Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के फेसबुक र ट्विटर नेपालमा दर्ता हुन आउलान्? सरकारले ल्याउँदैछ दर्ता नभए रोक लगाउने कानुन

Posted on February 14, 2019February 14, 2019 by Salokya


माथिको विधेयकको स्क्रिनसट कान्तिपुर दैनिकको अनलाइनमा प्रकाशित छ। विद्युतीय कारोबार ऐनलाई विस्थापित हुने गर ल्याउन लागिको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको यो विधेयक ऐन बनी लागू भएमा फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा नेपाल सरकारले रोक लगाउन सक्नेछ। किनभने ती सामाजिक सञ्जाल नेपालमा दर्ता भएका छैनन्। यो ऐन बनेमा निश्चित समय तोकेर सरकारले दर्ता गर्न आह्वान गर्नेछ। त्यो समय नाघेर पनि दर्ता हुन नआए सरकारले रोक लगाउन सक्नेछ। 

के अब मार्क जुकरबर्ग र ज्याक डोर्सी नेपालमा आएर सूचना विभागमा आफ्नो फेसबुक र ट्विटर दर्ता गराउन आउलान् त? वा कसैलाई दर्ता गर्न पठाउलान् त?

यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संसद्‌मा दर्ता गर्न ल्याएको समाचारमा उल्लेख छ। तर हालसम्म यो विधेयकको पूरा अंश कतै उपलब्ध भइसकेको छैन। यो विधेयकको मस्यौदा सूचना प्रविधि विभागको वेबसाइटमा भेटियो। तर त्यसमा यसरी सामाजिक सञ्जालका विषयमा भने केही राखिएको छैन।

पढ्नुस् छलफलका लागि तयार पारिएको मस्यौदा–


Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme