Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : पशुपति शर्माले किन हटाए गीत, सत्ता समर्थकको धम्कीले कि आफ्नै मर्जीले ?

Posted on February 16, 2019February 16, 2019 by राजेन्द्र मगर

आज फागुन ४  गते शनिबार दिनभर सामाजिक सञ्जालको चर्चाको विषय रह्यो पशुपती शर्माको लुट्न सके लुट भन्ने गीत।  हिजो मात्र सार्वजानिक भएको उक्त गीत एक दिनमै भाइरल भयो। कतिपयले उक्त गीतलाई समर्थन गरे भने कतिपयले विरोध। शर्माले रिलिज भएको एक दिनमै उक्त गीतबाट ताली पनि पाए भने गाली पनि। गीत रिलिज हुनासाथ उनी धेरै अनलाइन मिडियाको हेडलाइन बन्न पुगे। कतिपयले उक्त गीतलाई प्रतिबन्ध लाउनुपर्ने माग गरे।

सत्ता समर्थक विद्यार्थी संगठनका नेता, राजनीतीक दलका नेताहरुले फेसबुकमा स्टाटस लेख्दै गीतलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए।

यस्तो थियो एमाले नेत्री शान्ता चौधरीको स्टाटस्

यस्तै किसिमका फेसबुक स्टाटस हाल्दै धेरै सत्ता समर्थकले गीत प्रतिबन्ध लगाउन माग गरे। उनीहरुले पशुपती शर्मा विरुद्ध कडा अभिव्यक्ती समेत दिएका थिए।

नभन्दै आज साँझ शर्माको उक्त गीत उनको च्यानलमा देखिएन्। लगत्तै सामाजिक सञ्जालमा सरकारविरुद्द नकरात्मक प्रतिक्रिया सुनिए/देखिए। सरकारले नै शर्माको गीतलाई प्रतिबन्ध लगाएको भन्दै एकथरी समर्थकहरुले सरकार विरुद्द अभिव्यक्ती दिन थाले।

तर, उनले फेसबुक स्टाटस लेख्दै भने, ‘यो गीत म आफैले हटाएको हूँ। केही शब्दहरु सच्याएर फेरि  गीत लिएर आउनेछू।’

सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’ गीत भन्दै पहिलोपोस्टले लेखेको छ।

यो पनि  पढ्नुहोस्: लुट्न सके लुट’ गाउँदा ‘कुट्न सके कुट’ पाराको आक्रमण, हट्यो गीत, अब श्री पशुपतिनाथले पशुपति (शर्मा) को रक्षा गरुन् !

मेक्सिकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा संकट आइलागेको भन्दै ट्रम्पले संकटकाल घोषणा गरेका छन्।

सीमाना पर्खाल लगाउने मूल एजेन्डाका साथ चुनाव जितेका ट्रम्पले मागे जति रकम दिन संसद तयार नभए पछि अन्ततः कार्यकारी अधिकार प्रयोग गरी संकटकाल घोषणा गरे। संकटकाल लागू भएको स्थानमा रकम खर्च गर्न संसदको अनुमति नचाहिने भएको कारण उनले यो बाटो रोजेका हुन्।

पहिलोपोस्ट अनलाइनले अमेरिकामा संकटकाल तर नझुक्किनुस्, यो नेपालको जस्तो भने होइन भन्दै समाचार लेखेको छ।

भारत र पाकिस्तानको दुस्मनीको इतिहास लामो छ।  भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी बिहीबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच तनाव झनै बढेको छ। भारत र पाकिस्तानको तनावको बाछिटा छिमेकी मुलुक नेपालमा नदेखिएला भन्न सकिन्न्।

भारत र पाकिस्तानवीच तनाव बढ्यो भने भारतले नेपालालाई पुर्‍याउँदै आएको आर्थिक सहयोग र विकासको साझेदारीमा समेत असर पर्न गई नेपालको समृद्धिको यात्रा ढीलो हुन सक्छ । र, नेपाल-पाकिस्तान सम्बन्धमा पनि दुरी बढ्न गई नेपाल भारततर्फ बढि ढल्कनुपर्ने अवस्था आउन सक्छ । यसले उत्तरी छिमेकसँगको सम्बन्धलाई पनि प्रभाव पार्न सक्छ।

भारत-पाकिस्तानवीच तनाव बढ्यो, नेपाललाई के असर पर्ला ? भन्दै अनलाइनखबरले लेखेको छ।

आज  काठमाडौँमा भुकम्पको पराकम्पन महसुश भएको छ। साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भन्दै देशसञ्चारले लेखेको छ।

महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइदिएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन उनीहरु वीरगञ्ज पुगेका  थिए।

कांग्रेसका तीन कोइराला नेता एकै मालामा भन्दै सेतोपाटीले लेखेको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme