Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्दिरमा लिफ्ट, राष्ट्रपतिको उद्घाटन

Posted on March 8, 2019 by Salokya


अचेल अलि रमाइलो र नौलो कुरा भइराछ देशमा। अस्ति भर्खर खानेपानी मन्त्री बीना मगरले ‘वाटर एटिएम’ उद्घाटन गरिन्। मेलम्ची आउने भन्या त यस्तै उस्तै हो, मेलम्चीको पानीको गफ पनि पुरानो भो, पैसा तिरेर खानुपर्ने वाटर एटिएम पो नयाँ कुरा भो त नि।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले लिफ्टको उद्घाटन गरेको पनि नौलो नै कुरा भयो देशमा।

हाम्रो देशका अहिलेसम्मका कुनै पनि राष्ट्रप्रमुखले लिफ्टको उद्घाटन गरेको इतिहास छैन। त्यसैले यो एउटा ऐतिहासिक काम हो। राणा कालमा बनेको हुनाले शितल निवासमा नभए पनि लिफ्ट अचेल धेरै ठाउँमा छ। मल, होटल, अपार्टमेन्ट जताततै। कुनै लिफ्टको पनि यसरी उद्घाटन भएको रेकर्डमा छैन।

मन्दिरमा लिफ्ट त झन् अहिलेसम्मकै नसुनेको कुरा। मन्दिरहरु अक्सर डाँडाको टुप्पोमा, अलि उचाइमा हुन्छन्। त्यस्तै एउटा मन्दिर मनकामनामा जान केबलकार बनाइएको थियो।

पोखराको बिन्दबासिनी मन्दिर पनि अलि उचाइमा छ। वृद्धवृद्धा र अपांगहरुका लागि जान गाह्रो भयो भनेर लिफ्ट बनाउने विचार आएको रहेछ। त्यसै अनुसार एक पटकमा १२ जना चढ्न र ओर्लन मिल्ने ३३ फिट उचाइमा जाने लिफ्ट बनाइएको रहेछ।

यही लिफ्टको उद्घाटन शिलापत्रमा छोपिएको रातो कपडाको घुम्टो उघारेर राष्ट्रपतिले गरेका हुन्।

यो कति नौलो काम भएछ भने प्रदेश प्रमुखदेखि लिएर राष्ट्रप्रमुखसम्म त्यही कार्यक्रममा घण्टौँ बसेछन्। कति फूर्सदिला हामी।

खासमा यो लिफ्ट सिफ्ट उद्घाटनको काम त राष्ट्रपति हैन प्रदेशपति अर्थात् प्रदेश प्रमुख मात्रले गरे पनि ठूलै हैन र। अहो हाम्रो संघीयता ! लिफ्ट उद्घाटन गर्न पनि केन्द्रबाट राष्ट्रप्रमुख नै आउनु पर्ने ! अजब नेपाल, गजब नेपाल।

9 thoughts on “मन्दिरमा लिफ्ट, राष्ट्रपतिको उद्घाटन”

  1. madan bajracharya says:
    March 10, 2019 at 7:12 am

    दोश्रो चोटी……पनि इनिनै!!! के गर्ने नियुक्ति गर्नेको नजरले चारै तिर योग्यताको अभाव अकाल बाहेक अर्को देख्न नसके पछि यस्तै हुने हो/ तर केहि फरक पर्दैन अरुको निर्णय घोसना कोरियको कागजको अन्तिम पुच्छारमा बिना आनाकानि, नानुकर र बिलम्ब कलम घुमायर सहि गराउन मात्रै हो/ अब अर्को किसिमले भन्ने हो भने लोकतन्त्रको मन्दिरको गजुर जस्तै हो; यो भन्दा फरक किसिमले भन्ने हो भने नेपालि लोकतन्त्रको अविस्कारकले लगाउने सक्कली ढाखाको सुन चाँदीको धागाले बुनेको हिरा मोति भन्दा महँगो ..जडेको अति बिशिस्ट अलंकारिक टोपी जस्तै हो सान देखाउन चट्ट लगाउने/ यो भन्दा महत्व दियर भन्ने नै हो भने उहिलेको राजाको अत्यन्त महँगो अलंकारिक श्रीपेच जस्तै; तर म्युजियममा होईन कार्यालयमा सजायको/ बाकि काम त् गर्धन तन्कायर घुमायर कसैले नमस्ते गरेको छ बा छैन हेर्ने; छ भने फिसिक्क हासेर नमस्ते फर्काउने अनि भोज भतेर मन्दिर जाने उद्घाटन सुद्घातन गर्ने अनि दुई चार तम्तयार रिकर्देद राम्रा कुराहरु रिप्ले गर्ने, अनि महँगो गाडी चढेर उहिले मोज मस्ती गर्नेले बनायर भोगेर अघायर छोडेको “……निवाश फर्कने; यकदमै सम्मानित तर सयमा सय पदावधि भय सम्म “तेही तेही उही उही गर्दै गर्ने बोल्दै गर्ने ब्याट्री नसकिय सम्म चल्ने चलाईने ……जस्तै/ अब यक्दमै अध्यात्मिक पाराले भन्ने हो भने सबै धर्म मान्ने नेपालीको सबै भन्दा ठुलो धार्मिक स्थलमा प्रतिस्थापित गरेको इश्वर अल्लाह जिजस जस्तैको बहुमुल्ल्य कलात्मक सुन्दर ….जस्तै/ मैले याहा बुद्धको नाम जानाजानि नलियको हो कारण त् छ तर व्यक्त गर्न उपयुक्त देखिन/ यो पद झलनाथ खनालले पनि …..चाहेको सुनेर किन होला भनेर छक्क परेको थिय/

    यो मेरो बिचार यकदमै राजनैतिक हो है/ किनभने राजनैतिक भनेमा सब्दले तितो भन्न मात्रै होईन देसै तुक्राउञ्छु संबिधान जलाउञ्छु काट्छु मार्छु भने पनि कानुन लाग्दैन तर आम नागरिकले देखे सुने लागेको कुरा व्यक्त गरे पनि लाखौँ कानुनको करोडौं कोर्रा लाग्छ/

    Reply
  2. बसन्त मिश्र says:
    March 10, 2019 at 6:12 am

    कपिल जी के चाइने के ती चाइने के ति ले चाहिँ के ले खनायो भन्न खोज्नु भाको हो? अनि के जाति डुंग डुंगती गनायो कपिल जी? राजनीति मा यस्तै हुन्छ के / केहि गरे सुख छैन

    Reply
  3. कपिल श्रेष्ट says:
    March 9, 2019 at 10:07 pm

    टुप्पी बाट पलाए पछि त्यस्तै हुन्छ / फेद बाट पलाए पो ?

    मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन।
    भन्थे “झुक्छन वृक्ष संधै फूल र फल ले भारी हुँदा मा अति ….”

    पुरानो वैशाली को केहि हरफ याद पो आयो

    नाइचा टुप्पी नाइचा ले योनाख :
    नाइचा टुप्पी नाइचा ले योनाख :
    लाको टुप्पी गणु गणु ती योनाग :
    लाको टुप्पी गणु गणु ती योनाग :

    Reply
  4. Laxman says:
    March 8, 2019 at 4:12 pm

    Aafai le suru gareka kati project tetikai chan, Baal matlab….

    Reply
  5. राज कुमार says:
    March 8, 2019 at 3:29 pm

    टूइन चढ़नु पर्ने पाखे की संतान , टुईन विस्थापन गर्नु कता हो कता गरीब गुरूवालाई नया किनेको हेलीकप्टर र कार को शान र धाक देखाउँदै हिन्छे ।

    Reply
  6. Bibek kunwar says:
    March 8, 2019 at 3:00 pm

    Hamro gaauma euta community toilet ko udghatan garnu pqrne thiyo. Launa rastrapato jyu time milayera sawari hoibaksiyos.

    Reply
  7. Aanan says:
    March 8, 2019 at 10:54 am

    CONDOLENCE
    or
    CONGRATULATIONS ???

    Reply
  8. bijay says:
    March 8, 2019 at 10:23 am

    हेलिकप्टर चढेर सरर जान पाएपछि के छोड्थ्यो / देशको पैसामा मोज गर्न पाएको छ/
    हरिबंसले यौटा पुरानो टेली सिरियलमा भन्थ्यो नि “चप्प पार भैरे चप् पार”.

    Reply
  9. उज्ज्वल says:
    March 8, 2019 at 7:08 am

    यो त हद भएन र?
    राष्ट्रपतिको क्रियाकलापले यस्तो देखाउछ “तिमीहरु भन्दै गर, म जे मन लाग्छ गर्दै गर्छु| थोडै तिमेरले मलाई त्यो पद दिएको हो र? पद दिने त अर्कै छन| जब सम्म उनी खुशी छन तब सम्म म यो पदमा अढिरहनेछु|”
    जनभावना, जनमत र जनअपेक्षाको वेवास्ता गरिएका ज्वलन्त दृष्टान्तहरु हामीले देख्दै आएका छौ|
    नवरानीका आसेपासेहरुलाई माछापुछ्रे, अन्नपुर्ण शृंखला र फेवातालको दर्शन गर्ने इच्छाले कुत्कुताएको हुँदो हो|
    टुंईन कति ठाउँहरुमा चड्ने वाध्यता छ राष्ट्रपतिको ध्यानाकर्षण कसैले गरिदेला? चाहे देखि छ महिनामा भित्रमै केहि गर्न सकिने हो तर बर्ष दिन वितिसक्दा पनि यो किन सरकारको प्राथमिकतामा परेन? मतलब मौखिक र मेडिया अन्तर्वार्तामा चै पर्यो तर कार्यन्वयनका लागि आफ्नो टुंइन आफै बनाउ, हाम्रो के मुख ताक्छौ?मा परिणत भयो|
    सरकारी तलब भत्ता खाएर यतिका महानुभवहरु जमघट हुने, के का लागि भन्दा त लिफ्ट उदघाटन रे|
    हरे शिव शिव! कल्ले सदबुद्धि देलान! यस्तो मनोबललाई कल्ले लिफ्ट देला त!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme