Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन चुप छन् प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी यत्रो घटना हुँदा? विदेशमा भए केही हुने बित्तिकै तुरुन्त वक्तव्य दिन्थे

Posted on February 23, 2019February 23, 2019 by Salokya

हिजो शुक्रबार राति नहुनुपर्ने घटना भयो। नख्खुस्थित एनसेल कार्यालय अगाडि बम पड्कियो। कार्यालयमा त केही क्षति पुगेन तर बाटोमा हिँडिरहेका तीन जना घाइते भए। त्यसमध्ये एक जना सिंहप्रसाद गुरुङको आज मृत्यु भएको खबर आयो। यो एउटा कायरतापूर्ण आक्रमण थियो। त्यसैले अहिलेसम्म कसैले पनि हामीले बम पड्काएका हौँ भनेर जिम्मा लिन सकेका छैनन्। यो आतंक फैलाउने काम हो। आतंकवादीको काम हो। विदेशमा भए यस्ता आतंकका घटना सुन्ने बित्तिकै फोन गरेर वक्तव्य दिन्छन् हाम्रा सरकार र राष्ट्रप्रमुखहरु। तर हिजो आफ्नै देशको राजधानीमा यत्रो ठूलो घटना हुँदा पनि अहिलेसम्म न प्रधानमन्त्री बोलेका छन्, न गृहमन्त्रीको तर्फबाट कुनै विज्ञप्ति आएको छ, न राष्ट्रपति बोलेका छन्। न विपक्षमा रहेको पार्टी नै बोलेको छ। कतिसम्म चुप बस्न सकेका!

प्रधानमन्त्री केपी शर्मा ओलीको बर्थ डे रहेछ आज। ठीक हो बर्थ डे मनाए हुन्छ। तर उनका त्यत्रा सहयोगीहरुले एउटा सानो वक्तव्य निकाल्न सक्दैनन् यो घटनामा? अझ खासमा त गएर भेट्नु पर्ने हो आतंकवादीहरुका कारण ज्यान गुमाएका र घाइते भएका परिवारलाई सान्त्वना दिन। म छु, राज्य छ भनेर अनुभूति दिलाउनु पर्ने हो। दोषी कुनै हालतमा बच्दैन, कानुनको कठघरामा उभ्याइन्छ भनेर आश्वस्त पार्नुपर्ने हो। तर यतिको अपेक्षा गर्नु पनि बेकार भयो हगि अब हाम्रा नेताहरुबाट?

गृहमन्त्री रामबहादुर थापा बादल आज अस्पताल गएर घाइते र मृतकका आफन्तलाई भेटे। तर उनीहरुलाई आश्वस्त पार्न सकेनन्। गृह मन्त्रालयको साइट हेरेँ, एक महिना पुरानो विज्ञप्ति रहेछ। यत्रो ठूलो घटनाबारे गृहले एउटा वक्तव्य समेत निकाल्न जरुरी ठानेन। कि शनिबारको विदा मनाइरहेका हुन् गृहको जिम्मा लिनेहरु?

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलमा शुक्रबार साँझ ५ बजे ट्विट गरिएको छ जसमा नेकपाका प्रदेश सभा सदस्यको मृत्युमा आफू मर्माहत् भएको भन्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। के आफ्ना सांसद मर्दा मात्र प्रधानमन्त्री मर्माहत् हुने हो? एक निर्दोष सर्वसाधारणको मृत्यु आतंककारीले पड्काएको बमका कारण हुँदा प्रधानमन्त्री मर्माहत् छैनन्? उनीहरुको परिवारजनप्रति प्रधानमन्त्रीले ट्विटे समवेदना प्रकट गर्न पनि आवश्यक छैन?

दुई तिहाईको सरकार त यस्तै नै भइहाल्यो। विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्नुपर्दैन? भेट्न जानु पर्दैन घाइते र मृतकका आफन्तलाई?

बरु एउटा नेकपा असन्तुष्ट समूहको नाममा विज्ञप्ति आएको छ यो घटनाबारे।

2 thoughts on “किन चुप छन् प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी यत्रो घटना हुँदा? विदेशमा भए केही हुने बित्तिकै तुरुन्त वक्तव्य दिन्थे”

  1. कपिल प्रधान says:
    February 24, 2019 at 10:21 pm

    डाहाड़े डाँका नेत्र बिक्रमे चन्दे ए हे ……..

    यो डाहाड़े डाँका नेत्रे ले लुट्न सम्म लुटेर चन्दा उठाएर अहिले एन्सेल ले त्यसको हप्ता वारी लुट चन्दा नदिएको रिस ले पड्काएको हो /

    यो आतंककरी नेत्रे घोर डाहाड़े डाँका हो / कुनै देश भक्त होइन / छविलाल ले लुट्यो भनेर डाहले सल्केको यो डाँका नेत्रे ले चन्दा लुट्न सम्म लुटेर आफ्ना नातागोता लाइ समेत विदेश मा पैसा पठाएको कुरा सर्व विदितै छ

    यसरी खुले आम मान्छे मारेर हिड्ने यो डाँका नेत्रे लाइ के कारवाही हुने ?

    डाहाड़े डाँका नेत्रे लाइ गिरफ्तार गरेर जाक्नु पर्छ

    Reply
  2. madan bajracharya says:
    February 24, 2019 at 8:02 am

    राजनैतिक झण्डाको आडमा निर्दोष नागरिकहरुको ज्यान नलिने, रास्ट्रको सम्पति तोडफोड नगर्ने र आफ्नो राजनैतिक माग असुल्न नागरिकको बाच्ने अधिकार र सम्पति कब्जामा नलिने त् खोजेमा नपाउने भैसके/ परिबर्तनको नाममा यस्तै यस्तैनै घुमी फेरी दलको र देसको …..बन्दै आयकोछ/ राज गर्दै आयको छ/ सत्तामा रहेकालाई सत्तामा नरहेकाले आरोप नलगायको केहि छैन/ नेपालको राजनेताहरु र यक दलले अर्को दलको उनीहरु को हुन् भनेको कुरा मान्ने हो भने हामीले फालेको जुत्ताको टोपी लगाउंदै आयको मान्न करै लाग्छ/ चुनाव, जनप्रतिनिधि र सदन मात्र नेपालमा ठुला दलको ठुला नेताहरुको कोठे भेला बात “हुकुम बक्से बमोजिम शासन चल्ने १६ भाई रानाको पालै पालो चलायको जस्तैको कोठे सहमति बात चल्ने “हुकुमी तन्त्र” लुकाउने पर्दा बनेको छ/ त् यस्तो अबस्थामा अझै पनि राजनैतिक स्वार्थको निमित आम नागरिकको ज्यान लिनेलाई सजाय होला भनेर आस गर्नु त् कोहि नेता मन्त्रि बनेकोमा खसी कातेर भोज खायकोमा जेल कोचेको कल्पना गर्नु जत्तिकै हुन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme