Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘लुट्न सके लुट’ गाउँदा ‘कुट्न सके कुट’ पाराको आक्रमण, हट्यो गीत, अब श्री पशुपतिनाथले पशुपति (शर्मा) को रक्षा गरुन् !

Posted on February 16, 2019February 16, 2019 by Salokya

शनिबार दुई वटा भूकम्प आयो। एउटा भूकम्पको केन्द्रबिन्दू कीर्तिपुर थियो। गोरखा भूकम्पको परकम्प थियो ४ म्याग्निच्युडको। अर्को भूकम्पको केन्द्रबिन्दू शितल निवास र बालुवाटार थियो। लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतले ल्याएको भूकम्प थियो।

सत्ता समर्थकहरुको तेस्रो नेत्र भएको भए खुलेर ध्वस्त गर्ने खालको रिस उठेको थियो यो गीतका शब्द। उनीहरु सामाजिक सञ्जालमा ‘कुट्न सके कुट’ पारामा उत्रिए। करङका हड्डी मसाज हुने चेतावनी दिइयो। पशुपतिनाथको देशमा पशुपति डराउनु पर्ने स्थिति आयो। अनि शनिबार राति युट्युबको नेपाल ट्रेन्डिङको टप टेनमा पुगिसकेको गीत हटाउनमात्र हैन, माफी माग्न समेत बाध्य भए पशुपति।

के भन्छन् पशुपति?
पशुपति शर्माले शनिबार राति लामो स्टायटस लेख्दै कुनै राजनैतिक दल या संस्था संग मेरो कुनै किसिमको पुर्वाग्रह पनि नभएको स्पष्टिकरण दिएका छन् र माफी यसरी मागेका छन्- “गीतका कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु।”

यस्तो छ उनको फेसबुक स्टायटस-

कुट्न सके कुट

सत्ता समर्थकहरुको आक्रोश कडा थियो। हेर्नुस् केही नमूना-

उतिबेलाको एमालेको युथ फोर्सवाला संगठनको चेतावनी यस्तो थियो-

विद्यार्थी नेताको हेर्नुस्-

पूर्व सांसदको प्रतिक्रिया

के थियो गीतमा?

गीतमा राष्ट्रपतिलाई व्यङ्ग्य गरियो भनेर पनि सत्ता समर्थक आक्रोशित छन्। के छ त राष्ट्रपति बारे? गीतमा भनिएको छ-

http://www.mysansar.com/wp-content/uploads/2019/02/pashupati-sharma-deleted-video.mp4

गणतन्त्र ल्याएँ भन्छन्
फाल्यौँ भन्छन् राजा
त्यही फालेका राजा जस्ता
कयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

कार्यकर्तालाई कुकुरको संज्ञा

कार्यकर्ताहरुलाई रिस उठाउने अर्को कारण गीतको यो बोल देखिन्छ-

http://www.mysansar.com/wp-content/uploads/2019/02/pashupati-sharma-deleted-video_1.mp4

ठूलै नेता भ्रष्टाचारी न डराउँछन्, लुक्छन्
कार्यकर्ता केही बुझ्दैनन्, कुकुर जस्तै भुक्छन्

शासन गर्ने यमराज?

सत्ता समर्थकलाई आक्रोशित बनाउने अर्को लाइन यस्तो छ-

http://www.mysansar.com/wp-content/uploads/2019/02/pashupati-sharma-deleted-video_2.mp4

गर्ने काम केही हैन
ठूला ठूला भाषण
स्वर्ग जस्तो देशमा
यमराजको शासन

8 thoughts on “‘लुट्न सके लुट’ गाउँदा ‘कुट्न सके कुट’ पाराको आक्रमण, हट्यो गीत, अब श्री पशुपतिनाथले पशुपति (शर्मा) को रक्षा गरुन् !”

  1. All Information Nepali says:
    February 25, 2019 at 3:54 pm

    Kasto Bidambana

    Reply
  2. Bhanu Bhattarai says:
    February 17, 2019 at 9:38 am

    हाम्रो देश कुन दिशातिर गईरहेको छ? यहि हो त प्रजातन्त्र? यो राणा सासन र पंचायत भन्दा के कम छ?
    फरक फरक डाँकाहरुको समुहको चंगुल बाट देश कसरि उम्केला खै सत्य कुरा पनि बोल्न नपाइने भयो त लौ ???

    Reply
  3. Kishor says:
    February 17, 2019 at 8:34 am

    त्यो गीत मा के चाही मिलेको छैन र ? हाम्रा सुकुम्बासी कामरेडहरु महँगो गाडी र विलासी घर मा छन, रुघा लाग्दा बंग्कोक/America धौछन| सबै काले काले मिलेर खाम भाले भएका छन् (देउबा,ओली, प्रचण्ड ) | अनि सत्य बोल्ने कलाकार लै धम्क्याएर कार्यकर्ता ले कुकुर ले जस्तै भूकेका छन् नि होइन र ?

    Reply
  4. aanand says:
    February 17, 2019 at 8:04 am

    A big big salute to Pashupati Sharma….

    Reply
  5. madan bajracharya says:
    February 17, 2019 at 7:58 am

    गीतले कुनै गलत कुरा भनि रहेकै छैन/ सत्तामा रहेकैको नाम किटेको छैन/ तापनि त्यो गीतमा लेखेको कुरालाई “…को खुट्टा काट भन्दा खुट्टा उठाउने” जस्तै प्रस्तुत भयर उनीहरु आफै देसमा जे जस्तो दुरावस्था देखियो तेस्को जिम्मेवार हुने गरि गीतकारलाई तर्साउने पुर्व यमाले, कांग्रेसी र मावोबादी कुनै हुने सक्दैन/ किनभने यमाले देउपाले सदन भंग गरेको मा समर्थन गर्ने र ज्ञानेन्द्रले देउपालैइ बर्खास्त गरि सके पछि प्रधान मन्त्रि बन्न खोज्नेकै पार्टी थियो/ त् यमाले पनि गणतन्त्र माग्ने र राजा फाल्ने नीति लियको पार्टी होईन/ कांग्रेस त् राजाको गर्धन माथि आफ्नो गर्धन हुने र नेपालमा संबैधानिक राजतन्त्रको कट्टर हिमायती हौँ भन्नेकै पार्टी हो भने मावोबादी त् भारत सिट नझुक्ने राजा महान रास्त्रवादी हौँ भन्दै भारत सिट सुरुङ्ग युद्ध नै गर्ने भन्नेको पार्टी हो/

    राजा फाल्यौं गणतन्त्र ल्यायौं भन्ने माथि व्यंग गरेको यो गीतको बोलमा रिसाउने गीतकारलाई धम्क्याउने त् तेही हुन् सक्छ जसले राजाबादी भयको कांग्रेस मावोबादी र येमालेकालाई समेत नेपालमा आफ्नो स्वार्थमा बाधक बनेको राजा संबिधान र ब्यबस्था फाल्ने अनि भारतीय सितै रोटि बेटी र रगत को सम्भंद भयको, तराई पृथ्बी नारायण शाहले जवर्जस्ती कब्जा गरेको मधेसीको भुमि भयको भन्दै भोलि उनीहरुले चाहेमा सम्पूर्ण तराईलाई नेपाल बात अलग्ग हुने निर्णय समेत गर्न सक्ने मधेश प्रदेश बनाउन सकिने संघियता अपनाउने सम्झौता गरायो/ तेसैले म त् यो त्यो गीतकारले आफ्नो गित फेरी युत्युब्मा राख्नु पर्छ र अर्को त्यो भन्दा बढी व्यंग गर्ने गित लेख्नु पर्छ/

    Reply
  6. prithvi says:
    February 17, 2019 at 6:43 am

    अब यो भिडियो लाइ फेसबुक मार्फत झन् झन् झन् भाइरल बनाउनु पर्छ ! कसैले त राम्ररि डाउनलोड गरेको होला नि ! ल है शेयर गरौ !

    Reply
  7. Bashanta Raj Bhandari says:
    February 17, 2019 at 12:51 am

    K. P. Oli government is attacking on freedom of speech and creation….
    It’s not good ban such nice song in this way…
    Because of this act I don’t like present government which lead by Mr. K.P. Oli. … If government and their supporter don’t like this music they can close their ear…….

    Reply
  8. Pingback: आजको खबर : पशुपति शर्माले किन हटाए गीत, सत्ता समर्थकको धम्कीले कि आफ्नै मर्जीले ? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme