आज माघ २५ गते शुक्रवार अर्को माओवादी जन्मन सक्छः प्रचण्ड भन्दै अनलाइनखबरले समाचार लेखेको छ। प्रचण्डको यो अभिव्यक्ती आज अधिकाशं अनलाइन मिडियाको मेन न्यूज बनेको छ। सोसल मिडियामा भाइरल भएको छ।
हिजो मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले भनेका थिए, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै विरोधमा वक्तव्य जारी गरिसकेकाले अब कुन व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटबाट विज्ञप्ति आयो। व्याक्तीको कुराको पछि नलागौ।’
भेनेजुयला प्रकरणबारे प्रचण्ड र ओलीको दोहोरी हिजो अधिकाशं अनलाइन मिडियाको मेन न्यूज थियो।
आज फेरि सार्वजानिक कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाए। शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको आरोप लगाए। कसैको नाम नलिइकन प्रचण्डले माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनीसमेत दिए।
‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ’ उनको अभिव्यक्ती थियो। उनले कार्यक्रमभरि नै सरकारको आलोचना गर्दै भनेका थिए, ‘ ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ? ।’
केही दिनयता प्रचण्डको अभिव्यक्ती फेरिँदै गएको छ। के कारणले प्रचण्ड प्रम ओली र सरकारविरुद्ध बोलिरहेका छन त ?
विश्लेषकको टिप्पणी– प्रचण्डलाई शक्ति चाहिएको छ ! भन्दै खबरहबले लेखेको छ।
झलक सुवेदी, मुमाराम खनाल र हरिबोल गजुरेलले प्रचण्डलाई शक्ति चाहिएको स्पष्ट रुपमा उल्लेख गरेका छन।
मुमाराम खनालले भनेका छन्,’पार्टीभित्र सही भूमिका नपाएका कारण प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । आफूले प्रधानमन्त्री पद पाउने पनि टुंगो नभएपछि उनमा असन्तुष्टि झन् बढेको देखिन्छ।’
वाम विश्लेषक झलक सुवेदीले पनि खनालको कुरामा सहमती जनाउँदै भनेका छन्, ‘एमाले पक्षलाई दवावमा राख्न प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ ।केपी ओलीले पार्टी र सरकार सञ्चालनमा प्रचण्डसँग सरसल्लाह कम गरेकाले दवाव र असन्तुष्टिका रुपमा यस्तो अभिव्यक्ति आएको हुनुपर्छ।’
उधारोमा टिकट बेच्दा नेपाल वायुसेवा निगमले २५ करोड रुपैयाँभन्दा बढी घाटा सहनु परेको छ।
सार्वजनिक लेखा समितिमा निगमले शुक्रबार पठाएको कामकारबाहीको विवरणमा टिकट बेचेवापत् उठाउन बाँकी बक्यौता रकम २५ करोड ६७ लाख रुपैयाँ रहेको उल्लेख छ।
निगमले केही वर्षयता आर्थिक संकट भोग्दै आएको छ।
उधारोमा टिकट बेच्दा वायुसेवा निगमलाई २५ करोड घाटा, परराष्ट्रबाट मात्रै झण्डै ५ करोड उठाउन बाँकी भन्दै पहिलोपोस्टले लेखेको छ।
पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अधिकारीलाई ह्याम्स अस्पताल भर्ना गरिएको छ। स्वासप्रस्वासमा समस्या देखिएर अस्पताल लगिएको उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ।फोक्सोमा कफ जमेको र श्वासप्रस्वासमा समस्या देखिएको उनलाई अस्पताल भर्ना गरिएको हो।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पतालको आइसियूमा : के भएको हो उनलाई? भन्दै पहिलोपोस्टले लेखेको छ।
सरकारले ग्याँसको कारोबारलाई मर्यादित र व्यवस्थित गर्नका लागि ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणा ल्याउने भएको छ। छिट्टै नै यो अवधारणा लागु गर्ने सरकारको निती रहेको छ।
अब ग्यास बिक्री गर्न के के मापदण्ड चाहिन्छ त ?
ग्याँसको छुट्टै पसल हुनुपर्छ।
ग्याँस बेच्ने व्यापारी ग्याँस प्रयोगको सम्बन्धमा तालिम प्राप्त हुनेपर्ने छ।
ग्याँस पसल सञ्चालनका लागि आवश्यक दर्ता प्रक्रिया पुरा गरी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बिक्रेता प्रमाणीकरणको प्रमाणपत्र हुनुपर्ने छ।
ग्याँस विक्रेता प्रमाणीकरणको अवधारणा भित्र ग्याँसको छुट्टै पसल हुनुपर्नेछ।
सम्बन्धित कम्पनीले बिक्रीको अनुमति दिएको हुनुपर्नेछ।
ग्याँसको प्रयोग सम्बन्धमा तालिम प्राप्त बिक्रेता हुनुपर्नेछ।
ग्याँस पसलमा अग्नी नियन्त्रण गर्ने यन्त्र हुनुपर्नेछ।
मूल्य सूची हुनुपर्नेछ।
तराजु हुनुपर्नेछ।
सरकारले ल्यायो छुट्टै ग्याँस पसल हुनुपर्ने मापदण्ड पसलमा अग्नी नियन्त्रण गर्ने यन्त्र अनिवार्य भन्दै सेतोपाटीले लेखेको छ।
सरकारले निर्णय नसच्याए सिंहदबार घेर्ने वायुदेवता गुठी पीडितहरुको चेतावनी भन्दै रातोपाटीले लेखेको छ।
सनातन कालदेखि जग्गाधनी प्रमाण पुर्जा पाएकोमा अहिले आएर गणतान्त्रिक सरकारले मोही कायम गरेकोमा श्री ५ को वायुदेवता गुठी संघर्ष समितिले कडा आपत्ति जनाएको छ। जग्गाधनी पुर्जा पाएकोमा अहिले आएर मोही कायम गरिनु सरासर अन्याय भएको भन्दै समितीले पत्रकार सम्मेलन गरेको छ।
पत्रकार सम्लनमा नेपाली कांग्रेस, नेकपा र राप्रपा नेपालका नेताहरु समेत सहभागी थिए। उनीहरुले पनि सरकारलाघ निर्णय सच्याउन आग्रह गरेका थिए।
समितिले सरकारलाई उक्त गलत निर्णयबाट तत्काल ब्याक हुन पनि आग्रह गरेको छ।
कास्कीमा सरकारी गाडी जलाउने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरु साधारण तारेखमा रिहा भएका छन्। उनीहरु गत शनिवार पक्राउ परेका थिए।
नेताहरु रिहाइ भएपछि नेवीसंघका महामन्त्री कुन्दनराज काफ्लेले कांग्रेस नेता गगन थापाको डाइलग कपी गरेका छन। थापाले गत साता संसदमा बोल्दै ‘कांग्रेसलाई जस्ले जिस्काउँछ त्यो सिद्दिन्छ’ भनेका थिए। त्यतिबेला सरकारले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो। आज काफ्लेले गगनपथ पछ्याउँदै फेसबुक स्टाटस लेखेका छन्, ‘ज्यानमारा, बलात्कारी, अर्बौ रुपैयाँको भ्रष्टाचार गर्नेलाई समात्न नसक्ने यो सरकारलाई नेविसंघ पुनः नजिस्क्याउन आग्रह गर्दछ।’
सरकारी गाडी जलाउने नेविसंघ नेताहरु साधारण तारेखमा रिहा भन्दै बाह्रखरीले लेखेको छ।
राष्ट्रपति विद्यादेवी भणडारीले तीन राजदुतलाई सपथ गराइन भन्दै नेपाललाइभले लेखेको छ।
उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्व संस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
त्यस्तै ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ४५ देशको प्रस्ताव’ भन्दै नेपालखबरले लेखेको छ।
नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन्। संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरेको थिइन।
भेनेजुएला प्रकरणबारे संसदमा जवाफ दिन कांग्रेसको माग भन्दै देशसञ्चारले लेखेको छ।
नेबि संघलाई नजिस्काउनु !!!
एमालेले उहिले रत्नपार्कको रेलिङ्ग भाँचेको थियो/ त्यो बापत उसको आलोचना आज सम्म पनि भैरहेको छ/ मावोबादी मधेशबादी भनिनेको त् कुरै नगरौं, उनीहरु महाशिसुपालहरु हुन् र तिनीहरुको गल्ति गन्ने कुनै कृष्ण जन्मेको छैन/
आफुलाई प्रजातन्त्रवादी भन्ने काङ्ग्रेसले अरु दलकाले जस्तै आफ्नो माग मनाउन र आफ्नो बिरोध गर्न बात तर्साउन अरु दलको नक्कल गर्नु पत्ताकै सुहाउन्दैन थियो तर ….यो कुरामा हजार लाख तर लाग्ने कार्य गरेकैले नागरिकहरु बात उ दुत्कारिन्दै आयको हो/
कांग्रेस पार्टी रानाको बिरुद्ध जिउ ज्यान दियर संघर्ष गर्ने गंगालाल दसरथ चन्द्र धर्मभक्त शुक्रराज शास्त्रीहरु नेपाल प्रजापरिषद पार्टी को आदर्श थाम्ने भनेर आयको पार्टी हो/ उ बात रास्ट्र र प्रजाको अहित हुने कुनै कार्य हुनु कांग्रेसले कांग्रेस पार्टीको अनुहारमा कालो मोसो दल्नु जस्तै हो/ तर यो कुरामा कांग्रेस पार्टी बात यक दुई तर होईन लाखौँ लाख तर लाग्ने कुकार्य हुँदै आयकोछ; जस्तै अहिले ओलीको बिरोध गर्नको निमित राज्यको सम्पति जलाउनु/ सरकारले राज्यको जिम्मेवारी सम्हाल्छ, यसको निमित उसलाई कुनै पनि प्रकारको सनिवार, रात र दिन हुँदैन/ उसको मात्रिका बिपी गिरिजा देउपा प्रधान मन्त्रि हुँदा पनि बिदाको दिन सरकारी गाडी चलेकै थियो र अहिले पनि देउपाले पदमा नरहे पनि सरकारी गाडी नै चद्ध्छ/
सनिवारको दिन सरकारी गाडी गुडेको देख्दैमा जलाउने होईन त्यो बारेमा सम्भंदित निकायमा खवर मात्रै गर्नु पर्थ्यो नेविसंघले तर यसो गर्नुको सट्टा राज्यको नागरिकको सम्पतिनै जलाउनु त् अपराध नै गरेको हो/ जुन राज्यमा अपराध गरे पनि कार्यवाही हुँदैन त्यो देसमा तानाशाहको होईन गुण्डाको राज चलेको मान्नु पर्छ/
यदि नेविसंघले सनिवार सरकारी गाडी गुडेकोले मात्रै असन्तुस्ट बा आक्रोशित भयको उसले बढीमा गर्न सक्ने भनेको त्यो गाडी, गाडीको चालक र तेस्मा सवार कर्मचारी सिट कुरा बुझेर त्यो बारेमा नजिकैको प्रहरीमा खवर गरेर प्रहरी नआउन्जेल रोकेर राख्ने हो तोडफोड गर्ने जलाउने होईन/ तर …., कांग्रेस ले भोलि उनीहरुको सरकार बनेमा अरु दलकाले पनि नेवि संघले गरे जस्तै गर्न सक्ने बनायो/ त् फेरी हामीले पनि ज्ञानेन्द्रले भने जस्तै कांग्रेसको नेतृत्व असछ्यम ले नै गर्दै गरेको भन्नै पर्ने भयो/
यदि ओलीको नेतृत्वको सरकारले सरकारी गाडी जलाउने ती नेवि संघको नेता कार्यकर्तालाई कानुन अनुसार सजाय दिंदैन भने ओली पनि देसमा कानुनि राज्य चलाउन असछ्यम व्यक्ति नै हो भनेर मान्नै पर्ने हुन्छ/
व्यक्तिको नाम परिबारले अनुहार हेरेर राख्छ समाजले प्रविती, नीति र ब्यबहारले/ सामाजको आँखाले उसले घरि घरि आफ्नो प्रविती नीति र ब्यबहार बदल्दै आयको देखिरहेको छ/ उ कसैलाई साथ् दिने होईन कसैको साथ् पाउन जे पनि हुने, गर्ने, बोल्ने व्यक्ति मात्रै हो/ उसले बोल्ने गरेको बोल्न छाडी सके, गर्ने भनेको सम्झन पनि छाडी सके/ उ त् नीतिको बाढी आयको नदीमा कुनै पनि नीति पकडेर डुब्न बात बच्न खोज्ने व्यक्ति मात्रै हो/ यस्तो व्यक्ति देखिनमा जत्तिसुकै शक्तिशाली प्रभावशाली देखिय तापनि बास्ताविकता यहि हो कि उ मात्र आफ्नो अस्तित्व बचाउन कुनैको रंग र रुप मा रंगिन सक्ने बिचरा मात्रै हो/ तेसैले उसले भने झैँ जव नेकपाले …..निकालिसके पछि व्यक्ति अर्थात उसले के बोलेको थियो भन्ने कुराको कुनै अर्थ नै छैन/ उ पछि यस्तो हुने भयकैले होलानी उसको परिबारले उसको नाम छविलाल (कुनैको रुप पनि लिन सक्ने!!) राखेको/
जहा सम्म भेनेजुलाको बारेमा कसले के बोले बा कसले बोलेकोलाई समर्थन गर्ने बा बिरोध गर्ने कुरा छ, सत्य बोले नेपाललाई नभई नहुने डलर युरो दान अनुदान दिने रास्ट्र रिसाउने भय नेपालले सत्य बोल्न सक्ने अवस्थामै छैन/ तर भन्नुको अर्थ यो पनि होईन कि कांग्रेसले भने जस्तै अर्काको मुलुकमा निर्वाचित रास्ट्रपति हुँदा हुँदै अर्कोलाई समर्थन गरेको ठिक हो/ यसो भनेर कांग्रेसले भोलि सिके रावत बा तेस्तै कुनैले आफुलाई तराईमा मधेश देसको रास्ट्रपति भयको घोसना गरेकोलाई भारतले समर्थन दिय कांग्रेसले बिरोध नगर्ने संदेश दियको देखिन्छ/