राष्ट्रपतिको सवारीका लागि ४० मिनेटभन्दा बढी बाटो रोकिएपछि गएको हप्ता सवारी चालकहरुले विद्रोह गर्दै ट्राफिक प्रहरीलाई अटेर गरी सवारी साधन अगाडि बढाएका थिए। आज अमेरिका जान एयरपोर्टमा राष्ट्रपतिको सवारी चलाउँदा चाहिँ कति मिनेट बाटो जाम गरियो त?
महानगरीय ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेजमा बाटो बन्दका सूचना थिए। त्यसअनुसार साँझ ७ बजेर ५ मिनेटमा शितल निवासबाट एयरपोर्टसम्मको बाटो एकतर्फी रोकिएको थियो।
रोकिएको बाटो ७ बजेर २० मिनेटमा खुला गरिएको सूचना राखिएको छ। अर्थात् कूल १५ मिनेट बाटो रोकिएको रहेछ।
अस्तिको भन्दा कम समयमा नै बाटो खुला भएको देखिएको छ।
किन बन्द गर्नु पर्यो?
यो सुधार मान्नु पर्छ|