Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजतन्त्र Vs गणतन्त्र, को सहनशील?

Posted on February 17, 2019 by Salokya

त्यतिबेला राजतन्त्रलाई मकरतन्त्र पनि भनिन्थ्यो। ज्ञानेन्द्र राजा अर्थात् राष्ट्राध्यक्ष मात्र थिएनन्, मन्त्रिपरिषद्का अध्यक्ष अर्थात् प्रधानमन्त्री पनि थिए। अहिले गीतमा फलानो संस्थालाई के के भन्यो भन्दै उफ्रनेहरुले त्यतिबेला के कस्ता चर्का नारा तत्कालीन राष्ट्रप्रमुख विरुद्ध लगाएका थिए, सबैलाई थाहै छ। गलत काम गर्ने राष्ट्रप्रमुखलाई मात्र हैन व्यवस्था नै फेरेर राजतन्त्रको ठाउँमा गणतन्त्र ल्यायौँ। त्यही गणतन्त्रमा राजा जस्ता कयौँ देखिए आज भनेर गीत गाउँदा करङका हड्डी मसाज गर्ने धम्की दिइयो र गीत हटाउन बाध्य भए पशुपति शर्मा। आउनुस् त्यतिबेलाको शब्द र यतिबेलाको शब्द जोडिएको एउटा भिडियो हेरौँ र सहनशीलताको परीक्षण गरौँ।

पशुपति शर्माको गीत-
गणतन्त्र ल्याएँ भन्छन्
फाल्यौँ भन्छन् राजा
त्यही फालेका राजा जस्ता
कयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

रुबिन गन्धर्वको गीत-
दाजु मार्‍यौ भाउजु नि मार्‍यौ
फोकटमा राजगद्दी हात पार्‍यौ

पशुपति शर्माको गीत-
गर्ने काम केही हैन
ठूला ठूला भाषण
स्वर्ग जस्तो देशमा
यमराजको शासन

रुबिन गन्धर्वको गीत-
बाउ छोरा दुवै हुन् ज्यानमारा
अब तिम्लाई मिल्दैन छुटकारा
वनको काफल वनकी चरीलाई
निरंकुशता दुई दिनको भए नि
लोकतन्त्र जुनिभरीलाई

4 thoughts on “राजतन्त्र Vs गणतन्त्र, को सहनशील?”

  1. Susil says:
    February 18, 2019 at 9:09 pm

    अझ अहिले उबेला झैं संकटकाल भए उखाने बटुकहरुले क्यार्नीथे होलान?

    Reply
  2. madan bajracharya says:
    February 17, 2019 at 9:33 pm

    म त् अझै भन्छु, नेपालको ठुला ठुला दलहरु र तिनका कुनै नेताहरु, गणेशमान बिपी मदन भण्डारी मन मोहन लगायत माधव नेपाल झलनाथ प्रचंद्र देउपा र कहिले पनि नेपालको राजतन्त्रको बिरोधि छँदै थियन/ मात्र नेपालमा आफ्नै स्वार्थको निमित राजनीति गर्ने झारपाते नेताहरु र नेपालको राजनीतिमा हस्तछ्यप गर्ने नेपाललाई कास्मिर सिक्किम भुटान बनाउने दुस्वप्न देख्ने दिल्लीको छाउराहरुले त्यो पनि आफ्नै बोलीमा होईन अरुकै बोलीमा नेपालको राजतन्त्रको बिरोध गर्थे/ यो कुरालाई कांग्रेस एमाले मावोबादी लगायत अहिले नेकपाको बनेका कोहिले नकार्न सक्दैन/ जसले नकार्छ तेस्को नेपालि नागरिकताको नकाव भित्र लुकेको अनागरिक अनुहार र नियत स्पस्ट हुन्छ; यो कुरामा कोहि अपबाद बने त्यो कुनै झारपाते बा सुगा मैन्हा जस्तै कुनै कार्यकर्ता मात्रै हुन् सक्छ, शिद्धान्त आदर्श र नेपालको निमित समर्पित हुन् दलमा लागेको कोहि हुने सक्दैन/ नेपालको राजतन्त्रले ऐतिहासिक भुल कुनै गरेकै थियन सिवाय ज्ञानेन्द्र बाट/ज्ञानेन्द्रको मुर्खता र उसको छोराको बिगतको उपद्रवी प्रवितिको कारणले नेपालमा आफ्नै स्वार्थ पुरा हुने राजनीति र ब्यबस्था लागु गर्न नेपालमा राजतन्त्र हटाउन चाहनेको दुस्वप्न बिपना बन्यो/ त् देसको हालत यस्तो बन्यो/

    नेपालको सबै ठुला दलका ठुला नेताहरु आफु मात्रै देसको प्रधान मन्त्रि बन्न योग्य भयको ठान्ने तेसो हुन्मा नसके उनीहरु अरुको मात्रै होईन आफ्नै दलको पनि बिरोध गर्छन/ अनि हाम्रो दुर्भाग्य तेस्तै मात्रै नेपालको प्रधान मन्त्रि बन्दै आयको छन्/ यस्तो प्रवितिका प्रधान मन्त्रिहरु र तिनका सुगा मैन्हा छाउराहरु नेपालमा उनीहरुको शासनकालमा मात्रै बिकाश भयको कोहि गाउँदै त् कोहि भुक्दै देसमा भयको अस्तव्यस्तता अराजकताले पिडित भयको नागरिकको रुवाई देखि आक्रोशको स्वर दवाउन खोज्छन/ यस्तै यस्तैको हुल्याहगिरी राजनीति सिंहदरवार सदन सडक र दल भित्र हावी भयकोले लोकतन्त्रमा पनि आफ्नो मन्तव्य रोयर गायर पनि व्यक्त गर्न नपाउने भयो/ त् त्यो गीतको बिरोध गर्नेले आफ्नो अहोभाग्य मान्नु पर्छ कि त्यो गित कुनै यकल गायकले मात्रै गायो/ अबस्था यस्तै तेस्तै भयो भने ….हुन् बेर लाग्दैन/

    अहिले पसुपतिको गीतमा कोहि अयोग्य भयकोमा व्यंग हनियकै हो भने अहिले कुन चाहि नेता र प्रधान मन्त्रीलाई अरुले मात्रै होईन आफ्नै दलकाले अयोग्य भनि रहेको छैन/ तेस्ले भनोस न यो गित गलत छ भनेर/

    Reply
  3. Shankar says:
    February 17, 2019 at 8:37 pm

    राम्रा भए राजाले पनि देश बिकाश गरेका छन् , नेता ले गणतन्त्र , प्रजातन्त्र सबले बिकाश र बिधि बात देश चलाएका छन् |
    नेपाल मा त् राजा हरु पनि बिस्नुको को अबतार र अलौकिक सक्तिका धनि झैँ याक्तिंग गर्न पछि परेनन् , र नेता त् लेनिन , मावो लाइ चुनौती दिने परे ( गफले ) , यथार्थ मा तुचे टपरे हरु परे | खुंखार पण्डित हरु प्राय धुर्त हुन्छन , यी कम्निस्ट पण्डित , र कांग्रेस पण्डित हरु त् महा धुर्त डाँका परे , अनि को सहन सिल ?
    दुवै फासिस्ट थे र छन् |

    Reply
  4. Kamal says:
    February 17, 2019 at 2:23 pm

    A very-very realistic comparison. Communists do not have ability to listen any words they don’t like. That’s why they are ‘अरिंगाल’ Communist.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme