Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्रिकेट खेलाडीहरु नेताको घरमा ढुक्न जान चैँ किन पर्ने? हिजो राति फर्किए, बिहानै पुगे खुमलटार

Posted on February 5, 2019 by Salokya

क्रिकेट खेलाडीहरुले इतिहास बनाए। वन डे इन्टरनेसनल र टि २० इन्टरनेसनल सिरिज खेल्न युएई गएको टिम नेपाल दुवै सिरिज २-१ ले जित्न सफल भयो। दुवैमा अर्धशतक बनाउने कम उमेरको खेलाडीको रेकर्ड पनि नेपालीहरुले नै राखे।

देशमा क्रिकेट संघ निलम्बित छ। नियमित खेलको वातावरण छैन। खेलाडीहरुलाई सुविधा छैन। त्यस्तो अवस्थामा खेलाडीहरुले देशको नाम राखेका छन्। देशवासीलाई खुसी हुने मौका दिएका छन्। तर त्यस्ता खेलाडीहरु चाहिँ किन बिहान बिहानै नेताहरुको घरमा ढुक्न जानु पर्ने होला?

क्रिकेट खेलाडीहरु युएईबाट हिजो राति फर्किएका थिए। आज बिहानै उनीहरु नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा पुगेछन्। यो चाहिँ अलि चित्त बुझेन। क्रिकेट खेलाडीहरुले आफ्नो महत्त्व आफै नबुझे झैँ लाग्यो। विश्वमा अरु कुन देश छ होला जहाँका क्रिकेट खेलाडीहरु हुल बाँधेर कुनै नेताको घरमा कुनै प्रतियोगिता जितेपछि भेट्न जान्छन्?

प्रधानमन्त्री निवास वा राष्ट्रपति निवासमा जानु भनेको बेग्लै कुरा हो। देशका कार्यकारी प्रमुख वा राष्ट्रप्रमुख हुन् उनीहरु। तर सत्तारुढ दलका एक नेताको घरमा त्यसरी बिहान बिहानै पुगेर के फाइदा? क्रिकेट ग्राउन्डमा बरु नेता बोलाएर कार्यक्रम गरेको भए पनि एउटा कुरा !

कसले उचालेछन् खेलाडीहरुलाई लौ है भेट्न जानु पर्छ भनी। अनि बिहान बिहान टोली नै प्रचण्डको खुमलटार निवास पुगे।

प्रचण्डको सचिवालयले पनि समाचार बनाएर पठाए मिडियालाई। समाचारमा अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुग्नुभएको थियो भनेर समेत लेखिएको थियो। यस्तो थियो समाचार

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड
ललितपुर, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिनुभएको छ ।
ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताउनुभयो ।
देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उहाँको भनाई थियो ।
अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने उहाँले बताउनुभयो ।
आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत अध्यक्षले बताउनुभयो । अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुग्नुभएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme