Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रविन्द्र अधिकारीकी श्रीमतीले लेखेको भनिएको कविता सुन्नुभएको थियो? त्यो युट्युबमा पीडाको व्यापार थियो

Posted on March 13, 2019 by Salokya


आकाश धुम्म, दिनै कालो, आज फागुन पन्ध्र
बीच बाटोमै मलाई छाडी गयौ किन रविन्द्र

यस्तै यस्तै पंक्तिहरु भएको हेलिकप्टर दुर्घटना ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारीकी श्रीमतीले लेखेको भनिएको यो कवितासहितको भिडियो तपाईँले पनि युट्युबमा वा फेसबुकमा हेर्नुभएको थियो? नझुक्किनुस्। त्यो रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले लेखेको कविता थिएन। श्रीमान् गुमेको असह्य पीडामा रहेकी एक श्रीमतीले कसरी तत्काल त्यस्तो कविता रच्न सक्छिन्? अनि युट्युबका लागि वाचन गर्न सक्छिन्? यो त युट्युबमा पीडाको व्यापार थियो। विद्या भट्टराईले नै यो भिडियोप्रति आपत्ति जनाएकी छिन्।

रासससित कुरा गर्दै उनले भनेकी छिन्, “घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु र? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ। भेट्न आउनेले पनि सोध्नुभयो। मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन। यसले मलाई झनै दुःखी बनाएको छ। यसले भ्रम छर्ने काम भएको छ। को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ।”

त्यसैगरी रातोपाटीसित कुरा गर्दै उनले भनेकी छिन्-

एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो।
भेट्न आउनेहरुले कविता (आकाश कालो दिनै धुम्म, आज फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र…) को कुरा गर्थे । म छक्क पर्थे, कहीँ कतै मैले कविता लेखेको छैन। म कविता लेख्दा पनि लेख्दिन । पीडामा भएको मान्छे कतिलाई स्पष्टीकरण दिएर बसूँ ? जवाफ दिने अवस्थामा पनि थिइनँ। अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरेँ, पीडाको व्यापार पो गरिएछ।

त्यसैगरी रातोपाटीमै छोरा विराजले भनेका छन्-

आधिकारिक रुपमा १.४५ बजे दुर्घटनाको समाचार बाहिर आएको छ, ४ बजेको वरिपरि भ्रम सिर्जना गर्ने गरी ममीको नामको कविता र स्वर भन्दै सामाजिक सञ्जाल र युट्युबमा राखिएको रहेछ । हामी शोकमा थियौँ, तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्था पनि थिएन, ममीले अहिले बल्ल सुन्नुभयो।
यो कस्तो देश हो जहाँ पीडालाई शब्दमा ढालेर सहानुभूतिको व्यापार गरिन्छ । जसले यो काम गर्नु भएको हो उहाँको खोजी हुनुपर्छ र छानविन गरिनुपर्छ ।

खोज्ने नै हो भने अहिले पनि युट्युबमा थुप्रै च्यानलमा यो कविता अपलोड गरिएको छ-

त्यसमध्ये यो भिडियोको भ्युज सबभन्दा धेरै छ।

एक लाख ८५ हजारभन्दा बढी भ्युज भएको यो भिडियो फेब्रुअरी २७ मा अपलोड गरिएको छ। अर्थात् फागुन १५। रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकै दिन यो भिडियो अपलोड गरिएको देखिन्छ। पहिले अर्कै हेडलाइनमा भिडियो राखिएको भए पनि अहिले त्यसलाई परिवर्तन गरी “रबिन्द्र अधिकारीको विषयमा बनेको मन रुवाउने कविता यस्तो छ **पत्नीले होइन खास कसले लेख्यो ?” बनाइएको छ। युट्युबमा अपलोड गरेको समय नदेखाउने भएकोले अर्को साइट citizenevidence.amnestyusa.org मा गएर हेर्दा भने अपलोडको समय यस्तो देखायो-

यो नेपाली समय अनुसार २८ फेब्रुअरीको बिहान ८ बजेर ३३ मिनेट हुन आउँछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme