Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : के चाहन्छन् प्रचण्डदेखि २ वर्षदेखि रोकिएको तलब पाउने भए क्रिकेट खेलाडीले

Posted on February 9, 2019February 9, 2019 by राजेन्द्र मगर

आज माघ २६ गते शनिवार अधिकाशं मिडिया प्रचण्डले पछिल्लो समय दिएका अभिव्यक्तिमा व्याख्या विश्लेषण गर्न केन्द्रित छन। प्रचण्डको अभिव्यक्ती आउनुको कारण र परिणामबारे मिडियामा बहश सुरु भएको छ।  प्रचण्डको अभिव्यक्तिले राजनीतीक वृतमा तरंग उत्पन्न भएको छ।

गत बिहिवार मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले  व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन भन्ने अभिव्यक्ती दिएका थिए।

हिजो मात्र प्रचण्डले भनेका थिए, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ।’

उनको अभिव्यक्तीपछि प्रश्न उठेको छ, ‘आखिर के चाहन्छन् त प्रचण्ड ?’

प्रचण्डको सन्देशः नेकपामा अर्को अध्यक्ष पनि छ ! भन्दै अनलाइन खबरले लेखेको छ।

द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन सरकारको अपेक्षाकृत काम गरेको छैन। सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविनसम्बन्धी आयोगको म्याद त थपिएको छ तर, ऐन संशोधन अझै टुंगो लागेको छैन ।

सरकारले ऐन संशोधनमा अलमल गरिरहँदा आममाफी दिन खोजिएको भन्दै विरोध समेत भयो। राष्ट्रसंघ र युरोपेली युनियनसहित ७ देशले संयुक्त वक्तव्य जारी गर्दै दबाव दिए।

यही कारण प्रचण्ड असन्तुष्ट छन। सरकारले यो मुद्दामा चासो दिएर काम गरोस् भन्ने उनको चाहना छ। तर सरकारले उनलाई त्यो विस्वास दिलाउन सकेको छैन। यसले उनले जतिसक्दो चाडो सकाउन चाहेको मुद्दा लम्बिएको छ। ‘अर्को माओवादी जन्मिन्छ’ भन्ने उनको अभिव्यक्तिले सरकारलाई दबावसँगै अन्तराष्ट्रिय समुदायलाई पनि जवाफ हो।

प्रचण्डको चाहना द्वन्दकालिन मुद्दामा विदेशीले नखेलुन भन्ने हो। त्यसैले उनले यस्तै अभिव्यक्ती दिइरहेका छन।

सरकार विरुद् अभिव्यक्ती आएपछि कांग्रेस नेता गगन कुमार थापाले पनि मुख खोलेका  छन।थापाले प्रधानमन्त्री केपी ओली लोभी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कायर भएको आरोप लगाएका छन्। पार्टी एकता सिद्धान्तको जगले मिलन नभएको उनको आरोप छ।

‘घ्यु बेचुवा र तरबार बेचुवाबीचको रातारात मिलन नै नेकपा हो’ थापाले भनेका छन।

ओली लोभी, प्रचण्ड कायर: गगन थापा भन्दै सेतोपाटीले लेखेको छ।

असमझदारी बढेको स्पष्ट रुपमै देखिएपछि प्रचण्ड रओलीले भेट गरेका छन। आज उनीहरुबीच बालुवाटारमा करिब डेढ घण्टा छलफल भयो।

तीक्तता बढ्दै गएपछि ओली–दाहालबीच डेढ घन्टासम्म मन माझ्ने प्रयास भन्दै देशसञ्चारले लेखेको छ।

१०औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जन सम्मानित भएका छन। थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए। विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन्।

महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच नगद १ लाख १ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

बडिबिल्डर महेश्वर सम्मानित भन्दै पहिलोपोस्टले लेखेको छ।

हिरो वुमेन्स गोल्डकपको पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ। भारतको उडिसास्थित कालिंगा रंगशालामा भएको खेलमा नेपाल म्यानमारविरुद्ध ३–० ले पराजित भएको हो।

नेपाल म्यानमारसँग ३ –० ले पराजित भन्दै बाह्रखरीले लेखेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ(इसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको छ।

तलव वितरणका लागि आइसीसीले प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीका खेलाडीले मासिक ३५ हजारका दरले एकमुष्ठ आठ लाख ४० हजार पाउनेछन् । बी श्रेणीका खेलाडीले मासिक २५ हजारका दरले ६ लाख र सी श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले तीन लाख ६० हजार रुपैयाँ पाउनेछन् ।

आईसीसीले पठायो क्रिकेट खेलाडीको तलव, यस्तो छ खेलाडीको बर्गीकरण भन्दै रातोपाटीले लेखेको छ।

सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा दर्ता गरेको छ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई जरिवाना लगाउने प्रावधानसहित नेपालमा पहिलोपटक यस्तो ऐन संसद्मा दर्ता भएको हो।खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ।

जमीन बाँझो राखे तीन लाखसम्म जरिवाना भन्दै खबरहबले लेखेको छ।

निर्माधिन अवस्थामा रहेको वीरग‌ंज ठोरी हुलाकी राजमार्ग अन्तर्गत बिन्दबासिनी गाउँपालिका १ को जग्गाधनिहरुले आफनो जग्गाको मुआब्जा नै नतिरी जबर्जस्ती सडक निर्माण गर्न लागिएको आरोप लगाएको देशसञ्चारले लेखेको छ।

न्यूनतम पारिश्रमिक लागू भए/नभएको बारे पत्रकार महासंघले अनुगमन गर्ने भन्दै नेपाललाइभले लेखेको छ।

1 thought on “आजको खबर : के चाहन्छन् प्रचण्डदेखि २ वर्षदेखि रोकिएको तलब पाउने भए क्रिकेट खेलाडीले”

  1. Pingback: आजको समाचार : अब अमेरिका जालान् त प्रचण्डदेखि पार्टी एकताविरुद्ध इश्वर पोखरेलको अभिव्यक्ती किन ? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme