Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको सम्बोधनका २९ रोचक बूँदा : विश्व चकित भएको दुई पटकदेखि दुई वटा गीत पनि

Posted on February 14, 2019February 14, 2019 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज दिउँसो ४ बजे राष्ट्रवासीका नाममा सम्बोधन गरे। अरु बेला भए ढिलो हुने भए पनि आज त्यस्तो धेरै बेर ढिलो नगरी समयमै कार्यक्रम सुरु भयो। ५ हजार शब्दको लिखित सम्बोधनमा उनले विश्व चकित भएको कुरा दुई पटक गरे। दुई वटा गीत पनि उल्लेख गरे- यो त सब भन्ने कुरा न हो र त्यो तारामात्र हैन जुन पनि झारिदिउँला। अधिनायकवाद भनेर हल्ला गर्ने कांग्रेसलाई दनक दिएका छन्। ओलीको भाषणको फ्लेभर आउने गरी जग हेरेर छत खै भन्ने? भनेर समेत सोधेका छन्। त्यस्तै विदेश भ्रमणका उपलब्धिका फेहरिस्त राखेका छन्। नेपालमा भएको सम्मेलनको कुरा गर्दा जिसस पुत्रीको होली वाइनवाला सम्मेलनको भने उल्लेख गर्न बिर्सिएका छन्। सुरक्षाको कुरा आउँदा निर्मलाको कुरा भने गर्न रुचाएनन्। तर पनि प्रधानमन्त्रीको सम्बोधन रोचक नै छ। २९ वटा रोचक बूँदा यहाँ छ-

1. आज तपाईंहरु सामु राख्ने मेरा अनुभव, पहिलेकै निरन्तरता रहेकोले कतै सुनेको, पहिल्यै भनेको जस्तो पनि लाग्न सक्छ ।

2. विश्व आश्चर्य पार्ने परिणाम :
त्यतिखेर, हामीले अपनाएको जटिल निर्वाचन प्रणालीबाट ‘कुनै पनि दलको स्पष्ट बहुमत आउँदैन, त्रिशंकु संसद अनिवार्य’ भन्ने आम धारणा थियो । वर्षौको भद्रगोल गठबन्धन र अल्पकालीन योजनामा हुने गरेको शासन सञ्चालनबाट वाक्क भएका नेपाली जनताले हामीले चुनावी तालमेल गरेको टिमलाई अत्यधिक मतले जिताएर बलियो सरकार बनाए। निर्वाचन प्रणाली त्यस्तो, तर त्यसबाट विश्वलाई नै आश्चर्यमा पार्ने परिणाम आयो यस्तो।

3. खिन्न हैन उत्साहित किन नभएको :
राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको छ । यसबाट अल्पकालीन प्रतिफल दिने कार्यमा मात्र केन्द्रित नभएर दीर्घकालीन विकास योजना सञ्चालन गर्न बलियो आधार तयार भएको छ । यस्तो परिस्थिति सिर्जना हुँदा खिन्न हुनुभन्दा उत्साहित हुनुपर्ने हैन र ?

4. अधिनायकवादको हल्ला :
जनतालाई सबै हिसावमा सार्वभौम तुल्याउने र उनीहरुलाई सवल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न ‘लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो’ भन्ने अफबाह फैलाईंदै छ । फैलिंदो र फैलिएको परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्य लाग्दो दृष्टिदोष हो । म स्पष्ट पार्न चाहन्छु, लोकतन्त्र हाम्रा लागि अदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो– जिविका चलाउने व्यवसाय हैन ।

5. जग हेरेर खै छाना भन्ने? :
जग खन्दा तल्ला र छानाको परिकल्पना त गरिन्छ । तर कसैले जगलाई नै हेरेर खै त चोटा, कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरुले नै ‘खै घर बनाएको’ भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौं । यस्ता प्रश्नमा प्रतिक्रिया किन दिउँ भन्ने म ठान्दछु ।

6. यो त सब भन्ने कुरा न हो :
संविधानमा लेखिएका कुराहरु एउटा गीत ‘….यो त भन्ने कुरा न हो’ भनेजस्तो हैन, गर्ने कुरा हो भन्ने विश्वास जनतामा जगाउनु मेरो कर्तव्य थियो । त्यसैले मेरो नेतृत्वको सरकारले सरदर ५ दिनमा एउटा विधेयक मस्यौदा गरी त्यो लक्ष्यलाई पुरा ग¥यो ।

7. लगानी :
सरकार, अहिले स्वदेशी मात्रै हैन, ग्लोवल लागनीकर्ताहरुलाई समेत नेपालमा लगानीको लागि अव्हान गरिरहेको छ । स्वीट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चमा स्थापनको ५० वर्षमा पहिलो चोटी नेपालका प्रधानीमन्त्रीलाई आमन्त्रण गरिनुलाई पनि यसै सन्र्दमा लिन सकिन्छ।

8. तथ्याङ्क मिथ्याङ्क :
गत पुस २२ गते प्रतिनिधि सभामा सम्बोधन गर्दा मैले केही तथ्याङ्क उल्लेख गरेको थिएँ । मेरा भनाईलाई अङ्कमा हैन भावमा सुन्न रुचाउनेहरुले ‘प्रधानमन्त्रीले तथ्याङ्क’ बोल्ने भन्दै प्रश्न गर्नु भयो । जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरुले त्यसलाई ‘मिथ्याङ्क’को रुपमा होहल्ला गरे । यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै विग्रेको, भत्केको, उजाडिएको सुन्नु हो । यो मुलुकमा प्रगतिको अङ्क बोल्ने ? त्यो त तथ्याङ्क नै हैन, मिथ्याङ्क हो … । आज जे भइरहेछ, त्यसलाई म कसरी उल्लेख नगरौं ? तसर्थ यस वर्षका प्रगति केही पक्ष अत्यन्त संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु ।

9. विमानस्थल प्रगति :
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुन थालेको छ । यस अवधिमा धनगढी र चन्द्रगढी सहित ६ वटा विमानस्थलवाट रात्री सेवा सुरु गरिएको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल २०१९ जुनमा परिक्षण उडान तथा सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने गरी तीब्र गतिमा निर्माणको काम भैरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगाडी सन् २०२० सम्म सम्पन्न गर्नेगरि काम भैरहेको छ । निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११० विघा जग्गामध्ये ६५ विघा जग्गा अधिग्रहण भैसकेको छ ।

10. तीन दिनमा एउटा तुइन विस्थापन :
मैले नै शुरु गरेको तुईन विस्थापित गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । यसवर्ष लगभग हरेक ३ दिनमा एउटाका दरले तुईन विस्थापन भएको छ ।

11. खै लगानी :
खै लगानी आएको ? खै त उद्योग ? भन्नेहरुलाई यत्ति चाँहि भनौं, यस अवधिमा ४ सय ९९ वटा उद्योग दर्ता भई जम्मा १ खर्व ९८ अर्व रुपैयाँको लगानी प्रस्ताव भएको छ । विदेशी लगानीतर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्व ८३ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ ।

12. कान मेरो बुच्चै :
मैले पटक पटक हाम्रा पुर्खाको वौद्धिक क्षमता र हाम्रो भूभागको भौगोलिक, जैविक लगायतका विविधता, प्राकृतिक स्रोतको सम्पन्नता बारे चर्चा गर्ने गरेको छु । हाम्रो खनिज क्षमताको चर्चा गरिरहँदा एकजना हितैषिले भन्नु भयो– ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’, भाषणले हुन्छ ? हो, भाषणले मात्र हुँदैन । गर्नुपर्छ । गर्न तयार हुनुपर्छ । नगर्नेका लागि केही पनि हुँदैन, गर्नेका लागि आँखाले नदेख्ने हावा पनि आम्दानीको रुपमा उपस्थित हुन्छ ।

13. हावाबाट भाइरस उत्पादन :
मैले हिजो १ गते विश्व स्तरको एउटा वायो साइन्स कम्पनीको उद्घाटन गरेँ । त्यसले हावाबाट ‘भारइस’ उत्पादन गर्छ र त्यसलाई भ्याक्सिनको रुपमा पोको पारेर विदेशमा निर्यात गर्छ । त्यसले वायो साइन्स अध्ययन गरेका स्नातकहरुलाई रोजगारी दिन्छ।

14. फलामको धाउ :
नवलपरासीको धौबादीमा करिव १० करोड मेट्रिक टन फलामको धाउको भौगर्भिक भण्डार पहिचान भएको छ । भन्न सकिन्छ, पहिचान भयो त के भयो ? त्यसले के दिन्छ ? म विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु– चीनमा गरिएको मेटालर्जिकल परीक्षणमा उक्त धाउबाट स्पोन्ज आइरन उत्पादन गर्न सकिन्छ । यसबाट के के गर्न सकिन्छ, भनिरहनु पर्ला र ?

15. किन पत्याउँदैनन् :
एकजना शुभचिन्तकले गर्नु भएको प्रश्न याद आइरहेको छ– तपाईंलाई सुन्दा मुलुकमा केही भइरहेको महसुस हुन्छ । तर तपाईंले जे भनिरहनु भएको छ नि, हो त्यसलाई अरुहरुले किन पत्याइरहेका छैनन् त ?

16. आधा खाली कि भरी :
प्रश्न गहिरो हो । अरु भनेका को र कस्ता हुन् मैले जिज्ञासा राखिनँ । एउटा प्रतिप्रश्न गरेँ– खाली भाँडो थियो, त्यसलाई मैले आधा भरेँ । म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरु त्यसैलाई आधा खाली भनिरहेका छन् त कसरी स्पष्ट पारौं ?

17. बानी फेरौँ :
हाम्रो एउटा अनौठो बानी छ, ९÷९ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको ३ महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने र ९ औं महिनामा सरकार फाल्ने । यस्तो बानी परेका हामीहरुलाई सरकारले कामै गरेर एक बर्ष कटायो भन्दा पनि अनौठो लागेको हुनसक्छ भन्ने म अनुमान गर्न सक्दछु । आज जे जे प्रश्नहरु म सुनिरहेको छु, ती ‘नौ–महिने’ अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि? यदि यस्तै हो भने– विनम्र अनुरोध गर्दछु, बानी फेरौं । नयाँ बानी पारौं ।

18. यस्तो पनि भन्ने :
पदार्थले चेतना दिन्छ । बस्तु नदेखि त्यसको आकार आँकलन कमैले मात्र गर्न सक्छ । त्यसैले पनि हुनसक्छ नेपालमा पानीजहाज, जल परिवहन र रेल यातायातको चर्चा गर्दा ‘यस्तो पनि भन्ने’ जस्ता प्रश्न उठे ।

19. सपना :
हवाइजहाजले यस धर्तीलाई परिक्रमा गरेको ग¥यै छ । समुद्रमा जहाज कुदेको कुदै छ, नदीहरुको बाटो हुँदै तिनीहरुले फन्को मारि नै रहेका छन् । हामी पनि चलाऊँ न भन्दा सपना मात्रै किन ठानिन्छ ?

20. फेरि गीत :
के यी हाम्रा योजनाहरु, नारायण गोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘… त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भने जस्तो हो र ?

21. पानी जहाजको टिकट :
आज विहान मात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ । त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो । भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला– ‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि ?’ म पनि ठट्टा गरौं ? ‘त्यो टिकट काट्ने अड्डा हैन । नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खवर मैं गरौंला ।’

22. दुनियाँलाई नै आश्चर्य :
यस वर्ष मैले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरेँ । विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकार र दीगो विकास लगायतका विषयमा नेपालको धारणा राखेँ । हामी आफैँले नेतृत्व गरेको मौलिक प्रकृतिको शान्ति प्रक्रिया आधारभूत रुपमा टुङ्गिएको मैले स्मरण गराएँ । नेपालको यो अनुभव, द्वन्द्वमा फसेका मुलुकहरूका लागि अनुकरणीय सन्दर्भ हुनसक्ने विश्व जनमत रहेको मैले पाएँ । द्वन्द्व व्यवस्थापन, शान्ति प्रक्रिया, विशिष्ट प्रकृतिको निर्वाचन प्रणाली र अन्त्य भएको राजनीतिक संक्रमणकाल जस्ता प्रगति दुनियाँलाई आश्चर्य नै पार्ने प्रकृतिको मैले पाएँ ।

23. उटपट्याङ टिप्पणी :
यसै विषयलाई लिएर उटपट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न÷लेख्न जान्ने, आपूmलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरु बाट । अघि बढिरहेको आप्mनो मुलुक ओरालो लागेको र स्वाधीन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने यस्तो प्रवृत्ति देख्दा दुःख लाग्छ ।

24. भ्रमण उपलब्धि :
यसै वर्ष श्रीलंका र म्यानमारका राष्ट्रपति, बंगलादेश, पाकिस्तान, कम्बोडिया र थाइल्याण्डका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभयो । द्विपक्षीय सम्बन्ध विस्तार गर्ने क्रममा परराष्ट्रमन्त्री स्तरमा भारत, चीन, पोर्चुगल, वेल्जियम, लक्जेम्वर्ग, अष्ट्रिया, जापान र संयुक्त राज्य अमेरिकाको भ्रमण भएको छ । काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलन सम्पन्न भयो । सेन्ट किट्स एण्ड नेभिस, रुवान्डा, माडागास्कार र सुरीनामसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

25. महँगी :
यहीँनेर ‘महंगी अचाक्ली बढ्यो । के यही दिन देख्न हामीले लोकतन्त्र ल्याएका थियौं ?’ जस्ता तर्क गर्नेसँग थोरै सम्वाद गर्न चाहन्छु । बेसाहा सस्तो छ, ज्यालाबाट ब्रम्हाण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छु र ? तर तुलना त हिजो र आजको बीचमा हुनुपर्ने होला नि? तपाईंहरु नै भन्नुस् न त, अहिले औसत मुद्रास्फिति ४.२ प्रतिशत छ, गत साल कति थियो ? यो मुद्रास्फिति स्वभाविक सीमा भित्र छ कि छैन ?

26. प्रश्न :
तपाईँहरुलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु– छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?

27. झुण्ड :
फेरि पनि केही हल्ला त रहीरहने छ । यस्तो हल्ला गर्नेहरु रोजगार बिनाको रोजगारी र परिश्रम बिनाको पारिश्रमिक पाउने झुण्ड मात्रै हुन् ।

28. मुखमा पानी छैन :
मैले घोषणा गरेको छु– ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ।’ कसैले यसलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्दैछ । बुझेहुन्छ– भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन ।

29. मुर्मुरिने को ? :
अहिले सुशासनका संयन्त्रहरु क्रियाशील भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरु आज क्रुद्ध छन् । भ्रष्टाचार गर्न तम्सिनेहरु तर्सिएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चाहार्नेहरु मुर्मुरिएका छन् । अनौठो लाग्छ, तिनै व्यक्तिहरु देशमा सुसाशन भएन भन्दै मिडियामा झुल्किन्छन् ।

पूरा भाषण यहाँ क्लिक गरी पढ्नुस्-


3 thoughts on “प्रधानमन्त्रीको सम्बोधनका २९ रोचक बूँदा : विश्व चकित भएको दुई पटकदेखि दुई वटा गीत पनि”

  1. madan bajracharya says:
    February 15, 2019 at 2:34 pm

    आफु प्रधान मन्त्रि बने उज्यालो अरु प्रधान मन्त्रि बने अँध्यारो देख्ने अचम्मको रोग लागेकोछ इनिहरुलाई/ इनिहरुले यक अर्काको बारेमा जे भनेको थियो र जे भन्दै आयको थियो तेस्मा हामीले बिस्वास गर्ने हो भने देसमा प्रजातन्त्र लोकतन्त्र आदि कुनै आयकै छैन र इनिहरु कुनै पनि …..हुँदै होईन सबै …..नै हुन्/

    दुई करोड नेपाल पसेका (भारतको सरकारकै भनाई) आफुलाई मधेसी भन्ने बिहारीले नेपालमा रोजगारी पाउने अनि नेपालका आधा करोड युवाहरु नेपालमा बेरोजगार भयर अरव मलेसिया जानु पर्ने अनि तिनीहरुकै कमाईले मात्रै अर्को डेढ दुई करोडले दुई छाक खान पाउने अबस्थामा पुगेको मात्रै होईन अब त् सिंगो रास्ट्र समेत उनीहरुकै कमाईको भर पर्नु पर्ने भैसकेको नेपालमा आफु प्रधान मन्त्रि बन्ना साथ बिकाश भयको देख्नेलाई के उपमा दिने?

    देसमा नागरिकको बहुमतको ….गर्ने तन्त्र ल्यायौं भन्छन इनिहरु/ तर इनिहरुको कोठे निर्णयमा ल्याप्चे लगाउन बाध्य छन् सांसद रास्ट्रपति समेत/ सदनमा बहस गर्न मात्रै हॊईन मेच कुर्सि भाँच्न देखि मुक्का मुक्की समेत गर्न सक्छन तर पास अर्थात निर्णय त् दलका ठुला नेताको आदेश बमोजिम नै गर्नु पर्छ/ यसो भयो भने प्रजातन्त्र लोकतन्त्र भयान भने बहुमतको तानासाही!!!/ वाह वाह क्या राम्रो लोकतन्त्र!!!!

    कानुन अनुसार पार्टी, संघ संस्था आदि सबै व्यक्ति सरह कानुन लाग्ने निकाय हो/ यसो साँच्चै नै भयको भय नेपालमा कानुनि राज चलेको मान्ने पर्ने हुन्थ्यो; तर के भयको छ यस्तो? इनिहरुले चाहि संबिधान मान्दैनौ भनेर जलाउन पनि हुने तर आम नागरिकले इनिहरुको बारेमा सोसल मिडिया फेस बुकमा मात्रै थ्यास्स्स केहि लेखे जेलाई जानु पर्ने/ यति मात्रै होर भने ठुला ठुला नेताले ….गरेकोमा कानुन नलागेको कुरा छाडौं अब त् सनिवार चलायो भनेर सरकारी गाडी जलाउने नेविसंघको तुच्चे नेतालाई समेत कार्यवाही गर्न नहुने भैसक्यो/ कानुन लगाउन नहुने भैसक्यो/ यस्तो अबस्थालाई पनि कानुनि राज देख्ने आँखा कस्तो
    होला?

    ठुला ठुला देसलाई समेत पाल्न सक्ने श्रोत भयको नेपाल आज दरिद्र मात्रै होईन भारतले दिय पठाय खान पाउने नत्र भने ३ करोड नेपालीनै अनसन बस्नु पर्ने अबस्थामा पुर्यायको छ/ दसौं हजार साल देखि स्वतन्त्र रही आयको नेपाललाई मात्र ६९ बर्ष अघि अर्थात सन् १९४५मा मात्रै अंग्रेजले जन्मायको भारतले सिमाना मिचेको मिचैछ/हेपेको हेपै छ/ तर बोल्न समेत सक्दैन/ तापनि बिस्वले …..भन्नुलाई के सब्दले

    Reply
  2. कमल says:
    February 15, 2019 at 12:46 pm

    एउटा साँचो कुरो भने रहेछ| त्यो हो १३ न. को|
    हावाको भाइरस| यसैले सम्पुर्ण भाषणलाई अभिव्यक्त गर्छ| प्रधान मन्त्रीको एक बर्षे उपलब्धि भनेको हावाको भाईरस हो|
    सांचिकै जल्दोबल्दो भाईरसले मुलुकलाई खाइरहेको छ, त्यो हो ब्यापक भ्रष्टचार|
    प्रधान मन्त्रिले किन यसलाई निरमुल पार्न ठोस पाइलाहरु चाल्न हिच्किचाए? भाषण र बयानबाजी
    गरेर मात्र मुलुकलाई जरैदेखि खाईरहेको भ्रष्टचार देखेर पनि नदेखेको हो?

    खै कुन भैंसीले बालुवाटारमा ब्याएछ? विगौती खान मै व्यस्त छन् जस्तो छ| दुधको छेलोखेलो होला| ठेका दिने हो कि?
    त्यहा त हात्ती नै हात्ती पो छन् ‘रे|
    एक बर्षमा दुईतिहाईको सरकार असफलतातिर भागिरहेको देख्न र महसुस गर्न फेरी एकपल्ट आम जनता हुनपर्यो, बिगौती खाने प्रभु होइन| नेपाली जनता फेरी टुक्रे र मिलिजुली सरकार चाहदैनन्, विगतमा मुलुक खत्तम र स्वाहा पारे| त्यसै भएर त् नेकपालाई भोट दिए| सुधरिने समय अहिले पनि छ तर जग बलियो छैन, काम भएको छैन| ९०% कर्मचारीहरु भ्रष्ट र कामचोर छन्|
    रबि लामिछानेको हप्ताको तीन दिन टिभि कार्यक्रम हेर्न भ्याउनुपर्यो, सरकार!

    प्र. म. र उँहाका आफन्त मित्रजन सहृदयी सल्लाहकारहरुलाई समय सुहाउदो अर्को गीतको लाईन पनि सुनाईदिन पर्यो—
    उडायो सपना सबै हुरीले….

    Reply
  3. Prashant says:
    February 14, 2019 at 11:47 pm

    वहा क्या नामी कमेडियन रहेछ|
    नेपालका सबै हास्य कलाकारहरु ले अब पेशा छोडेर अरु पेशा तिर ध्यान दिएये नेपाल को उन्न्नती छिटो होला जस्तो देखियो|
    तेह्र नम्बर बुदा चाही दामी रहेछा | Dust Virus |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme