Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : भेनेजुयला प्रकरणमा प्रचण्ड र ओलीको दोहोरीदेखि गोकुल बास्कोटाको स्पस्टिकरण

Posted on February 7, 2019February 8, 2019 by राजेन्द्र मगर

आज माघ २४ गते बिहिवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक भएको छ। अन्य बिहिवार झै यो बिहिवार पनि सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत सरकारका निर्णय सुनाएका छन्।

आजको पत्रकार सम्मेलन भेनेजुयला प्रकरणमा केन्द्रित भएको छ। दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रियसभामा विपक्षी नेता हुवान गुवाइदोले सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो।

त्यसको विरोधमा प्रचण्डले  विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको कडा शब्दमा भत्सर्ना गरेका थिए। प्रचण्डको विज्ञप्ती विवादस्पद भइरहेको थियो। अमेरिकाले यस विषयमा नेपाल सरकारको  अाधिकारिक धारणा माग गरेको थियो। लगत्तै परराष्ट्र मन्त्रालयले प्रचण्डकै लाइनमा विज्ञप्ती जारी गरेको थियो। त्यसपछि नेपाल र अमेरिकाको समबन्ध बिग्रिएको भनेर विभिन्न चर्चा चलेको थियो।

तर सरकारले नेपाल  र अमेरिकाको समबन्ध नबिग्रिएको दावी गरेको छ। नेपाल-अमेरिकाबीच कुनै असमझदारी भएको भए पनि अन्त्य भइसकेको पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता बास्कोटाले स्पस्टिकरण दिएका छन।

सरकारले भन्यो : अमेरिकासँगको सम्बन्ध ठीक ठाउँमा आइसक्यो भन्दै अनलाइनखबरले लेखेको छ।

त्यस्तै भेनेजुयला प्रकरणमै पुष्पकमल दहाल प्रचण्डले फेरि मुख खोलेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएका थिए।  प्रचण्डको वक्तव्यमा प्रयोग गरिएको भाषा पनि उपयुक्त नभएको ओलीले भनेको भन्दै मिडियामा समाचार आएपछि प्रचण्डले आफ्नो अडान दोहोर्याएका हुन।

प्रचण्डले चितवन पुगेर भनेका छन्, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै विरोधमा वक्तव्य जारी गरिसकेकाले अब कुन व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटबाट विज्ञप्ति आयो। व्याक्तीको कुराको पछि नलागौ।’

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- सचिवालयले बोलिसक्यो, व्यक्तिले बोल्नुको अर्थ छैन भन्दै सेतोपाटीले लेखेको छ।

त्यस्तै बास्कोटाले नियमित पत्रकार सम्मेलनमै  द्धन्द्धकालीन मुद्धाका घाउहरु नकोट्याउन आग्रह गरेका छन। सरकारले द्वन्द्वकालीन घटनालाई मौलिक ढंगबाट समाधान गर्ने  उनले बताए।

‘हिजो द्धन्द्धमा रहेकाहरु अहिले गलामा गला मिलाएर हिडिरहनुभएको छ। प्रचण्ड जी पनि त्यसैगरी हिड्नुभाछ। प्रधानमन्त्री पनि त्यसरी हिड्नुभाछ। प्रमुख प्रतिपक्षी दलको नेता पनि त्यसैगरी हिड्नुभाछ । कसलाई थाहा छैन र एकले अर्काको टाउकाको मूल्य तोकेको ? के गर्या के गर्या, पक्राउ पूर्जी जारी गर्या । यी त विगतका कुरा हुन् त्यसलाई कति कोट्याइरहने भनेको ? बाँदरले घाउ कोट्याएजस्तो  नकोट्याउ भो सिद्धियो।’

सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीहरुले राजिनामा दिएको प्रसंग पत्रकारहरुले कोट्याएपछि उनले यस्तो जवाफ दिएका थिए।

सञ्चारमन्त्री बास्कोटाले गाउँको लामा दाईलाई सम्झिदै भने– ‘बाँदरले घाउ कोट्याएजस्तो  नकोट्याउ भो सिद्धियो’ रातोपाटीले लेखेको छ।

त्यस्तै आज भएको कांग्रेसको बैठकमा सशांक कोइरालाले कोइरालाले संवैधानिक परिषदको निर्णय विरुद्ध सर्वोच्चमा मुद्धा दायर गर्ने पार्टी निर्णयलाई कार्यान्वयन किन गरिएन भन्दै नेतृत्वसँग जवाफ माग गरे। उनको प्रश्नलाई अर्का नेता गगन थापाले पनि समर्थन गरेका थिए।

कांग्रेस केन्द्रीय समितिको बैठकमा शेखरको प्रश्न : सर्वोच्चमा मुद्धा दायर किन भएन? भन्दै नेपाललाइभले लेखेको छ।

अब नेपाली भिसा युरोप, अमेरिकाजस्तै राहदानी पानाकै आकार र मापदण्डको हुनेछ।  भिसा मिसिन रिडेबल हुनेछ भने नेपाल चिनाउने तस्विर, सुरक्षा स्टिकर र बारकोड राखिनेछ। अहिले नयाँ भिसाको रंग, आकार, ढाँचा र सुरक्षा कवच विश्लेषणको काम भइरहेको छ।

भिसामा रहने सबै विवरण कम्प्युटरबाटै भरिनेछ। भिसाको रंग, आकार र ढाँचा समेत अन्तर्राष्ट्रिय स्तरको हुनेछ। विभागले हाल उपलब्ध गराउने भिसा सजिलै नक्कली बनाउन सकिने भएकाले सुरक्षा चुनौती छ। भिसा बाहक तथा जारी गर्ने अधिकारीलाई ट्रयाक गर्न कठिन छ। नयाँ भिसामा एक दर्जनभन्दा बढी सुरक्षा कवच राखिनेछन्।

नेपाली भिसा अब अमेरिकी मापदण्डको भन्दै नेपालखबरले लेखेको छ।

बिहीबार खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको संयोजकत्वमा बसको बैठकले सिएमसीसंग ठेक्का तोड्ने  निर्णय गरेको छ। आयोजनाले बाध्य भएर ठेक्का तोड्नु परेको बताएको छ। फेब्रुअरि १० सम्म ठेक्काको म्याद थियो। फेब्रुअरी १० पछि ठेक्का तोडिए  मान्य हुँदैन। आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै विकास आयोजनालाई जानकारी नदिई साइट छोडेको भन्दै १४ दिनमा किन कन्ट्रयाक्ट नतोड्ने भन्दै नोटिस निकालेको थियो। त्यो समयमा जवाफ नपठाएको र सम्पर्कमा नआएकाले ठेक्का तोड्नु परेको आयोजनाले जनाएको छ।

मेलम्चीको ठेकेदार सिएमसीसँग ठेक्का तोड्ने सरकारी निर्णय, अब छुट्टै मोडेलबाट निर्माण गरिने भन्दै बिजमाण्डुले लेखेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले एकतर्फीरुपमा आफ्नो मस्यौदा प्रतिवेदन कार्यदलसमक्ष पेश गरेका छन्। पाटी एकतापछि नेतृत्वले एकलौटीरुपमा काम गरेको भन्दै बढेको आन्तरिक असन्तुष्टी मत्थर पार्न मंसिर २९ गते देखि पुस १३ गतेसम्म स्थायी कमिटि चलेको थियो । बैठकको निष्कर्षस्वरुप पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। उक्त मस्यौदा अध्ययन गरी शुक्रबार सुझाव सहित भेला हुन कार्यदलका सदस्यहरुलाई पौडेलले निर्देशन समेत दिएका छन्।

संयोजक विष्णु पौडेलद्धारा एकतर्फीरुपमा कार्यदलमा प्रतिवेदन पेश भन्दै देशसञ्चारले लेखेको छ।

पशुपति श्लेष्मान्तक वनमा रहेको विश्वरुप मन्दिरमा ढलान गरी कंक्रिटका पिल्लर ठ्ड्याउन खाल्डो खनेको भेटेको छ।  भूकम्प गएको तीन वर्ष बित्दापनि मन्दिरको गजुर ढलेको अवस्थामा छ। वरिपरिका भवनहरु भूकम्पले भत्किएका छन्। ऐतिहासिक काठ, मूर्ति र इँट्टाहरु खुल्ला रुपमा राखिएका छन्। हात्तीपाइले कंक्रिटका पिल्लर ठड्याउन मन्दिरका चारै भागमा ५/५ फुटका १२ वटा खाल्डो खनिएको छ। मन्दिरको जगमा असर पुग्नेबारे कुनै अध्ययन नगरी मन्दिर पुनर्निमाण नहुन्जेलसम्मका लागि ठूलो ट्रस बनाउने भन्दै र्निर्माण कार्य भइरहेको बताइएको छ।

विश्व सम्पदा क्षेत्रमा सूचिकृत सम्पदामा कुनै नयाँ निर्माण गर्न सम्बन्धित निकायको स्वीकृति बिना केही गर्न नहुने प्रावधान हुँदा हुँदै त्यहाँ त्यस्तो गरिएको छ।

स्थानीयको विरोधबीच विश्वरुप मन्दिरमा ‘कंक्रिटका पिल्लर’ ठड्याउन १२ वटा खाल्डो भन्दै पहिलोपोस्टले लेखेको छ।

 

2 thoughts on “आजको समाचार : भेनेजुयला प्रकरणमा प्रचण्ड र ओलीको दोहोरीदेखि गोकुल बास्कोटाको स्पस्टिकरण”

  1. Pingback: आजको समाचार : अब अमेरिका जालान् त प्रचण्डदेखि पार्टी एकताविरुद्ध इश्वर पोखरेलको अभिव्यक्ती किन ? « Mysansar
  2. Pingback: Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme