Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी पत्रकारले काठमाडौँमा देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य

Posted on March 3, 2019 by Salokya

प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन्। उनले आफ्नो ट्विटर र इन्स्टाग्राममा राखेको एउटा भिडियो रोचक छ। मैले देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य लेख्दै एउटा भिडियो उनले ट्विट गरेकी छिन्। शनिबार मध्यरातसम्ममा त्यो २ लाख ५८ हजारभन्दा बढी पटक प्ले भइसक्यो। भिडियो काठमाडौँको सोह्रखुट्टेमा खिचिएको एउटा चार खुट्टे प्राणीले दुई खुट्टा टेकेर बाटो काट्दाको हो।

उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ।

कुकुर मालिकले हात दिन्छन्। कुकुर दुई खुट्टामा उभिन्छ। मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन्। ठ्याक्कै बच्चाको हात समातेर बाटो काटेको जस्तै !

The most surprising 15 seconds of my life by far pic.twitter.com/5nukg2RxvW

— Natalie B. Compton (@NatBCo) March 1, 2019

हामी सधैँ हिँडिरहेन बाटो भए पनि अमेरिकी पत्रकारको नजरमा परेको यो दृश्य मलाई पनि अनौठो नै लाग्यो। अहिलेसम्म देखेको थिइनँ यस्तो त।

उनले इन्स्टाग्राममा अरु पनि भिडियो हालेकी छिन् काठमाडौँका। तर यो जति रोचक चाहिँ अरु लागेन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme