Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : अब अमेरिका जालान् त प्रचण्डदेखि पार्टी एकताविरुद्ध ईश्वर पोखरेलको अभिव्यक्ती किन ?

Posted on February 10, 2019February 11, 2019 by राजेन्द्र मगर

आज माघ २७ गते आइतबार मिडियाहरु नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को अभिव्यक्तीमा केन्द्रित भएका छन। प्रचण्ड र प्रम ओलीको समबन्धको उतार चढाव र उनीहरुले पछिल्लो समय दिएको अभिव्यक्ती विश्लेषण गर्न व्यस्त छन्, मिडियाहरु। कसैको विश्लेषणले पार्टी फुट्ने संकेत गरेको  छ भने कसैले दुई नेताले मन माझेको विश्लेषण गरेका छन। राजनीतिक वृतमा प्रचण्डको अभिव्यक्तीले तरंग ल्याएको छ यतिबेला।

प्रचण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट ! प्रचण्ड अमेरिका जालान् ? भन्दै अनलाइनखबरले  समाचार लेखेको छ।

शनिबार अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रचण्डलाई निवासमै गएर भेट गरेको अनलाइनखबरले लेखेको छ।

भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गरेर वक्तव्य निकालेपछि प्रचण्डको आलोचना भएको थियो। प्रण्डको वक्तव्यपछि नै नेकपामा प्रचण्ड र प्रम ओलीबीच बिवाद सुरु भएको थियो। प्रचण्ड श्रीमती सीताको उपचारको लागि अमेरिका जाने तयारी गर्दा गर्दै भेनेजुयला वक्तव्यकै कारण अमेरिकाले भिसा रोकेको बताइएको थियो। तर राजदुतसंगको भेटपछि समबन्ध सुध्रिएको बताइएको छ।

राजदूत बेरीसँग भेट गरेपछि अब अमेरिका जालान् त प्रचण्ड ?

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रचण्डलाई अमेरिकी भ्रमणको निम्तो आएको बताएका छन।

पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो दिइसकेको खुलासा गरे। उनले भने,‘सबै कुरा मिलिसक्यो। सहमति भैसक्यो। अब यसलाई अनावश्यक रूपमा उचाल्नु हुँदैन।’

प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आइसक्यो: पौडेल भन्दै सेतोपाटीले लेखेको छ।

प्रचण्ड र प्रम ओलीको दोहोरी चलिरहेको बेला सचिवालय सदस्य ईश्वर पोखरेल भने आक्रामक अभिव्यक्ति दिएर हिडिरहेका छन।

केही दिनअघि प्रचण्डले भनेका थिए, ‘विस्तारै–विस्तारै माओवादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दूर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन् ठुलो लडाईं हुने खतरा आउँछ ।’ प्रचण्डले दिउँसो दिएको यो अभिव्यक्ति पछि राती फेसबुकमा परिस्थिति र पार्टी एकताको सन्दर्भमा भन्दै लामो स्टाटस् लेख्दै नेता पोखरेलले प्रचण्ड प्रति कटाक्ष गरे । उनले सरकारको बचाउ गर्दै फेसबुकमा लेखेको लामो स्टाटसको सार थियो, ‘धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरी छ ।’

ईश्वर पोखरेलले किन पार्टी एकताविपरित अभिव्यक्ति दिइरहेका छन् ? भन्दै रातोपाटीले लेखेको छ।

पोखरेलका यस्ता अभिव्यक्तीका सुचीहरु एकदम लामो छ।  उनले किन यस्तै अभिव्यक्ती दिइरहेका छन त ? विभिन्न नेताहरुको भनाइलाई राख्दै  रातोपाटीले विश्लेषण गरेको छ—  पद,शक्ती र थ्रेट।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको सीमासम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका छन। आईतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले  सरकारले सीमा सुरक्षाका लागि सशष्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको बताए।

भारतसँगको सीमा विवाद तीन वर्षमा टुंग्‍याउँछौ-परराष्ट्रमन्त्री ज्ञवाली भन्दै देशसञ्चारले लेखेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताए। एनसेलको खरीद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा सर्बोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने जानकारी दिए।आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिवद्धता पनि जनाए।

एनसेलसँगको लाभकर महिना दिनभित्र उठाउन अर्थमन्त्रीलाई निर्देशन, पूर्णपाठ पछि रकम यकिन भन्दै बिजमाण्डुले लेखेको छ।

विश्वकै पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेपछि नेपालको नेत्रहीन क्रिकेट अहिले चर्चामा छ। नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई उसैको मैदानमा हराउँदै सिरिज क्लिन स्विप गरेपछि नेत्रहिन क्रिकेटको बारेमा चासो बढेको छ।

उनीहरु कसरी खेल्छन त किक्रेट ?

नेत्रहीनहरुले खेल्ने बल बलभित्र बज्ने वस्तु राखिएको हुन्छ। जसले बलिङ गर्दा आवाज आउँछ र खेलाडीहरुले त्यसैबाट बल कता जाँदैछ थाहा पाउँछन्।

नेत्रहीन क्रिकेटमा तीन क्याटेगोरीका खेलाडी हुन्छन, बी वान, बी टू र बी थ्री। जसमध्ये प्लेइङ-११ मा बी वानबाट ४, बी टु बाट ३ र बी थ्री बाट ४ खेलाडी हुन्छन्। यस्तै प्रत्येक क्याटेगोरीका एक-एक एक्स्ट्रा खेलाडी हुन्छन्।

बलिङ गर्दा बलिङ गर्ने खेलाडीले विपक्षी टिमको ब्याट्सवुमन र विकेटकिपरलाई सोधेर मात्र बलिङ गर्नुपर्छ। बलिङ गर्दा विपक्षी ब्याट्सम्यानलाई रेडी भनेर सोध्नुपर्छ र ‘यस’ भनेपछि मात्र बल फाल्नुपर्छ।

बलको आवाज सुनेर ब्याटिङ र फिल्डिङ गर्छन।

‘ब्लाइन्ड क्रिकेट’मा अट्ठा प्रहारदेखि रनआउटसम्म: कसरी खेल्छन् त? भन्दै पहिलोपोस्टले लेखेको छ।

1 thought on “आजको समाचार : अब अमेरिका जालान् त प्रचण्डदेखि पार्टी एकताविरुद्ध ईश्वर पोखरेलको अभिव्यक्ती किन ?”

  1. bikash says:
    February 11, 2019 at 7:18 am

    त्यो मोरो अमेरिका आय त तेस्लाई योधपरध को मुद्धा हाल्ने कोइ माइका लाल जन्मेको छैन कि क हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme