Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बम पड्काएर मान्छे मार्नु ‘सानातिना घट्ना’ रे, अझ सिरियाको उदाहरण पो दिँदो रैछ

Posted on February 25, 2019 by Salokya


अस्ति नख्खुमा मान्छे मर्ने गरी बम कसले पड्कायो कसले पड्कायो भनेर खोजी भइरहेको थियो। सबले विप्लव समूहले हो भन्थे। तर जिम्मा लिइरहेका थिएनन् कसैले। आज बीबीसी नेपालीसँग कुरा गर्दैे हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले जिम्मा लिए।

ह्वाँ, एक जनाको ज्यान गएको छ। दुई सन्तान टुहुरो भएका छन्। दुई जना घाइते भएर अझै अस्पतालमा उपचार गराइरहेका छन्। उनी भने भन्दै थिए, ‘क्रान्तिका दौरान यस्ता सानातिना घट्ना हुन्छन्।’ मान्छे मर्नु भनेको सानातिना घट्ना भएछ उनीहरुलाई।

दुःख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त?

यसो भनेर सोध्दा उनको जवाफ थियो- त्यसो त तपाईँको सिरियाका लाखौँ जनताको ज्यान फर्किँदैन नि अब।

सिरियाको पो उदाहरण लौ।

एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले ‘लुटको प्रतिकारस्वरुप’ सो कदम चालिएको तर्क गरे। तर एनसेललाई असर चाहिँ के पर्‍यो त? केही न केही। एनसेलको भवनको एउटा सिसासम्म पनि फुटेको छैन। गेट बाहिर बम पड्किएर भित्तामा केही असरमात्रै परेको छ।

बम पड्काएर मान्छे मारेको हो भनेर जिम्मा लिइसकेपछि अब सरकारको काम। सरकारले पनि यसलाई सानातिना घट्ना मानेर चुप बस्ने हो कि अपराध मानेर कारबाही अघि बढाउने हो? राजनीतिको खोल ओढेर मान्छे मार्न पाइने हो? कि यसरी मारेकोमा कारबाही हुन्छ भने पहिलेको पनि खाता खोलिन्छ भनेर हाल नेकपा भइसकेका पूर्व माओवादीहरुलाई हेरेर चुपै बस्ने हो?

त्यसो त घटना भएको दुई दिन भइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनाबारे एक शब्द केही बोल्नुभएको छैन। घाइतेहरुलाई भेट्न जानुभएको छैन। अरु त कुरै छाडौँ, ट्विटमा दुई शब्दसमेत लेख्न सक्नुभएको छैन। उहाँको ट्विटमा अझै पार्टीका प्रदेश सभा सदस्यको मृत्यु भएकोमा मर्माह्त भएको मात्र देखिन्छ।

के नागरिक मर्दा प्रधानमन्त्री मर्माहत् हुनुहुन्न? प्रधानमन्त्रीलाई दुःख लागेको छैन? छैन त होला। छ भने त दुई शब्द पोखिनु पर्ने हो।

5 thoughts on “बम पड्काएर मान्छे मार्नु ‘सानातिना घट्ना’ रे, अझ सिरियाको उदाहरण पो दिँदो रैछ”

  1. prithvi says:
    February 25, 2019 at 8:13 pm

    विप्लबले भनेको कुरो ठिक हो, प्रचन्न बाबुराम ले १७००० मान्छे मारेर अरबौ सम्पत्ति कमाएर सत्तामा पुगेपछि यो बाटो अब संबिधान प्रदत्त भएको छ, हुन्छ, विप्लब जी लाइ शुभकामना छ, त्यस्तै तिप्लब, सिप्लब, जिब्लब जे जे नाम राख्दै बम पड्काउदै मान्छे मार्दै लुट्दै कुट्दै शक्तिमा पुग्ने प्रयास हामि सबै नेपालि ले गर्नु पर्छ ! यहि हो नया नेपाल ! पशुपति शर्माको गित कति राम्रो र सहि छ !

    Reply
  2. All Information Nepali says:
    February 25, 2019 at 3:55 pm

    Jasle Haanyo Tyasle Jaanyo Bhaneko Jhai Haamro Nepal Ma. Sabai Ek Baraabar Xn….

    Reply
  3. Shankar says:
    February 25, 2019 at 10:40 am

    उ पनि ओली र प्रचण्ड कै स्कुल को बिद्द्यार्थी त् होलानी |

    झापा काण्ड , माउबादी काण्ड र हाल को काण्ड |

    Reply
  4. madan bajracharya says:
    February 25, 2019 at 6:23 am

    अहिले बम पड्कायको घटनाको जिम्मेवारी लिने बिप्लव समुहलाई दलहरु र सरकारले समेत राजनैतिक समुहनै मानेको छ/ बिगतमा पनि राजनैतिक समुहले नागरिकहरु मारेकै, सार्वजनिक सम्पति ध्वस्त गरेको, देसै तुक्राउने प्रयास गरेको जिम्मेवारी पनि लियकै थियो/ तर कसैलाई पनि कार्यवाही गरेको थियन/ त् अहिले यो बम पद्कायर नागरिक मारेकोमा बिप्लव समुहलाई मात्रै कार्यवाही गर्नु त् कसै माथि भेदभाव नगरिने लोकतान्त्रि संविधानको घोर अबज्ञा हुने छ/ तेसैले यो कुरामा बिप्लव समुह सिट सरकारले सकेमा सितल निवासको यअर कन्दिसंद कोठामा बेयर व्हिस्की ममचा सहित खाँदै पिउंदै बार्ता गरेर मरेकालाई सहिद घोसना गर्दै घाईतेलाई मल्हम पट्टि लगाउने खर्च सरकारले व्यहोर्ने भनेर टुंग्याउनु पर्छ/ यो बाहेक मेरो अर्को सुझाव पनि छ/ नेपालमा राजनैतिक माग पुरा गराउन भविस्यमा पनि यस्तै कार्यहरु राजनैतिक समुहले गर्नेनै छ/ त् यस्तो घटनामा कार्यवाही नगरिने भय पछि पुलिस प्रशासनलै बेकारमा अनुसन्धान गरायर समय र पैसाको बर्वाद गर्नु भन्दा यस्तो केसहरु सिधै मावोबादिले जनयुद्ध मा गरेको ..कार्यहरुमा मर्ने र मारिने लुट्ने ल लुतिनेलाई मेल मिलाप गरायर तुङ्ग्याउन को निमित बनेको ……निकायलाई स्थाई संबैधानिक बनाउंदै त्यो संस्थाले गरे गरायको कुनै कुरामा मिडिया नागरिकले यक सब्द बोले शान्ति बिथोल्ने आतंकवादी घोसना गरेर सर्बसो हरण गरेर आजीवन जेल सजाय दिने अधिकार दिनु पर्छ/अनि दलहरु मानेमा दलका नेता कार्यकर्तालाइ सरकारले दुईटा बन्दुक को बिचमा बम भयको लोगो लगाउन दिनु पर्छ, ताकि इनिहरुले मागेमा सम्पति छोरा छोरी श्रीमती समेत बिना जवाफ सवाल र बाधा अड्चन चुपचाप सुम्पुन/

    Reply
  5. Bishnu Paudel says:
    February 25, 2019 at 3:14 am

    क्रान्ति को दौरान तिमि लाई पनि बम पड्काएर मारे कसो होला हेमन्त प्रसाद ओली ‘सुदर्शन’?
    तिमि हरु कायर हौ!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme