Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : चक्कु देखाएर चन्दा नमाग्न विप्लवलाई प्रम ओलीको आग्रहदेखि ७ दिनमै सकियो रविन्द्र अधिकारीको काजकिरिया

Posted on March 5, 2019March 7, 2019 by राजेन्द्र मगर

आज फागुन २१ गते मंगलबार पूर्व राजा ज्ञानेन्द्र शाहकी आमा रत्न राज्य लक्ष्मी शाह बिरामी भएर अस्पताल भर्ना भएकी छिन्। डायरिया र पिसाब कम भएर उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो।

पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्य विग्रियो, नर्भिकमा उपचार हुँदै भनेर पहिलोपोस्टले लेखेको छ।

रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि  पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको मधेश यात्रा अनिश्चित कालका लागि स्थगित भएको छ। मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश नम्बर २ का धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।  सिमरामा रहेका  ज्ञानेन्द्र स्वास्थ्य अवस्था बुझ्न काठमाडौं फर्कँदैछन्।

पूर्व राजा ज्ञानेन्द्रको भोलिदेखि हुन लागेको मधेश भ्रमण अनिश्चित कालका लागि स्थगित, मुमाको स्वास्थ्य बुझ्न काठमाडौँ फर्कँदै भन्दै पहिलोपोस्टले लेखेको छ।

१३ दिनमा सकिनुपर्ने काजकिरिया रविन्द्र अधिकारीको परिवारले मंगलबार ७ दिनमै सम्पन्न गरेको छ।

दुर्घटनास्थलबाट रवीन्द्रको शव काठमाडौं हुँदै पोखरा ल्याउँदा तीन दिन बितिसकेको थियो। त्यो दिनबाट मृत्यु संस्कार सक्ने समय ४ दिनमात्रै रहृयो।

सातदिने काज किरियाका क्रममा प्रत्येक दिन दिउँसो श्रद्धाञ्जली कार्यक्रम गरेर रवीन्द्रले गरेका कामको चर्चा गरियो।

व्रतबन्ध गरेका ठूलो छोरा विराजले कपाल फाले पनि कान्छा छोरा स्वराज सानै भएकाले कपाल काटेनन्। आमाछोरा एउटै कोठाको फरक ठाउँमा शुद्ध कपडा पहिरिएर बसे। एकछाक सात्विक भोजन गरे। कुनै पिणंडको व्यवस्था गरिएको थिएन्।

सात दिनसम्म दिनहुँ गरुण पुराण वाचन नगरिकन सोमबार एक दिन संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक चतुर्भुज शर्माले भने, ‘हाम्रो मृत्यु संस्कार परिमार्जन हुन जरुरी छ।’

७ दिनमै काजकिरिया ! न बाहुनलाई गौदान, न सेतो बस्त्र ! भन्दै अनलाइनखबरले लेखेको छ।

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्।

‘एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९’ मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जित्दा सीताले महिला विधामा उपाधि जितेकी हुन्।

नेपालमा क्रिकेट विस्तारमा महत्वपूर्ण योगदान दिएका कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानिन गरियो।यस्तै करण केसीले मोमेन्ट अफ द ईयरको अवार्ड हात पारे।

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट खेलाडी भन्दै सेतोपाटीले लेखेको छ।

कहिले होला मन्त्रिमण्डल हेरफेर? ‘रेड जोन’मा परेका मन्त्रीको सूची प्रम ओलीको हातमा भन्दै नेपाललाइभले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चक्कु देखाएर चन्दा माग्ने गतिविधि नगर्न सशस्त्र गतिविधि गरिरहेका नेत्रबिक्रम चन्द (बिप्लब) सँग आग्रह गरेका छन्।

शहीदका सपना पुरा गर्नकै लागि एमाले र माओवादीबीच एकता गरिएको बताउँदै ओलीले बिप्लबलाई पनि मिल्नलाई सुझाव दिएका छन्।
चक्कु देखाएर चन्दा नमाग्न विप्लवलाई प्रम ओलीको आग्रह भन्दै नेपालखबरले लेखेको छ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अलग-अलग धारका ठूला कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा आउने अवस्था मुलुकको समृद्धिको लागि भएको बताएका छन् ।

मुलुकको समृद्धिको लागि दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएको होः प्रचण्ड भन्दै रातोपाटीले लेखेको छ।

2 thoughts on “आजको खबर : चक्कु देखाएर चन्दा नमाग्न विप्लवलाई प्रम ओलीको आग्रहदेखि ७ दिनमै सकियो रविन्द्र अधिकारीको काजकिरिया”

  1. madan bajracharya says:
    March 6, 2019 at 11:46 pm

    ओलीज्युले बम पद्कायर माग्ने बिप्लवलाई चक्कु देखायर नमाग्ने आग्रह(!!??) सलाह दिनुले नै देखाउंछ नेपालमा लोकतन्त्र र कानुनि राज्यको उपहास कुन हद सम्म हुँदैछ भनेर/

    नेपालमा बहुदलीय लोकतन्त्र नागरिकहरुको कारणले असफल हुँदैन/ बहुदलीय लोकतन्त्र बहुमतको कदर गरिने र कानुनि राज्य चल्ने भयामै मात्र टिक्छ/ किनभने बहुदलीय लोकतान्त्रिक ब्यबस्थाको आधारभूत सिद्धान्त र बाध्यकारी सर्त यहि हो/ आफ्नो नेतृत्वमा सरकार नबनेमा बहुमत नमान्ने कानुन नमान्ने बा कानुन नालाग्नेले बिचको अहिले हुँदै गयको द्वन्द अन्तत बहुदलीय लोकतान्त्रिकको अन्त हुनुको कारण समेत बन्न सक्छ/

    राजनैतिक आवरण लगाउनेलाई कानुन नलाग्ने बनाउनेले सायद यो कुरा भुले कि आफ्नो कथित राजनीति मनाउन आक्रमण गरियकाले गरेको र गरिन सक्ने प्रतिकार नै बास्तविक राजनीतिको आधार हो/ यस्तो प्रतिकार आम नागरिकहरुले पनि गर्न सक्छन/ यस्तो हुने अबस्था आयो बा यस्तै कसै बात गरियो भने कुन कानुन लगायर आक्रमणकारी चाहि निर्दोष हुने अनि तेस्तो आक्रमणकारी बात बच्न प्रतिकार गर्नेलाई दोषी ठहर्याउने?

    म त् यतिनै भन्छु न्याय पाउन नागरिक कुर्न सक्छ तर न्याय नै नपाउने भयो भने उसले पनि तेही गर्न सक्छ पाउँछ जुन उ माथि कसैले गरेको छ/ राजनैतिक आवरण ओढेर अपराध गर्नेले गरेको अपराध कानुन नलाग्ने घटना हो भने तेस्ताको प्रतिकार गर्नु मात्रै अपराध हुँदैन त्यो पनि कानुन नलाग्ने राजनैतिक घटना नै हुन्छ/

    के अहिले दलको नाममा अपराध गर्नेलाई कानुनि कार्यवाही बात उन्मुक्ति दिने बा दिलाउनेले यस्तै होस् भनि चाहेको हो?

    Reply
  2. Lekhnath says:
    March 6, 2019 at 6:17 pm

    Banduk ani bomb laai pani chakku matrai dekhne oli dai ko naya Nepal ma haami janata le kasari bachne ho ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme