Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ममको कच्चा पदार्थ’ बारे सर्वोच्च अदालतले दियो यस्तो परमादेश

Posted on February 12, 2019February 12, 2019 by Salokya


नागढुंगा हुँदै काठमाडौँ प्रवेश गर्दा तपाईँले धेरै पटक देख्नुभएको होला- नेपालीको प्रिय भोजन ‘ममको कच्चा पदार्थ’ अर्थात् राँगाको ढुवानी हुँदै गर्दाको बिजोग। एउटा ट्रकमा कोच्चिएका हुन्छन् अनेकौँ राँगा। हलचल गर्नसमेत नसक्ने गरी। पूच्छर बाँधिएको, नाक बाँधिएको। यातना देखेर कतिले त मम खान पनि छाडे होलान्। तर अब यसो गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले सोमबार सरकारका नाममा परमादेश दिँदै पशु ढुवानी गर्दा निर्दयी कार्य नगर्ने व्यवस्था गराउन भनेको छ।


ममको कच्चा पदार्थ अर्थात् राँगोमात्र हैन, कुनै पनि पशु ढुवानी गर्दा निर्दयी कार्य नगर्ने व्यवस्था गरी तत्काल पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्थालाई तत्काल लागू गर्न गराउन न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले परमादेश दिएको हो।

आदेशमा के के छ त?

-पशु ढुवानी गर्दा कुनै पनि पशुलाई सहज हुने गरी राख्ने स्थान, वातावरण मैत्री सवारी साधनको व्यवस्था गर्नु,
– ढुवानी गर्दा कुनै पनि पशुलाई नाके डोरीले बाँधी टाउकोमाथि पारि बाँध्ने र पशुको पुच्छर तथा खुट्टामा बाँधी तल बस्न नहुने गरी माथि तन्काई डोरी वा अन्य साधनले बाँध्ने खालको निर्दयी व्यवहार नगर्नू
– पशुको ढुवानी गर्दा पशुलाई शरीरमा कुनै पनि असर नपर्ने गरी स्वच्छ वातावरण तथा प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी एक ठाउँबाट अर्को स्थानमा ढुवानी गर्ने व्यवस्था गर्नु गराउनू।
-मासुजन्य पर्दाथका लागि वा अन्य सन्दर्भमा समेत कुनै पनि पशुको ढुवानी गर्दा कुनै पनि सवारी साधनभित्र हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्यधिक चिसो र तातोबाट बचाई एकापसमा ठोकिएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्ने व्यवस्था तत्काल गर्नू
-पशु ढुवानी हुने सडकमा जाँचको पर्याप्त व्यवस्थासमेत गर्नाका साथै अबदेखि नियमित अनुगमनको कार्य थालनी गर्नू
-मासुजन्य पशु, पशुपन्छी र अन्य पशुको समेत अधिकार संरक्षणका लागि पशु कल्याण कानूनको निर्माण गर्न तत्काल पहल गर्नू

3 thoughts on “‘ममको कच्चा पदार्थ’ बारे सर्वोच्च अदालतले दियो यस्तो परमादेश”

  1. प्रविण के.सी. says:
    February 13, 2019 at 2:19 pm

    सालोक्य जी ‘म:म:को कच्चा पदार्थ’ अर्थात राँगा भन्नु भयो तर राजमार्गमा ढुवानीको क्रममा ट्रकमा यात्रारत महिश अर्था भैंसी प्रजातीका जन्तुहरुको पुच्छर पनि मास्तिर फर्काएर बाँधिएको हुन्छ । पुच्छर मास्तिर फर्काउँदा सबै जन्तु राँगा जस्तो देखिंदैन त । लिङ्ग फरक पर्न गयो कि ?

    Reply
  2. Shankar says:
    February 12, 2019 at 7:34 pm

    ओह माइ गड मो मो को कचा पदार्थ को यो बिजोग यहा मात्र अन्त हुदैनमाने गाडी बाट ओर्लादामै उनीहरुको दुख सकिदैन | तेत्रो भारि भरकम सरिर लाइ चम्चा ले उचाल्नु पर्ने बनाउन अपनाइने बिधिहरु झन् निर्दयी र कठोर हुन्छन |

    Reply
  3. madan bajracharya says:
    February 12, 2019 at 1:37 pm

    ब्यबहारिक होला नहोला मलाई थाह छैन/ कसिले मान्ला नमान्ला त्यो पनि भन्न सक्दिन/ मासु नखा बा खान्दिन त्यो पनि भन्न सक्दिन/ तापनि कुनै मन्दिरमा पशुको बलि नदेवस/ नेपालमा मासु खानको निमित पनि कुनै पशु नकातियोस/ मासु खाने मन छ भने बा मासु खाने पर्ने हो भने मासु आयात गरियोस/ अलि महँगो होला अनि मासुको बिकल्प पनि खोजियेला/ मासुको बिकल्प नभयको त् हुँदै होईन/स्वाद मात्र यक प्रकारको नसा हो, बानि हो/ चाहेमा हामीले यसलाई त्याग्न पनि सक्छौं/ किनभने हामि मानिस हौँ मासुनै खायर बाच्नु पर्ने पशु होईनौ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme