Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो हो सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको सर्टलिस्टमा पर्न सफल नेपालीको फोटो

Posted on February 5, 2019February 5, 2019 by Salokya


यो वर्षको सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको सर्टलिस्टमा पर्न सफल फोटोहरु आज सार्वजनिक गरिएको छ। १९५ देशबाट ३ लाख २६ हजार वटा फोटोहरु प्रतियोगिताका लागि पठाइएकामा नेपालीको एउटा फोटो सर्टलिस्टमा पर्न सफल भएको छ। दिक्पाल थापाको मह शिकारीहरुको फोटो कल्चर विधाको ओपन कम्पिटिसनमा सर्टलिस्टमा पर्न सफल भएको हो। यो विधामा १३ वटा फोटोहरु सर्टलिस्टमा परेका छन्। त्यसमध्ये तीन वटाले पुरस्कार जित्न सक्नेछ। थापाले फोटो कसरी खिचेको भन्ने बारे पनि लेखेका छन्।

The Harvest शीर्षक दिइएको फोटोमा उनले लेखेका छन्, विश्वकै ठूला माहुरीहरुमध्ये एउटाले मलाई टोकेको थियो। मसँगैका शिकारीहरुले शान्तपूर्वक आफ्नो जिउबाट माहुरीहरुलाई नमारीकन टिप्दै फाल्दै गरेको देख्दासम्म मैले सातदेखि आठवटा माहुरी मारिसकेको थिएँ। उनीहरु भने आफ्नो जिउमा माहुरी आउने बित्तिकै हटाउँथे। मैले किन भनेर सोधिनँ तर हामी त्यहाँ हुनुको उद्देश्य मलाई थाहा थियो। हामी त्यहाँ हिमालयका माहुरीहरुको चाकाबाट मह निकाल्दै थियौँ। नियत मार्नु थिएन। त्यसैले उनीहरुले आगो लगाए। आगो लगाउनुको कारण माहुरीको टाोकाइबाट बच्नु मात्र हैन, उनीहरुलाई नोक्सान नपुर्‍याई मह निकाल्नु पनि थियो। उनीहरु माहुरीलाई सम्मान गर्थे। उनीहरु प्रकृति र प्राकृतिक प्रक्रियालाई सम्मान गर्थे।

गुरुङहरु वर्षमा दुई पटक यसरी मह निकाल्न जाने उनले क्याप्सनमा उल्लेख गरेका छन्। यो लमजुङको भुजुङमा खिचिएको फोटो रहेछ।

पागल शिकारी वा बहादुर शिकारी जे नाम राखे पनि मेरो आँखा अगाडि उनीहरुले गरेको चमत्कारलाई शब्दमा उतार्न सकिन्न। आगो लगाइसकेपछि चाकाबाट धेरै माहुरी बाहिर निस्के। त्यसपछि उनीहरु डाँडाबाट भर्‍याङ लगाई तल झरे खाली हात र खुट्टा। केही लगाएमा चिप्लिएर खस्ने डर हुन्थ्यो।

कहिले के घोषणा हुँदै?

February 26 – Open category and National Awards winners’ announcement

March 5 – Outstanding Contribution to Photography recipient revealed

March 26 – Professional and Student competitions’ shortlist announcement

April 17 – Photographer of the Year, Overall Open, Student, Youth winners and Professional category winners’ revealed

April 18 – May 6, 2019 – 2019 Sony World Photography Awards exhibition (Somerset House, London)

Copyright: © Dikpal Thapa, Nepal, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme