Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सारीमाथि ओभरकोट : अमेरिका सवारी हुँदा राष्ट्रपतिको गजबको पहिरन

Posted on March 11, 2019March 11, 2019 by Salokya

राष्ट्रपति विद्यादेवी भण्डारीको आज अमेरिका सवारी भयो। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका राष्ट्रपतिलाई एयरपोर्टमा विदाइ गरियो। विदाइ समारोहमा राष्ट्रपतिको गजब पहिरन देखियो। यसअघि सधैँ विदेश भ्रमणमा जाँदा राष्ट्रपति भण्डारी सारीमा सजिनु हुन्थ्यो। आज भने दृश्य अलि फरक थियो। राससको यो फोटो झलक्क हेर्दा मैले त ज्ञानेन्द्र जस्तो पो देखिरा’को।

पछि ध्यान दिएर हेर्दा त कोट पो लगाउनु भएको रहेछ। अझ ध्यान दिएर हेर्दा त सारीमाथि ओभरकोट लाउनु भाको रहेछ। यो पहिरनमा आजसम्म राष्ट्रपतिलाई नदेखेको भएर होला मलाई चैँ गजब नै लाग्यो यो पहिरन।

पहिले कस्तो हुन्थ्यो त पहिरन?


यो कतार जाँदाको पहिरन।


भारत भ्रमणमा जाँदाको पहिरन।


पोल्यान्ड भ्रमणमा जाँदाको पहिरन।


युएई भ्रमणमा जाँदाको पहिरन


थाइल्यान्ड भ्रमण जाँदाको पहिरन

सबभन्दा अनौठो र गजबको पहिरन चाहिँ आजकै रहेछ। अमेरिकामा जाँदा कोट लाउनु पर्छ भनेर कसैले सुनाइदिएको हो कि न्युयोर्कसम्मको लामो यात्रामा गाह्रो हुन्छ भनेर कोट लाउनु पर्ने सुझाव कसैले दिएका हुन्?

20 thoughts on “सारीमाथि ओभरकोट : अमेरिका सवारी हुँदा राष्ट्रपतिको गजबको पहिरन”

  1. Subash Shrestha says:
    March 17, 2019 at 3:31 am

    Jaado bhayo bicharaa le ke garun tyo sweter le thaamdaina.

    Reply
  2. krishna pokharel says:
    March 15, 2019 at 2:02 pm

    हैन यो तँपाईले दिएको जवाफलाई लाइक गर्ने अप्सनचै किन नराखेको?

    Reply
    1. Salokya says:
      March 15, 2019 at 7:51 pm

      मैले राख्ने हैन हजुर यो सिस्टम नै यस्तै बनाएको रहेछ।

      Reply
  3. रसिक रेग्मी says:
    March 14, 2019 at 3:48 pm

    ठिक हो सालोक्य जी! हाम्रो देशमा समाचारको परिभाषा अलि बदलिएको अवस्था छ। यहां आपत्ति जनक वा हिंसात्मक वा कालाकारहरुले गरेका महान कुराको मात्र समाचार बन्नु पर्छ भन्ने मनसिकता बढ्दो छ । तर मलाई भने यी आजका online news को बक्वास भन्दा यस्तै समाचार राम्रो लाग्छ । लेख्दै गर्नु होला ।

    Reply
  4. madan bajracharya says:
    March 13, 2019 at 1:44 pm

    अब हेर्नुछ मित्र अहिले जाडो नै भयको अमेरिका जाँदा अमेरिकन र अंग्रेजले लगाउने ओभर कोट लाउनेले नेपालको जाडो हुने हिमाली जिल्लामा जाँदा त्याहाको बाशिन्दाले लगाउने बख्खु र गरम हुने तराईको जिल्लामा जाँदा पातलो यकसरो लुंगी लगाउँछ बा लगाउन्दैन/

    Reply
  5. Shankar says:
    March 12, 2019 at 1:37 pm

    सुन लाइ पित्तल बनाउने , निर्मला हत्याकाण्ड को हत्यारा सम्म पत्ता न लागाउनु , वाइड बादी काण्ड यिनकै पाला मा हुनु , र गणतन्त्र पछिको नेपाल मा पंचायत को पाला मा झैँ
    बडे बडे काण्ड हुनु र भ्रास्ताचार ब्यापक हुने | एस्तो अबस्थामा ओभरकोट लाएर बडामहारानीको पोज मा को विदेश भ्रमण मा जान सक्छः ?

    Reply
  6. Anish Shahi says:
    March 12, 2019 at 7:37 am

    जाडो छ तेसैले कोट लगाउनु भो होला, सारी पनि लगाएकै छ, पेन्ट लगाको छैन क्यारे ..खोइ तेस्तो आपत्तिजनक त केहि लागेंन !

    Reply
    1. Salokya says:
      March 12, 2019 at 11:34 am

      अनि आपत्तिजनक भयो कसले भनेको छ त। गजबको देखियो भनेको आपत्ति जनाएको हो र !

      Reply
  7. Ravi S says:
    March 12, 2019 at 7:21 am

    बेला बेला मा तपोवन जान्छु मनाशुध्धि गर्न लाइ भन्थ्यो, सालोक्य सांचिकै मनोरोगी रैछ | विरोध गर्ने कुरा मा गर्ने हो, अनावस्यक विषयमा मा किन जलन हुनु पर्ने नि?

    Reply
    1. Salokya says:
      March 12, 2019 at 11:37 am

      तपोवन गएको कुरा नै गलत सुन्नुभएछ। तपोवन हैन विपश्यना चाहिँ जाने गरेको हुँ है। तपोवन र विपश्यना फरक कुरा हुन्।
      मनोरोगी देख्नुभएछ। ठीकै छ। तपाईँले देख्नुभएको कुरामा मेरो आपत्ति छैन।
      तर यो विरोध हैन, जलन हैन। मलाई राष्ट्रपतिको पहिरन फरक देख्दा गजब लाग्न नपाउने भन्ने त हुँदैन होला नि। मलाई फरक लाग्यो, गजब लाग्यो, लेखेँ।

      Reply
  8. bijay says:
    March 12, 2019 at 12:16 am

    अमेरिका जानुको उधेस्य चै के होला, येसो जानकारी पाउ.

    Reply
    1. Salokya says:
      March 12, 2019 at 11:38 am

      त्यसैमा लेखिएको छ त अमेरिका जानुको उद्देश्य, पढ्नु भएन?- महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन।

      Reply
  9. Robin Thing says:
    March 11, 2019 at 8:25 pm

    पहिलो तस्बिरमा त पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम साहादेब जस्तो पो देखिन्छ त हो।

    Reply
  10. akkal ram says:
    March 11, 2019 at 6:50 pm

    फोटोमा सबै देखिए सी के राउत देखिएन नि. नेकपा को भावी अध्यक्ष खै?

    Reply
  11. jiban kumar adhikari says:
    March 11, 2019 at 3:51 pm

    पाखे लाइ पाउरोटी दाल मा मुछेर भनेको यहि हो ,,,

    Reply
  12. madan bajracharya says:
    March 11, 2019 at 8:46 am

    उहिले स्कुलमा “राम..रामा…रामौं …प्रथमा” घोकाइन्थ्यो/ हामि घोक्थौँ, घोक्दै कण्ठ गर्थ्यौं/ जाँचमा यहि प्रश्न गरे कण्ठ गरेको लेख्थ्यों/ तेस पछि त्यो कुरामा “द एण्ड” लाग्थ्यो सधैंको निमित/ कुरा लगभग तेस्तै हो/ देखाउनेले “देखायो” हामीले देख्यौं/ सम्झन लायक भय सम्झने नदेख्नेलाई बयान गर्ने / सुन्नेले त्यो बारेमा केहि प्रश्न गरे सकेमा चाहेमा जवाफ दिने नभय चुप बस्ने/ यो बारेमा थप गफेर सोचेर अर्को जुनी नपाउने जीवनको समयको बर्वादी नगर्ने/

    Reply
  13. sandip sharma says:
    March 11, 2019 at 3:55 am

    अमेरिका मा हिउ परिरहेछ भन्ने खबर ले होला, पाखे /

    Reply
  14. Ramjee says:
    March 11, 2019 at 3:14 am

    १८ करोडको गाडी माग गर्ने यी नव महारानी प्रति मेरो एकरत्ति सम्मान छैन/ राज्यदोहन गर्ने यी र ज्ञानेन्द्रमा केहि फरक छैन/ नेपाली महिलाको स्थिति अहिले पनि दयनीय नै छ / यिनले केहि मख्खो मारेकि छैनन्/

    Reply
    1. madan bajracharya says:
      March 11, 2019 at 11:45 am

      रामज्यु
      तपाइंले लेख्दा लेख्दै औंला बाउन्थियकोले “नव महारानी प्रति ….रति सम्मान छैन” लेख्न पुगे जस्तो लाग्यो/ अहिले नेपालमा नागरिक नोकर बन्ने राजा मालिक हुने राजतन्त्र छैन भयको भय सबैले घुंडा टेकेरै सम्मान गर्न बाध्य नै हुन्थ्यौं/ माथि तस्विर नेपालमा देसको मालिक नागरिक हुने लोकतन्त्र अपनाई सके पछिको हो/ लोकतन्त्र अपनायको देसको प्रमुख भन्दा प्रमुख पदमा नियुक्त व्यक्तिले पनि आफुलाई नागरिकको नोकरनै मान्छ र नागरिकलाई सम्मान गर्छ/ तर कहिँ कतै कोहि मति बिग्रेका ठुला पदमा पुगे भने तेस्ताले आफुलाई के के ठान्ने हिमाकत गरे पनि चुनावको बेला नागरिकको घर घर सम्मै पुगेर भोटको भिख मागेर उनीहरु बास्तवमा को हुन् र नागरिक को हो त्यो आफै भन्न मान्न बाध्य भै हाल्छ/

      Reply
  15. Mahendra Gorkhali says:
    March 11, 2019 at 2:09 am

    गजब मान्नु पर्दैन, विदेशमा जाडोको मौशममा भारतीय, बंगाली र नेपाली महिलाहरुले यस्तै पहिरन लाउछन विशेष समारोहमा जाँदा ; साडी लाउनु भयेछ त्यो नै गर्वको कुरा हो | हाल उत्तरी अमेरिकामा धेरै चिसो छ मौसम, र ओभरकोट त्याहाँ चाहिन्छ नै, तर काठमान्डूमा प्रस्थान गर्ने बेलामा चाहिं शायद ओभरकोट लाउनु पर्ने खालको जाडो थिएन कि, थाहा भएन | विभिन्न मौसममा राष्ट्रपति विद्यादेवीले लाउनु भएको कोट बिनाको पोशाकका पुराना फोटोहरु देखाएर तुलना गरेको अलिक चित्त बुझेन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme