सामाजिक सञ्जालमा जस्तो पनि कुरा चल्छ। त्यहाँ बोल्न सत्य कुरा हो कि हैन खुट्याइरहन जरुरी हुँदैन। तर संसद् त्यस्तो ठाउँ हैन। जनताले आफ्नो प्रतिनिधि चुनेर पठाएका हुन्। उनीहरुको संसदमा दमदार कुरा बोल्नुपर्छ। हावाका भरमा हैन, अध्ययन गरेर बोल्नुपर्छ। त्यो नगर्ने हो भने त माछाबजारमा जस्तै भइहाल्यो नि, जसले जे बोले पनि हुने।
तर नेपालका सांसदहरु कसरी हचुवा रुपमा बोल्छन् भन्ने कुरा सोमबारको प्रतिनिधि सभाको बैठकमा पनि देखियो। बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले लुट्न सके लुट गीतको प्रसंग उठाए।
अनि घोषणा गरे, यो जनताको बोली गाउने गायकलाई म फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्छु।
प्रतिपक्षी सांसदको जवाफ दिन उत्रिए सत्तापक्षीय सांसद। नेकपाका सांसद झपट रावलले भने, सुशील कोइरालाको पालामा मेरो जापान पनि यही, अमेरिका पनि यही भन्ने गीत गाए, यो सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरी गाए। यसमा उनको अज्ञानता वा नियत भन्ठानेको थिएँ। एक जना प्रतिपक्षका सांसदले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ…’
पशुपति शर्माको लुट्न सके लुट गीतबारे सत्ता समर्थकहरुले आक्रोशित प्रतिक्रिया जनाएसँगै गायकले गीत युट्युबबाट हटाएपछि सामाजिक सञ्जालमा लेख्न थालिएको थियो- सुशील कोइरालाको पालामा जापान पनि यही, अमेरिका पनि यही गाउने। अहिले दुई तिहाईको स्थिर सरकारका बेला लुट्न सके लुट गाउने?
मान्छेले व्यङ्ग्यात्मक रुपमा यो कुरा लेखेका थिए। तर एक जना सांसदले त संसदमा नै सिरियस भएर यो कुरा पो बोलिदिए। बोल्नुअघि कम्तिमा त्यो ठट्टा सत्य हो कि हैन त बुझ्नुपर्थ्यो नि।
के रहेछ त कुरा, बुझ्न धेरै मेहनत गर्नै पर्दैन। यो गीत युट्युबमा कहिले अपलोड भएको छ हेर्ने।
गीत युट्युबमा नोभेम्बर १४, २०१३ मा अपलोड भएको रहेछ।
त्यतिबेला नेपालका प्रधानमन्त्री को थिए त? त्यतिबेला दलहरु नालायक भएर आफैले सत्ता न्यायपालिकाका प्रमुखलाई सुम्पिएको अवस्था थियो। अर्थात् दोस्रो संविधान सभाको चुनाव गराउन अन्तरिम मन्त्रिपरिषद् थियो खिलराज रेग्मीको नेतृत्वमा। १४ मार्च २०१३ देखि ११ फेब्रुअरी २०१४ सम्म रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष थिए।
सुशील कोइराला ११ फेब्रुअरी २०१४ देखि मात्र प्रधानमन्त्री भएका थिए।
कसैले हावामा पशुपति शर्माले सुशील कोइरालाको पालामा यस्तो गीत गाएका थिए रे भनेर भन्दियो, सब त्यसैमा लागे। सांसद पनि त्यसैमा लागे। हो कि हैन भन्ने बुझ्न समेत लागेनन्।
एउटा गीतले सिङ्गो देश हल्लाएको पो अचम्मको विषय बन्यो। यो गीत आउँथ्यो-जान्थ्यो। यसलाई महत्त्व नदिएको भए खासै केही हुने थिएन। तर यसलाई सत्ता पक्षले यति धेरै महत्त्व दियो कि प्रतिपक्ष पनि त्यसको पछि पछि लाग्यो फाइदा उठाउन। नयाँ भनिएका दलहरु गीत माइतीघर मण्डलामा बजाउँदै उफ्रेर नाच्न थाले। देशका सबै मुद्दा सकिएर एउटा गीतमा खुम्चिन पुग्यो।
दमदार भाषण को आशा गर्न त गतिलो मान्छे चुनेर पठाएको भएपो त 😉
कांग्रेसी हेराई र बुझाईमा नेपालको नदीहरुको पनि उतर बात दछिंन बग्दैन, दछिंन बात उतर बहन्छ र यसमा बाढी आयो भने उनीहरुको रोजी रोटि मात्रै होईन अस्तित्व समेतमा संकट आउन सक्छ/ अमरिशसिंह कांग्रेसीलाई यस्तो बाढी आउन सक्ने सम्भावनाको पुर्व जानकारी दिन सक्ने तेस्को प्रकोप बात बच्न बचाउन कुनै पनि प्रकारको हवन र यग्य समेत गर्न सक्ने “…..के बहुत उपरतक पहुचे हुवे बाबा” जत्तिकैछ/उहा सिट दिब्य दृस्टी शक्ति भयको उदाहरणको रुपमा तराईमा आफैले आफुलाई “तथास्तु” गरेर आफुलाई नेपालको जन्मसिद्ध नागरिकमा परिणत गर्ने महतोको अगुवाईमा माडीको नाकाबन्दी हुनु अघिनै “…..नाकाबन्दी गरे मधेशबादीको माग मान्न बाध्य हुने” अमरिशबानिलाई लिन सकिन्छ/
तेसैले उहाले नै उहाले “ओलीको निमित अत्यन्त बिझ्ने त्यो गित लेखे गयकोमा २५ हजार नगद पुरस्कार दिनु बात त्यो गित त् कांग्रेसीले आयोजना गरेको ओलीको बिरोधमा गालीको गित गाउने प्रतियोगितामा कसैले लेखे गयको कुरा प्रस्तियो/