Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि कसले बम पड्काउँदै आतंक मच्चाउँदै छ?

Posted on February 23, 2019February 23, 2019 by Salokya


त्यत्रो वर्ष युद्ध गरेका माओवादीहरु शान्ति प्रक्रिया हुँदै एमालेमा गएर मिसिसकेका छन्। उनीहरुसहित कम्युनिस्टको दुई तिहाईको सरकार पनि बनिसकेको छ। अब त देश भाँड्ने हैन बनाउने काममा लाग्नु पर्ने भनेको त शुक्रबार राति फेरि बमको आतंक मच्चिएको छ। नख्खुस्थित एनसेल कार्यालय बाहिर बम पड्‍काइयो। त्यो बमले एनसेलको भवनमा त केही पनि भएन, गेटमा समेत केही असर परेन। बिचरा बाटोमा हिँड्ने तीन जना बटुवा घाइते भए। दुई जना सिकिस्त छन्। एक जनाको त खुट्टै गुमाउनु पर्ने अवस्था छ र भेन्टिलेटरमा राखिएको छ। यो वा त्यो मागको बहानाले यसलाई जस्टिफाइ गर्न सकिन्न। यो आतंक हो। आतंकवादीको काम हो।

शुक्रबार नक्साल कमलपोखरीमा पनि प्रेसर कुकर बम राखिएको थियो। त्यहाँ भने सेनाको डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरिदियो।

पहिले माओवादीले घोषित रुपमा युद्ध भन्दै बम पड्काउँथ्यो, मान्छे मार्थ्यो। अहिले त हामीले बम पड्काएका हौँ भनेर जिम्मासमेत लिन नसक्ने लुतेहरुले आतंक मच्चाउँदै छन्।

http://www.mysansar.com/wp-content/uploads/2019/02/46214833_1024431271078580_7685343013104418551_n.mp4

कसैले जिम्मा नलिए पनि यो काम विप्लव समूहको हो भनेर अनुमान गरिएको छ। उनीहरुले एनसेललाई चन्दा माग्दै धम्की दिएका थिए। शुक्रबार नै देशका विभिन्न भागमा एनसेल टावर पनि जलाइएको छ। एनसेलले कर तिरेको छैन भनेर त्यता कारबाही गरे जनसमर्थन पाइन्छ भन्ने ठान्या होला, यसरी निर्दोष जनतालाई घाइते बनाए जनताको समर्थन चाहिँ पाएको पायै हो। त्यत्रो वर्षको युद्धबाट थाकिसकेका छन् मानिसहरु। देशले अब धान्न पनि सक्दैन। कति झगडामात्रै गरिरहने हो? काम चाहिँ कहिले गर्ने?

के सरकारलाई यस्तो गतिविधि हुनसक्छ भनेर पहिले नै थाहा थियो?

संकेत त भएको देखिन्छ। गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको बताएका थिए। उनले भने अनुसार सम्मेलन भाँड्ने तत्वकै काम त हैन यो? यदि पूर्व जानकारी थियो भने किन थप खुफिया जानकारी लिएर सुरक्षा कडा पारेर रोक्न सकिएन?

2 thoughts on “फेरि कसले बम पड्काउँदै आतंक मच्चाउँदै छ?”

  1. कपिल प्रधान says:
    February 24, 2019 at 10:42 pm

    घोर डाहाड़े डाँका नेत्रे चन्दे को कर्तुत जस्तो छ यो / चन्दा आतंक मचाउँदै विदेश मा पैसा पठाएको छ यो डाहाड़े डाँका ले

    Reply
  2. madan bajracharya says:
    February 24, 2019 at 8:45 am

    अहिले नागरिकको ज्यान जाने गरि बम पद्कायकोमा “बिप्लव” समुह” पनि हुन् सक्ने आसंका हुँदैछ/ बिप्लव समुहलाई नेपालको राजनैतिक शक्ति नै मानि आयकोछ/ नेपालमा राजनैतिक शक्ति मानियकाले गरेको अपराधमा सजाय गर्नै सक्दैन/ किनभने नेपालमा कानुन कसैलाई पनि भेदभाव गर्न नपाउने संबिधान र कानुन बनेकोछ/ यो कानुन र ब्यबस्था अनुसार यस्तै अपराध गरेका अर्को राजनैतिक समूहकालाई सजाय नगरी मात्र बिप्लव समूहकालाई सजाय दिन खोजेमा “कसै माथि भेद भाव नहुने ग्यारेन्टी दियको संविधानकै अबज्ञा र उलंघन” हुन् जान्छ/ तेसैले यो घटनामा कुनै राजनैतिक समुहको हात भयको देखियमा यो घटना अनुसन्धानको खाडलमा तेतिकै पुरिन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme