विदेशबाट हवाई मार्ग हुँदै नेपाल आउने यात्रुमा अहिले एउटा आतंक छाएको छ। सामाजिक सञ्जालमा अहिले यसकै चर्चा छ। खासमा भएको के हो?
विदेशबाट फर्कने नेपालीहरुले निश्चित सामान निश्चित परिमाणमा ल्याउन पाउँछन्। के के ल्याउन पाउने भनेर छुट्टै सूचना निजी, गुण्टा, झिटी भारी भनेर राजपत्रमा प्रकाशित हुन्छ। यसअघि पनि यस्तो नियम थियो। तर त्यति कडाइ गरिँदैन थियो। अहिले भने कडाइ गरिएको हो। सूचनाभन्दा बढी सामान ल्याउनेको सामानै जफत गरेर लिलामी गरिदिन्छ भन्सारले। सामाजिक सञ्जालमा प्रतिक्रिया तीव्र भएपछि भर्खरै भन्सार विभागले एउटा सूचना पनि जारी गरेको छ।
त्यसो भए के के सामान ल्याउन पाइन्छ त? हेरौँ निजी गुण्टा झिटी भारीसम्बन्धी सूचना-
नेपाली यात्रुका लागि
१.बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,
(ख)औषधि उपचार गराई फर्केका विरामीले ल्याएका औषधी,
(ग)शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ)सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया,
(ङ)ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक एक थान,
(च)बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ)पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै- गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।
(ज) सात किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा एक लिटरसम्मको बोतल एक।
(२) यात्रुले उपदफा (१) को खण्ड (घ) र (झ) मा उल्लिखित सामान बाहेक सो उपदफामा उल्लिखित अन्य सामान बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडि दिन सक्नेछ ।
(३) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन् । यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ ।
(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, एक एक सेट ।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण ( मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ)दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ)व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान ।
(च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान ।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट सो उपदफा (३) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ । छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।
(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चीस हजार रुपैयाँसम्म
(५) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (४) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ ।
(ख) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (३) बमोजिमका सामानमध्ये अमेरिकी डलर तीन सय पचास सम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लिई जाँचपास गर्न सकिनेछ ।
(ग) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसूल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ ।
(घ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि पचास हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ ।
(ङ) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ ।
(च) वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ । तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (४) बमोजिम मूल्य छुट सुविधा दिइने छैन ।
(छ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन ।
क्रु मेम्बरका सम्वन्धमाः उडानमा गएका वायु सेवाका क्रु मेम्बरले आफ्नो प्रयोगमा ल्याएका निजी सामान बाहेक कुनै पनि सामान ल्याउन पाउने छैन । ल्याएमा जफत हुनेछ ।
माल सामान जफत हुने :- कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा वा यस सूचनाको प्रतिकूल हुने गरी कुनै सामान ल्याएमा वा लैजान खोजेमा त्यस्तो सामान जफत गरी प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।
यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।
उमेश जि यस किसिम को ब्यबस्था कति सम्म न्याय सङगत होला …..?यदि होइन भने यस बिषय मा बोलिदिने कुनै यस्तो निकाय होला ?
एनसेल ले तिर्नु पर्ने कर चाही एनसेल लाइ तिराउन नसक्ने, विदेशमा श्रम गरेर फर्केका नागरिकको समान चाही जफत ??? अधिकतम भन्सार महसुल लगाइ देउन ल्याउने ले भन्सार तिरेर भए पनि ल्याई हाल्छ नि !! जसरि कार चढ्ने ले २५० प्रतिशत भन्दा बढी कर तिरेर चढी राखेकै छ त् !! यो जफत भन्ने शब्द खास मा “लुट्ने” भन्ने अर्थ लाग्छ आम नागरिक को भाषा मा…
फेरी सुन तस्कर लाइ निरुत्साहित गर्न सुन लाइ बन्देज गर्नु हुदैन यो भन्सार कर तिरेर जति पनि ल्याउन दिने हो भने राजस्व पनि बढ्छ तस्कर हरु पनि पाखा लाग्छ आखिर यो भारत नै जाने त् हो ?? भ्रस्टचारी को मूल जरो नै “सुनमा बन्देज” हो
मतलब लुकाई छिपाई नगरी राजस्व तिरेर आफ्नो परिवारलाई चाहेको समान ल्याउन पयिन्छ कि नाई ?
ल जाट्टाह मेरो त २० थान कटु मात्रै छ त । ५ थान त जफत नै हुने रैहेछ , अरु लत्ता कपडा के ल्याउनु ? नागै कटु सँग पो आउनु पर्नी भो । हेर जिन्दगी कमाएर क गर्नु अखिर मा नाङ्गै ।
यो केवल घिचन नपाएको रिस पोखेका हुन् / सम्झना छ ? खल्ती नभएको लुगा लगाउने उरदी लगाएको इ चोर हरु लाइ ?
हरेक पल्ट कारवाही मा कुनै इ चमिकने हरु परे भने यात्रु लाइ रिस पोखछ्न /
समगलर हरु लाइ घुस घिचेर जे पनि छुट दिने र साधारण जनता लाइ बल्ल बल्ल एउटा टिभी ल्याउँदा सासती दिने माई का लाल चमिकने हरु /
नाङ्गो झार पारेर चिसो छिंडी मा कोचनु परने यी डाका लाइ
नेपालमा सरकार बदलिनुनै बिकाश हो नेपाललाई सके सम्म पेल्ने मिच्ने भारत खुसि हुनु नै शान्तिको नमुना हो, नेपाललाई भारत निर्भर बनाउन सक्ने उद्योगहरु खुल्नु त् के चल्नु पनि भारत र नेपाल भारत आश्रित मुलुक बनेकोमै बिकाश देख्ने नेताहरुको निमित सह्य नहुने कुरा हो/ यसै कारणले आज नेपाल ले भारत सित को ब्यापार घाटा घता खरावौँ पुगेको हो/ नेपालले भारतलाई तिर्नु पर्ने रकम भारतीय मुद्रामा तिर्न पाउने ब्यबस्था त् छ तर नेपाल सिट भारतिय मुद्रा कमाउने कुनै श्रोत नै छैन/ तेसैले भारत सीताको यो खरावौँ को ब्यापार घाटा नेपालले आफु सिट भयको सबै बिदेशी मुद्रा भारतको बैङ्कमा भारतीय मुद्रा सिट साटेर ल्यायको भारतीय मुद्रानै भारतलाई तिर्दा पनि पुग्दैन/ नेपाल सिट सिबाय बिदेसियको नेपालीले कमाउने बाहेक अरु बिदेशी मुद्रा कमाउने श्रोत नै छैन/ तेसैले हो बिदेसियको नेपालीलाई सरकारले निचोरेको मित्रहरु/
नेपाल र नेपालीको सबै दुख अशान्तिको मूल कारण नै नेपाल भारत आश्रित मुलुक बनिनुनै हो/ ककसले नेपाललाई यसरि भारत आश्रित मुलुक बनायो तेस्तैलाई नेपालको “माईवाप” सरकार बनाउनै पर्ने बाध्यता छ/ तेसैले तेस्तो नेताहरुको सरकार बात केहि होला भनि आस गर्नु नै बेकारको कुरा हो/ अब केहि गर्नु छ भने हामि मिलेरै गर्नु पर्छ/ त् मित्रहरु हामीले भारतिय उत्पादन किन्न कम गरौँ र भारतले र भारत सिट मिलेर भारतीय उत्पादनको नाजायज मोल तिर्न बाध्य गरेको सामान बहिस्कार गरौँ/
भारत सिट को ब्यापार घाटा को मूल कारण भारत बात आयात गरिने सवारी साधन र इन्धनको मोल अत्याधिक हुनु पनि हो/ मित्रहरु अमेरिकामा जापान बात आयात गरेको भन्सार तिरेको सेल ट्याक्स तिरेको तोयोताको कम्पनीले बनाउने कोरोलाको मोल अमेरिका जस्तो महँगो ठाउँमा व्यापारीको सोरुममै मुस्किलले २२/२३ लाख पर्छ (नेपालमा उहिले तोयोताको कोरोलानै ट्याक्सीको रुपमा चल्थ्यो)/ अब यो मोल भारतको फ्याक्तरी बात सिधा आयात गरेको जापानको टोयोटा को क्वालिटी सिट दाज्न पनि नसकिने भारतिय गाडीको मोल नेपाललाई कति तिराउन्दैछ; तुलना गर्नुस/ यस्तै तुलना गाडीमा लाग्ने इन्धनको मोलको पनि गर्नुस/ यक हप्ता अघि सम्म म बसी रहेको अमेरिकाको टेक्सासको सहरमा यक ग्यालेन पेट्रोलको मोल १डलर ७० सेन्ट थियो, आज १ डलर ९० सेन्ट छ/ बर्सेनि लाखौँ भारतिय गाडी किनिन्छ त् सोच्नुस यदि हामीलाई प्रत्यक गाडीमा ५ लाख मात्रै बढी असुलेको छ भने त्यो रकम झन्डै आधा खराव हुन् जान्छ!!!/
Well l live in abroad and i support what custom is doing. In a whole year i hardly save 4-5 thousands dollars but when my relatives know i am coming to nepal for holiday then most of them ask to bring expensive gifts like laptop, phone or camera. If i really buy these gifts that means i wont have any money left for me and have to cancel my plan to come to nepal. So instead of every year i plan to come to nepal every 4-5 yrs. My relatives would never want to know that money doesnt grow on tree. But if custom office really restricting these things then i can tell my relatives that my gifts are seized at airport.
Yesto ramro vayana bides bata dukha gari leayara aayara Nepal ma dalali chor ko haat ma parxa …. Yo samanda ma thulo aawas uthauna jaruri xa … Ya Nepal ma rojgar da hoina vane banda gar yo natak …..
मैले आफुलाई ल्याउन पाउछुकि पाउदिन?
भन्सारमा आवश्यकता भन्दा बढी कडा गर्न जरुरि छ जस्तो लाग्दैन, विदेश मा दुख गरि ल्याएका हरु ले आफन्त हरुलाई उपहार लिएर आएका हुन्छन
आफु ले नेपाल बाट लिएर गएको सुन को गहना (५ , ६ तोला जति ) फेरी फर्किदा लिएर आउदा तेस्को कुनै भन्सार लाग्छ ?
Salokya Ji… do we not have the option to pay taxes for the extra items and bring them in rather than being seized??
“शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।”
१५ थानले के हुन्छ? प्राय: सबैको (खास गरि महिलाको) व्यक्तिगत प्रयोजनको लुगा र कस्मेटिक १५ थान भन्दा धेरै हुन्छ | व्यक्तिगत प्रयोजनको लागि हो कि बेच्ने प्रयोजन, त्यो छुट्ट्याए भैहाल्यो नि | घरमा १० जनाको परिवार छ, २ बर्ष विदेश बसेर फर्कदा १-१ वटा टी-शर्ट पनि ल्याइदिन नपाउने ? गरिब मानसिकताको पनि हद हुन्छ नि !
भन्सारको झिटी-गुन्टा नियममा यस्तो पनि राख्ने हो भने अझै घुस खान पाइन्थ्यो कि?
– कट्टु र गन्जी लगाउन नहुने
– जुत्ता एउटा मात्र लगाउन पाइने
– लगाएको मोजा जफत गरिने
– जनै लाइ १ थान गनिने
Tv 32 wa junai pani leuna paine raixa