Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीयलाई ‘वर्क पर्मिट’, हेलो सरकारको पत्रले प्रधानमन्त्रीलाई पो टेन्सन

Posted on February 11, 2019 by Salokya

भारतीय कामदारहरुले श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन जानकारी गराउनु पर्ने भनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको लेटरप्याडसहितको पत्रसहितको समाचार केही दिनअघि सार्वजनिक भएको थियो। तर लगत्तै खबर आयो- यो त हैन पो रे। यस्तो विषयमा सरकारले निर्णय नै गरेको छैन पो रे। 

पत्रमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र अनुसार नै भनी लेखिएको छ।

के रहेछ भनी बुझ्दा खासमा त्यो हेलो सरकारमा आएको गुनासोको जवाफमा विभागले काटेको पत्र रहेछ। पत्रमा चलानी नम्बर भनेर जुन नम्बर दिइएको छ, त्यसमा सर्च गरी हेर्दा यस्तो भेटियो-

यही गुनासोलाई हेलो सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठायो। मन्त्रालयले विभागमा पठायो। विभागले यस्तो गर्‍यो।

अनि त भूकम्प आइहाल्यो। भारतीय राजदूतले प्रधानमन्त्री केपी ओली र श्रम मन्त्री गोकर्ण विष्टलाई भेटे। त्यस्तो हैन भनेर भन्नुपरो मन्त्रालयले। अनि पत्र पठाउनेलाई कारबाही गर्ने कुरा पनि आयो।

हुँदाहुँदा यसबारे प्रधानमन्त्रीले समेत हिमाल खबरपत्रिकाको अन्तर्वार्तामा बोल्नुपर्‍यो। उनले भने-

उनले त यसलाई अन्तर्राष्ट्रिय सम्बन्ध धुमिल पार्न उकासिएको पो बताए त। षड्यन्त्र भएको पो देखे त। लौ उकासिएकै हो भने पनि त्यो त उनकै मातहतमा रहेको हेलो सरकारले पो उकासेको रैछ त। उनकै मातहतको मन्त्रालय र विभागको समन्वयको कमि पो रहेछ त, कि कसो? नत्र किन यस्तो पत्र सार्वजनिक गर्नुपर्ने थियो त?

1 thought on “भारतीयलाई ‘वर्क पर्मिट’, हेलो सरकारको पत्रले प्रधानमन्त्रीलाई पो टेन्सन”

  1. madan bajracharya says:
    February 12, 2019 at 12:54 pm

    पेसा रॉजगारिको मामिलामा करोडौं नेपालीहरु भारतीयहरु बात बिस्थापित हुँदै आयको छ/ यस्तो नेपालि नेपालमै बिस्थापित हुने हद सम्म भारतीयहरु हुलिन्दै गयकोले चिन्तित भयकोले देखे होला सपना नेपालमा भारतीय कामदारलाई वोर्कपर्मित चाहिने बनायो भनेर/ तर जस्तो “नखाय घिचाउने” किसिमको भारतको नुन खायकोले भारतको अगाडी झोक्राउने बाहेक अरु केहि गर्ने नसक्ने नेता ब्यबस्था र सरकार हामीले पायका छौं; तिनीहरु बात “हाम्रो नेपाल भन्ने भारतीयको हुलमा बिलाउने अबस्थामै पुग्ने अबस्था आय पनि नेपालमा भारतीयले वर्क परमिट चाहिने कानुन बनेको कुरा हामीले मात्र कल्पना गर्न सक्छौं/

    भारतको जनसंख्या नेपालको जनसंख्या भन्दा ५० गुणा ठुलो छ/ समस्तिमा हेर्दा नेपालको भन्दा भारतको आर्थिक अबस्था राम्रो छ/ तर भारतमा आर्थिक छ्यमता र सम्पन्नताको वितरण यस्तो भयावह तरिकाले असमान छ कि भारतको भिखारी को संख्या पनि नेपालको जनसंख्या भन्दा बढिने होला/ फेरी दुर्भाग्यवस भनु बा हाम्रैकाको कमजोरीले भनु आधुनिक प्रविधिको सवालमा नेपालको योग्य नागरिक भन्दा भारतमा रोजगारीको निमित अयोग्य भयकाको योग्यता पनि अलि होईन धेरैनै बढिनै होला/

    फेरी नेपालको सार्वोभौमको सवालमै भारतको नियतनै नराम्रो भयको कुरा पटक पटक प्रमाणित हुँदा हुँदै पनि भारत सितको सिमाना खुला राखिनु र भारतीयलाई नेपालमा नेपालीले मात्रै पाउने अधिकार तक्राउनु को औचित्य भारतको नेता नेपालको कुनै नेताको मित्र ज्वाई ससुरो ममा काका हुँदैमा कसैलाई मान्य हुने कुरै होईन/ तर हामि सिट यस्ता को बिकल्प नै नहुने भुमरीमा फसेको छौं र त्यो भुमरीमा हामीलाई फसाउने तेही हो जसले सन१९५०को सन्धि गरे गराय/ नेपालमा गंगालालहरुले राना तन्त्र हटाउन जिउ ज्यान दियको पक्कै पनि सन१९५०को सन्धि गर्नेको कथित प्रजातन्त्रको लागि त् हुँदै होईन/ तर दुर्भाग्यवस कुरो तेस्तै भयो त् आज नेपालमा भारतीयको लागि रोजगार नेपालीको निमित बेरोजगार भयो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme