Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेस्टुरेन्टहरुमा सर्भिस चार्ज हट्यो? के खाएर हट्नु !

Posted on February 9, 2019 by Salokya


रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल(रेवान)ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क खारेज गर्ने घोषणा गरेको १० दिन भइसकेको छ। १० प्रतिशत सेवा शुल्कले रेष्टुरेन्टको बजार विस्तारमै बाधा पुगेको भन्दै खारेजीको निर्णय गरेको भनिएको थियो। म त अब सबै रेस्टुरेन्टहरुले सर्भिस चार्ज हटाए होलान् भन्ठानिरहेको। तर आज दरबारमार्गको एउटा रेस्टुरेन्टमा जाँदा पो थाहा भयो, के खाएर हट्नु कायमै रहेछ।

१० प्रतिशत सेवा शुल्क र त्योसहित जोडेर १३ प्रतिशत भ्याट जोड्दा २३ प्रतिशत त कर नै तिर्नुपर्छ रेस्टुराँमा खाँदा ग्राहकले। कानुनले १३ प्रतिशत भ्याट पछि जोड्न पाइँदैन रेस्टुराँको मूल्यसूचीमै १३ प्रतिशत भ्याट जोडेरै मूल्य राख्नुपर्छ भने पनि अनुगमन गतिलो नभएकोले अझै पनि मेन्युमा एक थरि मूल्य र बिल आउँदा अर्को थरि मूल्य हुने गरेको छ।

काठमाडौँ, पोखरा र सौराहाका रेस्टुरेन्टहरुले सर्भिस चार्ज हटाउने निर्णय गर्दा ‘क्रमिक रुपमा लागू हुने गरी’ भनिएको रहेछ।

यही रहेछ गजबको कुरा। किन हटेन भनेर सोध्न पनि नपाई। क्रमैसँग हटाउने पो भनेको, हटाउन बाँकी नै छ नि भन्दिए भइगो। कि कसो?

3 thoughts on “रेस्टुरेन्टहरुमा सर्भिस चार्ज हट्यो? के खाएर हट्नु !”

  1. Pk says:
    February 10, 2019 at 10:25 pm

    आज मैले पनि पोखरा मा त्यस्तै कुरा अनुभब गर्नु पर्यो. रेअतौरांत मालिक लाई किन सर्विस तक्ष जोडेको भनेर सोध्दा, “रेबान बाट अहिले सम्म लेत्टर आको छैन ल” भन्यो .

    Reply
  2. प्रविण खत्री says:
    February 10, 2019 at 3:48 pm

    बालै भएन । आफुले खाने रेष्टुरेण्टमा त मेनु पनि छैन बिल पनि दिँदैन अनि सेवा शुल्क भ्याट केहि पनि लाग्दैन । साहुनी १ प्लेट म:म:, १ प्लेट सेकुवा, १ प्लेट छोईला अनि अलि कडा खालको ऐला भनेपछि सबै कुरो मिल्छ ।

    Reply
  3. kundan says:
    February 10, 2019 at 11:19 am

    10 % service hoina VAT chahi kharej garnoo parcha.

    .food should be subsidised not inflated..communist are supposed to subsidies basic utilitize instead of cutting poor workers extra income…

    samsad ra mantri chahi kaam nagaree bhatta badauney anee dukha garee kaam garney ko chahi katautee?..wah wah sarkar

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme