Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नख्खु विस्फोट : बरु विदेशी बोले, अहँ हाम्रा प्रधानमन्त्री बोल्नुभएन

Posted on February 26, 2019 by Salokya


नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार भएको बम विस्फोटमा परी ज्यान गुमाउने सिमप्रसाद गुरुङको आज अन्त्येष्टि भयो। यो आतंककारी कामको बारेमा बरु विदेशी बोले, तर अहँ हाम्रा आफ्नै प्रधानमन्त्रीले भने केही पनि बोल्नुभएको छैन। यस्तो दुःखद घटनाका कारण ज्यान गुमाउनेका आफन्तलाई भेटेर सान्त्वना दिनुभएको छैन। न यसमा संलग्नलाई कानुनी दायरामा ल्याइन्छ भनेर नै अहिलेसम्म बोल्नुभएको छ।

हामी हाम्रो आन्तरिक मामिलामा अरुले नबोलिदेओस् भन्ने चाहन्छौँ। तर हेर्नुस् त आफ्नैले नबोलिदिएपछि के लाग्छ।

प्रधानमन्त्रीको ट्विटर अकाउन्टबाट दुई शब्दसमेत यो घटनाका बारेमा लेख्ने कष्ट भएन। ज्यान गुमाउनेलाई सान्त्वनाका दुई शब्द लेख्न पनि ठूलै कष्ट हुने भएछ कि के हो, थाहै भएन।

सोमबार मध्यरातसम्म पनि प्रधानमन्त्रीको ट्विटर अकाउन्टमा त्यही शुक्रबार प्रदेश नम्बर ५ को प्रदेश सभामा नेकपाका सदस्य उत्तरकुमार ओलीको निधनमा आफू मर्माहत भएको भन्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको ट्विटमात्रै छ। शुक्रबारै राति विस्फोटको घटना भएको थियो।

के प्रधानमन्त्री मर्माहत हुन सिमप्रसाद गुरुङ नेकपाका नेता वा कार्यकर्ता नै हुनुपर्ने थियो? प्रधानमन्त्रीको समवेदना सन्देश सिमप्रसादका आफन्तले पाउन उनी नेकपा सदस्य नै हुनुपर्ने हो?

बरु आज अमेरिकी राजदूतले ट्विट गरी यो घटनाबारे बोले। प्रधानमन्त्रीले बोल्नुपर्ने कुरा एउटा विदेशी राजदूतले बोले। यो कस्तो विडम्बना !

2 thoughts on “नख्खु विस्फोट : बरु विदेशी बोले, अहँ हाम्रा प्रधानमन्त्री बोल्नुभएन”

  1. madan bajracharya says:
    February 26, 2019 at 10:50 pm

    ओली न गर्न सक्ने स्थितिमा छ न बोल्न सक्ने/ यसो हेर्दा उहा कार्यकारिणी अधिकार भयको प्रधान मन्त्रि होईन अलंकारिक रास्ट्रपति जस्तै बन्नु भयको छ/ मावोबादी सिट …हुनु अघि एमालेको नेतृत्वले जुन जनबिस्वास कमायको त्यो अहिले दगमगाउन थालेको छ/ कारण स्पस्ट छ यमालेमा आज यमालेको नीति र नेत्रत्वमै बिस्वाश नगर्ने; यमालेको संधैको बिरोधि देउपा अंगाल्ने अनि पटक पटक सत्ताको नेतृत्व गर्ने मौका पाउँदा पनि जनबिस्वास मात्रै होईन आफ्नै दलकाको समेत बिस्वास गुमाउंने गुट मिसेकोछ/

    यो संदर्वमा अहिले बम काण्डको जिम्मेवारी लिने बिप्लव समुह्काले उनीहरुले गरायको बमकाण्डमा नागरिकहरुको ज्यान गयको कुरामा प्रचन्द्र्ले १७ हजार नागरिकहरुको ज्यान लियको कुरा उठायको छ/ त्यो कुरा उठाउनुको सिधा मतलव यहि हो कि अहिले बिप्लवले गरायको बम काण्डमा यक जना नागरिक मारेकोमा उनीहरुलाई कार्यवाही गर्ने हो भने १७ हजार नागरिक मार्ने काण्ड गर्ने प्रचान्द्रलाई पनि कार्यवाही हुनु पर्छ/ कुरा सहि हो/

    बिप्लवले उसले नागरिक मर्ने गरि बम काण्ड गरेको पनि राजनैतिक कारणले हो भने जस्तै प्रचन्द्र्ले पनि १७ हजार मर्ने काण्ड गरेको राजनैतिक कारणले हो भनेको छ/ त् प्रचंद्रले ..गरेकोमा कुनै कार्यवाही नहुने बिप्लवले ..गरेकोमा मात्रै कसरि कार्यवाही गरिन सक्छ त्यो पनि संविधानले नै कसै माथि कुनै पनि कारणले भेदभाव नहुने ग्यारेन्टी दियको अवस्थामा/

    त् ओलीले कसरि बोल्न सक्छ; त्यो पनि यस्तो अवस्थामा अहिले बिप्लव माथि लागेकै जस्तो १७ हजार आरोप लागेको व्यक्ति पनि ओलीकै कुर्सि र पदको साझेदार बनेको बेला? अंगालोमा बाँधिनु राम्रो कुरा हो तर यो कुरामा यक दुई होईन लाखौ तर लाग्न सक्छ; यो कुरामा रामले रावणलाई बिना युद्ध बन्दि बनाउन सक्ने “बालि” लाई नअङ्गालि रावन सिट भिड्न पनि नसक्ने सुग्रिवलाई किन अंगालेको कुरा बुझ्नु पर्छ/ बालि सिट आफ्नो प्रतिद्वन्दीको आधा शक्ति आफुमा समाहित गर्न सक्ने शक्ति थियो/ राजनीतिमा “बालि” जस्तै आफ्नो प्रतिद्वन्दीलाई अंगाल्नु बडो जोखिमको काम हो/ यहि काम गरेको छ ओली र एमालेले/

    Reply
  2. Raj says:
    February 26, 2019 at 1:06 pm

    बाउनिस्त पार्टी को बाहुन सासनमा कहाँ बोल्नु नि | बाहुन मरेको भए पक्कै बोल्थियो मेडियाले पनि साथ दिन्छ | यो बाहुनहरु को लडाइमा गैर बाहुनहरु चेपुवामा पर्नु हुन्दैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme