्वार्थमा बाधक भयको शासक र शासन पद्धति हटाउन मनाउन मात्रै भयको कुरा सबैले देखेको प्रमाण उनीहरुले तराईमा मधेश बादीको सिफारिस मा ४२ लाख नागरिकता बाँडे बाटै स्पस्ट हुन्छ/ यदि तेसरी नागरिकता नबाँडेको भय सिकेले मधेसीको माग मधेसीको मत बात गराउनु पर्छ भन्न सक्दैनथ्यो र चुनावमा महतो लगायत ले जित्ने त् परेको कुरा उम्मेदवार बन्ने कुरा पनि सोच्न सक्दैथ्यो/

    अब प्रचंद्रलाई बिप्लव बात सुरछ्या थ्रेट भयको भनेर ५९ सुरछ्या ….गरेकोमा/ प्रचन्द्र्लाई बिप्लवले मार्ने डर होईन १० बर्से जनयुद्धमा प्रचन्द्रले अधुरो छोडेको कार्य बिप्लवले पुरा गरेर आफ्नो फाईंफुत्ति को राजनैतिक व्यक्तित्व खतम गरिदेला भनेर तर्सेको हो भन्ने कुरा उसले बिप्लव लाई “उसको सिको गरेको आदि” भने वाटै स्पस्ट हुन्छ/

    Reply
  2. Shankar says:
    March 16, 2019 at 12:29 am

    नेपाल को हाल सन्दर्भ मा जो सत्ता मा आएपनि देश चलाउने र मूल चाबी दिल्लिसित रहन्छ ,
    हाम्रा नेताहरु बीच दिल्ली दौड र चाकडीमा होडबाजी नै छ |सत्ता मा पुग्नु अगि बामेहरु १९५० को सन्धि , सिमाना को कुरा गर्थे , यी सत्ता मा पुग्नासाथ सब समाधान भयो त् ?
    तेसैले कांग्रेस, माउबादी , एमाले सब दिल्लीका खुफिया एजेन्ट जस्ता पो देखिन्छा |

    Reply
  3. madan bajracharya says:
    March 15, 2019 at 11:17 pm

    सालोक्यज्यु
    तराई मधेश भयको नभयको त्यो ठहर भैसकेको छैन/ तेसैले हामीले तराईलाई मधेश भन्नु …../

    Reply
  4. Pradeep says:
    March 15, 2019 at 4:57 pm

    Sooner or later it would have happened. This is a prime example of aftermath of taking advantage of innocent youths.

    Reply
  5. हिमाञ्चल कुमार भुजेल says:
    March 15, 2019 at 1:54 am

    जस्तो गर्ने त्यस्तै भने भनेको यही हो ।समयमा बुद्धि र अहमता ले मान्छेलाई खरानी बनाउँछ। मान्छेमा घमण्ड धेरै हुन्छ । उसको दिन पनि एक एक गर्दै पछि हट्दै जान्छ। महोदयले यस्तो के गर्नु हो की ।उहाँलाई फूल मालाले स्वागत गर्नुपर्ने। जुन बाटोको उहाले शिक्षा दिनु भको थियो । त्यो बाटोमै उहाँ भन्दा धेरै विज्ञ जन्माउनु भको छ । फलामले फलाम नै काट्छ भने झै । यो परिवर्तन पनि नेपालीले गर्नु पर्छ। आखिर हामी नेपालीले परिवर्तन नैं मागेको छौ। । अचम्म अचम्मको परिवर्तन बहेको अरु केही पनि गर्न र सुन्न पहेका छैनौं । हामी जनताको काम काम मा तेल हालेर गर्ने मात्र गर्न सक्ने ज मन लाग्छ गरा हामी सुइकार गर्दछौँ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme