Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : भारतको पोस्टमा नेपालको २ गोलदेखि पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रम ओली

Posted on February 11, 2019February 11, 2019 by राजेन्द्र मगर

आज माघ २८ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औ स्थापना दिवस। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत अख्तियारको स्थापना दिवस मनाउन पुगेका छन।

अब भ्रष्टाचार लुकाउन सम्भव छैन : प्रधानमन्त्री भन्दै अनलाइनखबरले समाचार लेखेको छ।

कार्यक्रममा बोल्दै ओलीले विदेश जाँदा नेपाल भ्रष्टाचार र सदाचारको सूचीमा कुन स्थानमा छ भन्ने मुल्यांकन हुने बताए। देशवासीको आत्मस्वाभिमानमा भ्रष्टाचारले चोट पर्ने उनको कथन थियो। उनले भने, ‘कहिँ जाँदा भ्रष्टाचारको आँकडामा नेपाल कहाँ छ, सदाचारमा कहाँ छ भनेर मुल्यांकन गरिन्छ।अब नेपाल गरीब भनेर पनि बसिरहन सक्दैन, यो ह्युमिलियसनका कुरा हो।’

सोही कार्यक्रममा बोल्दै राष्ट्रपति विद्या देवी भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको छ भनेकी थिइन।

उनले भनेकी थिइन्,  ‘विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत् र तहसनहस बनाउँदै जान्छ।’

भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको छ : भण्डारी भन्दै अनलाइनखबरले लेखेको छ।

सुचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटा निरन्तर मिडियामा छाइरहेका छन्। कहिले पत्रकारहरु लेक्चर त कहिले सुचना विभागमा गएर पत्रकारहरुको पारिश्रमिकको लिस्ट, जाँच उनी मिडियाको लागि समाचार बनिरहेका छन्। मन्त्रीपरिषदको निर्णय सुनाउने बेलाको अभिव्यक्तीले पनि उनलाई बिवादमा तानिरहेको छ।

अहिले बास्कोटाले रुपन्देही पुगेर मिडियाहरुलाई लक्षित गर्दै भनेका छन्,’नकारात्मकताको यति ठूलो पहाड सिर्जना नगरौं, जहाँ आफैं पर्न सकिन्छ।’

सरकारले गरेका राम्रा कामहरू मिडियाले नदेखाएको उनको गुनासो थियो।

मिडियालाई लक्षित गर्दै मन्त्री बाँस्कोटाले भने : नकारात्मकताको यति ठूलो पहाड सिर्जना नगरौं, जहाँ आफैं पर्न सकिन्छ भन्दै सेतोपाटीले लेखेको छ।

आज फेब्रअरी १३ अर्था अन्तराष्ट्रिय कण्डम दिवस। आज विश्वर यो दिवस मनाइएकव छ। नेपालमा पनि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज यो दिवस मनायो। उसले पत्रकार सम्मेलन गर्दै भन्यो,  ‘यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्छन्।’

नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमित छन।तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ। नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन्।

नेपालमा कण्डमको प्रयोग न्यून, ८ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने भन्दै रातोपाटीले लेखेको छ।

सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गर्न लागेको छ।

बेरोजगार युवालाई सकेसम्म रोजागरीको अवसर प्रदान गर्ने र नसकेको अवस्थमा निर्वाह भत्ताको व्यवस्गा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो। यो कार्यक्रमका लागि सरकारले ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सरकारले यसको मापदण्ड समेत बनाइसकेको छ।

बेरोजगार युवालाई जागिर, नभए निर्वाह भत्ता, कति र कसरी? भन्दै नेपाललाइभले लेखेको छ।

सरकारले कस्तो काम दिँदैछ, कसले पाउँछन् निर्वाह भत्ता ? भन्दै देशसञ्चारले लेखेको छ।

कृषी,सहकारी, वन, उर्जा लगायतको क्षेत्रमा सरकारले रोजगारी र सिप दिने तयारी गरेको हो।

नेपालले हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतबिरुद्ध २–१ को रोमान्चक जित निकालेको छ । पाचौं महिला साफ च्याम्पियनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागी  नेपाल पहिलो खेलमा म्यानमारसँग ३–० को गोलअन्तरले पराजित भएको थियो । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन्।

सावित्रा भण्डारीले  नै नेपालको लागि २ गोल गरेकी थिइन्।

भारतबिरुद्ध नेपालको ऐतिहासिक जित भन्दै बाह्रखरीले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा स्थापना गर्न लागिएको पानी जहाज कार्यालयको फागुन २ गते उद्घाटन गर्न लागेका छन्। पानीजहाज कार्यालय खोल्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने मन्त्रिपरिषदको बैठकले पुष ३० गते निर्णय गरेको थियो।

ओलीले उद्घाटन गर्दैछन् पानीजहाज कार्यालय, तर हाकिम अझै तय भएनन् भन्दै नेपालखबरले लेखेको छ।

राष्ट्रिय परिचयपत्र विधेयकको छलफलमा जमिम शाहको चर्चा: ‘सूचना चुहिँदा हत्या!’ भन्दै पहिलोपोस्टले लेखेको छ।

आज भएको छलफलमा सञ्चार उद्यमी जमिम शाहको हत्याको चर्चासमेत चल्यो।

शाहको सूचना चुहिँदा हत्या भएको सांसद विजय सुब्बाले बताए। राष्ट्रिय परिचय पत्र सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेको बताउँदै उनले भने, ‘अहिले हस्त लिखित नागरिकतामा तीनपुस्ते हुँदा त सूचना अर्को मुलुकमा पुगेको छ। मैले भनिरहेको छु यहाँ सबभन्दा बढी समस्या मुस्लिम नेताहरुलाई छ। सूचना चुहिँदा उनीहरु मारिन्छन्।  म त्यतिबेला लेखा समितिमा दिए। जमिम शाह जस्ता ठूलो लोग्ने मानिस रोएको हेरेको थिएन। मेरो ज्यानलाई खतरा छ भनेर उनी रोएका थिए। र, उनको हत्या भएको थियो।’

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्‍यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्। महराले सोमबार सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएको खबर अधिकाशं मिडियाहरुले लेखेका छन।

3 thoughts on “आजको खबर : भारतको पोस्टमा नेपालको २ गोलदेखि पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रम ओली”

  1. madan bajracharya says:
    February 12, 2019 at 1:46 pm

    पनि जहाज छाड्ने सपना सकार बनाउन हाम्रो सप्त कोशी नदि समुह को बलि भारतलाई नचधाईयोस/ नेपालमा पानि जहाज चलाउने सपना भित्र निपालाको सप्त कोशी नदिको पानि नेपालकै भूमिमा बिस्वकै अग्लो २६८ मित्र बाँध बनायर तेस्को पानि यकिकृत गरेर भारत लाग्ने षडयन्त्र लुकेको छ/ कांग्रेसले यो सन्धि सदन छलेर गुपचुप गरिने सकेको छ/ भारतले यो बाँध बनाउने कार्यालयहरु पनि नेपालमा गुपचुप् सिट खोलेर यो बाध्न बनाउने कामको योजना गर्दै आयकोछ/ यसको निमित भारतको केन्द्रिय सरकारले अलग्ग बजेट पनि निकाशा गर्दै आयको छ/ तापनि जसले यो सन्धि गरेको हो त्यो दलले नागरिक सदनमा जानकारी दिने काम समेत गरेकोछैन/

    Reply
  2. Tara Lafa says:
    February 12, 2019 at 6:18 am

    karki ded krod dharauti ma vrastchar muddama xute jastai waid badi kanda wal haru janabadi ganatantra bina ko yo lok khok tantra vaysamma janta lai kag lai bel

    Reply
  3. Kishor says:
    February 11, 2019 at 11:07 pm

    अनि सुकिम्बसी ओलीको भैंसेपाटीको त्यो घर कसरि बनेछ ? प्रचण्ड, सेरबहादुर हरुको ताल तेस्तै अनि हामी अबुज.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme