Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : भरतमोहन अधिकारीको अन्त्येष्टिदेखि जय शम्भो, शिवरात्रीमा बाबा कम भो !

Posted on March 3, 2019 by राजेन्द्र मगर

आज फागुन १९ गते आइतबार। नेपालको पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि आज भएको छ। पशुपति आर्यघाटको एक नं. चिता जहाँ उनका सहोदर दाजु तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई दागवत्ती दिइएको थियो, आज सोही चितामा राखेर अधिकारीलाई उनका तीन छोरीले दागबत्ती दिए।

नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले  भने, ‘मृत्यु शैयामा मृत्युसँग जुध्दै गर्दा कामरेड भरतमोहनले नेपालकाे विकासका लागि सबै राजनीतिक शक्तिलाई एक भएर अगाडि बढ्न सुझाव दिनुभएको छ।’

पशुपति आर्यघाटमा उनको अन्तेष्टि हुँदै गर्दा हजारौँ सर्वसाधारण उपस्थित थिए। राजकीय सम्मानसहित अन्त्येष्टि गरिएका अधिकारी मृत्यु शैय्यामा लड्दै गर्दा नेपालका राजनीतिक नेतृत्वलाई एकताको सन्देश दिएर गए। 

मृत्यु शैय्याबाट भरतमोहनको अन्तिम सन्देश:  देश विकासमा राजनीतिक दल मिलेर लाग्नुस् भन्दै पहिलोपोस्टले लेखेको छ।

यो वर्ष शिवरात्रीमा अन्य वर्षभन्दा  कम बाबाजीहरु पशुपतिमा भेला भएका छन्।अन्य वर्षभन्दा यो वर्ष पशुपतिमा बाबाहरुको चहल पहल कम भएको छ। पछिल्ला वर्षहरुमा युवाहरु गाँजाकै लोभले पनि शिवरात्रीमा पशुपति जाने गरेको भेटिएका थिए । गत वर्षबाट गाँजा प्रयोगमा कडाई गरेपछि बाबाहरु कम भएको अनुमान छ।

जय शम्भो ! पशुपतिमा बाबा कम भो !! भन्दै अनलाइनखबरले लेखेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर माहासेठले ३०० बिजुलीबस सोझै खरिद गर्न जोड गरेका छन। उक्त गाडी यातायात प्रधिकरणले संचालन गर्नेछ। प्रधानमन्त्री कार्यालयले पनि विद्युतीय गाडी खरिद र संचालनको लागि तयारी गरिरहेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै कर्मचारीहरुले भने यसलाई तयारी बिनाको घोषण भनेका छन्। विद्युतीय सवारीका मेकानिक, विज्ञ, चालक, चार्जिङ स्टेसन लगायत धेरै कुराको व्यवस्थापन नभएको उनीहरुको तर्क छ।

३०० बिजुली बस सिधै खरिद गर्न मन्त्रीको जोड भन्दै सेतोपाटीले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेर फर्किए लगत्तै पूर्व राजा ज्ञानेन्द्रले पूर्वी तराईका जिल्लाहरु भ्रमणको कार्यतालिका बनाएका छन्।

२३ फागुनमा उनी सप्तरी जानेछन् भने २४ फागुनमा जनकपुरधाम पुगेर राम जानकी मन्दिरमा पुजा अर्चना गर्नेछन्। २५ फागुनमा उदयपुर जाने र २६ फागुनमा सप्तरी हुँदै फेरि झापा नै फर्कने कार्यक्रम छ। झापामा उनी दमकस्थित हिमालयन टी स्टेट गार्डेनमा बस्दै आएका छन्।

ओलीको गृह जिल्लाबाटै बन्यो पूर्वराजा ज्ञानेन्द्रको पूर्वी तराई घुमघामको यस्तो कार्यतालिका भन्दै नेपालखबरले लेखेको छ।

1 thought on “आजको खबर : भरतमोहन अधिकारीको अन्त्येष्टिदेखि जय शम्भो, शिवरात्रीमा बाबा कम भो !”

  1. madan bajracharya says:
    March 4, 2019 at 11:43 pm

    दिबंगत हुने बेला भारत मोहन अधिकारिज्युले राजनैतिक नेतृत्वमा यकता होस् भन्नु भयो/अब प्रश्न उठ्छ कसको कस्तो नेतृत्वमा यकता हुनु पर्छ/ उहाले भन्नु भयको नेतृत्वको अर्थ अहिले सत्ताको नेतृत्व गर्दै गरेको पुर्व यमाले र पुर्व मावोबादी बिचको यकता हो भनेको हो भने त्यो भै नै सकेको छ/

    उहाले देसमा भयको साबि दलहरुको नेतृत्व गर्नेहरुको बिच यकता होस् र देसको ब्यबस्था उनीहरु मिलेर चलावस भनेको हो भने तुरन्तै नागरिकहरुले नेता र ब्यबस्था चुनिने लोकतन्त्र खारेज गरेर देसमा सर्वदलीय सरकार गठन सबै दलको नेतृत्व तहमा रहेकाको कोठे सहमति नै देसको संबिधान हुने, कानुन भनेको मात्र आम नागरिकहरु माथि लागु हुने ब्यबस्था लागु गर्नु पर्छ/

    बहुदलिय प्रजातन्त्र बा लोकतन्त्रमा नेता र ब्यबस्था नागरिकहरुले चुञ्छ र नागरिकहरुले आफ्ना प्रतिनिधिहरु मार्फत देस र व्यबस्थाको नेतृत्व गर्छ र अन्तिम निर्णय गर्छ र देसको सार्वभौम सत्ताको मालिक हुन्छ/ भन्नुको अर्थ देसको बास्तविक नेतृत्व गर्ने त् देसको आमनागरिकहरु नै हुन्/ समयको पन्ना पल्तायर हेरे नेपालमा यसो त् न पहिला कहिले भयको थियो न अहिले हुँदैछ न हुनै दिन्छ/

    यदि भारत मोहनज्युले यहि अर्थात अन्तिम निर्णयको बास्तविक अधिकारि आम नागरिकहरु बिचमा यकता हुनु पर्छ भनेको हो भने त् देसमा बहुदलिय लोकतन्त्रको नाममा नेता र कार्यकर्ताको हुकुम लाद्ने; कानुन आम नागरिकहरु माथि बजारिने तर आफुले बम हानेर नागरिक मारे पनि कानुनलाई लाटाले हानेहरुलाई आम नागरिकहरु यक जुट भयर “लखेट्ने आव्हान” भयो/ सकियला र यसो गर्न?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme