Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका खबर : विप्लव समूहमाथि प्रतिबन्ध, प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रमको दावी

Posted on March 12, 2019 by Salokya

आज फागुन २८ गते। आजको प्रमुख समाचार रह्यो- नेत्रविक्रम चन्द ‘विप्लव’समूहको नेकपामाथि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको सरकारले लगाएको प्रतिबन्ध। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको खबर अनलाइनखबरले राखेको छ। सरकारले मन्त्रिपरिषद् बैठक लगत्तै निर्णयबारे जानकारी दिने चलन रोकेर सरकारका प्रवक्ताले सिंहदरबारमा बासी भइसकेको निर्णय सुनाउने नयाँ चलन सुरु गरेका कारण बैठक लगत्तै यसबारे आधिकारिक रुपमा जानकारी दिने मन्त्रीहरु भएनन्। यद्यपि सरकारी समाचार एजेन्सी राससले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ‘कोट’ गरेर विप्लवका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको समाचार दिएको छ।

“उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो। सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो,” परराष्ट्र मन्त्रीको भनाईलाई पहिलोपोस्टले समाचार बनाएको छ।

प्रधानमन्त्री ओलीले विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको, पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको बताएको बारे अनलाइनखबरले विप्लवमाथि प्रतिवन्ध किन ? प्रधानमन्त्रीले भने– प्रचण्ड र मलाई मार्न मान्छे खटाइयो ! शीर्षकमा समाचार लेखेको छ।

सरकारी निर्णयबारे विप्लव नेतृत्वको पार्टीको प्रतिक्रिया रातोपाटीमा आएको छ। नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसालले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरकारले आज गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिक्रिया पनि रातोपाटीले राखेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँग कुरा गर्दै विप्लवको पार्टीलाई प्रतिवन्ध लगाउँदैमा समस्या समाधान भयो भनेर सोचे त्यो महागल्ती हुने बताएका छन्।

२०६९ मा मोहन वैद्य ‘किरण’ले प्रचण्डसँग पार्टी फुटाएर ड्यास माओवादी (नेकपा-माओवादी) बनाउँदा मुख्य पात्रहरु थिए विप्लव र बादल। २०७१ मंसिरमा विप्लव समूहले वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गरेको थियो। तत्कालीन ‘जनयुद्ध’का एक नेता रामबहादुर थापा ‘बादल’ अहिले गृहमन्त्री छन् भने अर्का नेता विप्लव भूमिगत छन्। बादल Vs विप्लवको यो खबर पहिलोपोस्टमा छ।

बिना नामको राजनीतिक विश्लेषकले बताएको भन्दै रातोपाटीले विप्लवले चाल्न सक्ने तीन कदमको अनुमान यसरी गरेको छ- पहिलो, राज्यले नै नेकपालाई प्रतिबन्ध लगाएपछि घोषित रुपमै युद्दमा जान सक्छ । दोस्रो, तत्काल कार्यकर्तालाई भूमिगत हुन लगाएर केही दिनपछि सशक्त कारवाहीमा उत्रिन सक्छ । तेस्रो, एकपटक वार्ताको कोशिस पनि हुन सक्छ। कुन विश्लेषकले यस्तो अनुमान गरेको भन्ने खुलाइएको छैन।

प्रधानमन्त्रीले विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख भनेर शुक्रबार भनेको दिन बसुन्धारामा वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम पड्काइएको थियो। आज संघका पदाधिकारीहरु चन्दा र आतंकले पीडित भयो भन्दै प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्न जाँदा जहाँजहाँ धेरै पैसा छ, त्यही बम हान्नेसँग के-को वार्ता? भन्दै प्रतिबन्ध लगाउने पूर्वसंकेत गरेका थिए।

अन्य समाचारमा मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको खबर देशसञ्चारमा छ।

राजा ज्ञानेन्द्रले आफ्नो पुर्खाले देश आर्जेको भनेपछि केपी ओलीले प्रतिवाद गरी ‘यो देश तपाईंका पुर्खाले मात्र आर्जेको होइन, यो देश निर्माणमा तपाईंका पुर्खाभन्दा नेपाली जनताका छोराछोरी अझ बढी भूमिका छ। कालु पाँडेजस्ता नेपाली जनताका छोराछोरीले लडाईंमा आफ्नो गर्धन थापिदिएकाले नेपाल एकिकरण भएको हो, पृथ्वीनारायण शाह पृथ्वीनारायण हुन सकेका हुन्’ भन्दा ज्ञानेन्द्र बेस्सरी रिसाएका थिए। नेपालखबरले पृथ्वीबहादुर पाँडेलाई उद्‍धृत गर्दै यो समाचार लेखेको छ।

1 thought on “आजका खबर : विप्लव समूहमाथि प्रतिबन्ध, प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रमको दावी”

  1. madan bajracharya says:
    March 13, 2019 at 11:31 pm

    जनता लुतिन्दै थिय मारिंदै थिय, नागरिक मारिने देसको सम्पति ध्वस्त हुने कार्य मैले गरेको हो पनि भन्दै थिय तापनि उसलाई राजनेतानै मानियो, प्रहरीले नासमायाको होईन तर छोडियो/ तर “अहिले नेतालाई मार्न खोजेकोले” भनेर प्रतिबन्ध लगायो/ नेपाल त् पालिनु पर्ने नेपालीलाई पाल्ने “नेपाल” रहेन अब नेता पाल्ने “नेपाल” भयछ/

    नेतालाई अपायक हुनु नेताको निमित अप्रिय हुनु नेताको नीतिको बिरोधि बन्नु नेताको आलोचना गर्नु मात्रै अब नेपालमा अपराध हुने भयो/ नेता अंगाले देस तुक्राउञ्छु भन्ने नेपाल आमालाई रन्डी भन्ने नेपालको तराई लाई उपनिवेश भन्ने पनि देस भक्त हुने भयो राज्य सभाको सदस्य बन्न योग्य पनि हुने भयो/ त् अब नेपाल त् नेता भजन गाय सबै पाप मोचन हुने अच्चाम्मको धार्मिक स्थल बन्यो/

    झुठ लाई बटारेर सत्य देखाउने नेता महान भन्ने विद्वान, नेताको नालायकी देख्ने पटमुर्ख, नेतालाई लेभी बुझाउने योग्य बाकि अरव मलेसियामा भेडा चह्राउन मात्रै भय/ मन्दिरमा भेटि चढाउने भोकोलाई भोज खुवाउने भक्ति भावमा रमाउने दयालु नेपाली अहिले नेता खुस्याउन नसके खुलेर रुन पनि नसक्ने भय/ वाह नेता नै पालनहार परमेश्वर, नेता बस्छ तेही मात्रै मन्दिर मस्जिद चर्च हुने अरु पर्यटकलाई टिकट कतायर देखाउने ….बिस्वकै अचम्मको तिर्थ स्थल बने/

    यक नेताले अर्को नेतालाई भन्न बाकि राखेको केहि छैन/ यक कुरा पत्याउने हो भने अरु नेता सबै….नै हुन्/ अनि सबै नेताको कुरा पत्याउने हो भने नेपालमा कसको राज चल्दै छ भनेर सोच्न पनि लाजै लाग्ने/ अरुले राम्रो गरे आफु नराम्रो बनिने ठान्ने को भिडको बिचको कुस्ती, लडाई कुर्सि हानाहान कान थुन्नु पर्ने गालि गलोज र माइक खोसा खोस, अनि तेस्तै मध्ये बाहेक अर्को कोहि चुनिनै नसकिने यस्तै यस्तै हुने गर्ने सबै लोकतान्त्रिक अभ्याश भने/

    त् के को आस्चर्य मित्रहरु कि ओली-प्रचन्द्रले यहा देस टुक्राउने नेपाल आमालाई रन्डी भन्ने पनि “ओली-प्रचन्द्र”को निमित महान विद्वान र देस भक्त माने/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme