Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरस्वतीका विभिन्न रुप : जापान, चीनदेखि म्यान्मार र थाइल्यान्डसम्म

Posted on February 10, 2019 by Salokya


आज श्रीपञ्चमि। सरस्वती पूजा। विद्याकी देवी सरस्वती भन्ने बित्तिकै हाम्रो दिमागमा एउटा चित्र आउँछ। सरस्वतीका विभिन्न रुप अरु देशहरुमा पनि पाइन्छ। आउनुस् अरु देशका सरस्वतीका रुपलाई एक पटक हेरौँ।


हामीले देख्दै आएको भारत र नेपालमा प्रचलित सरस्वती।


थाइ भाषामा สุรัสวดี । अर्थात् Pra Surasawadee । थाइल्यान्डमा पनि ज्ञानकै देवीका रुपमा लिइन्छ।


वर्मा अर्थात् म्यान्मामा सरस्वतीलाई थुराथाडी वा थाएथाडी भन्ने गरिन्छ। त्यहाँका विद्यार्थीहरु परीक्षा अगाडि यी देवीको पूजा गरी आशीर्वाद पाउन खोज्छन्। यहाँको बौद्ध ग्रन्थका रक्षकका रुपमा पनि यिनलाई लिइन्छ।


याङ्गुनको बौद्ध मन्दिरमा थुराथाडीको मूर्ति।


जापानी भाषामा 弁財天 । बेन्जाइटेन वा छोटकरीमा बेनटेन भनिन्छ। हातमा बिवा नामको परम्परागत जापानी बाजा बोकेकी यी देवीको मूर्ति जापानका धेरै ठाउँमा छ। सरस्वतीको यो इमेज भने भारतबाट चीन हुँदै जापान गएको मानिन्छ।


इन्डोनेसियाको बालीमा पनि धूमधामका साथ सरस्वती दिवस मनाइन्छ। ६ दिनसम्म विभिन्न कार्यक्रम हुन्छ।

2 thoughts on “सरस्वतीका विभिन्न रुप : जापान, चीनदेखि म्यान्मार र थाइल्यान्डसम्म”

  1. madan bajracharya says:
    February 10, 2019 at 9:04 pm

    ज्ञानको देवीको रुपमा हिन्दु धर्ममा सरस्वतिलाई पुजिन्छ/ बौद्ध धर्ममा मन्जुश्रीलाई मानिन्छ/ हुनत बौद्ध धर्मको जननी गौतम जन्मले हिन्दुनै थिय तर उ हिन्दु बिचार र संस्कार त्यागेर आफुलाई हिन्दु भनेर चिन्हाउने टुप्पी काटेर (बुद्धिस्ट परिवारमा जन्मेको बालकको संस्कार गर्दा आज पनि टुप्पी काटेर फालिन्छ) संसारमा मानव सेवा केन्द्रित हुने ब्यबहारिक् सिद्धान्त को खोजीमा लागेको व्यक्ति हो/ बौद्ध धर्म र हिन्दु धर्म नितान्त फरक भयकोले हिन्दु धर्म अनुसार मानिने सरस्वती देवी र बौद्ध बिचार अनुसार मानिने मन्जुश्री फरक छन्/ स्वयम्भु लगायत बौद्ध बिहारहरुमा कसै कसैले सस्वती देवी मानिने मुर्ति सरस्वतिको होईन मन्जुश्रीको हो/

    बौद्ध बिचार अर्थात् गौतमको शिद्धान्त शिच्छ्या र उपदेश कुनै पुराण कुरान बाईबल जस्तो अपरिबर्तानिय र चुपचाप बिना प्रश्न मान्नु पर्दैन; समय र परिस्थिति अनुकुल बहुजनको हित हुने कार्य गर्नुनै बौद्ध बिचार अनुसार धर्म गर्नु हो/ अहिले कोहि कोहिले बुद्ध पनि हिन्दु भगवान बिस्नुकै अवतार हो भनेर बौद्ध धर्म पनि हिन्दु धर्म नै भयको जस्तो बिचार राख्छन/ यो कुरा सहि भयको भय आदि शंकराचार्यले गौतम जन्मेको नेपाल भित्रै आयर यहा भयको बौध बिहार र बुद्धिस्ट मास्ने कुकार्य गर्दैनथ्यो/ आफुलाई बिस्नुकै अवतार बा अंश मान्ने शासकहरुले बुद्ध जन्मेको देसमा बौद्ध धर्म माथि……गर्दैनथ्यो/

    Reply
  2. प्रविण खत्री says:
    February 10, 2019 at 3:45 pm

    थाईल्याण्ड वाली सरस्वती माता चाँही अलि बढी उत्ताउली रहिछन् क्यारे । राजहंश छाडेर मयुरको सवारी गर्न थालिछन् अनि फेरी माथि पट्टिको लुगा हेर कुरी कुरी …….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme