Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: भेनेजुएला प्रकरणमा अमेरिकाको पक्षमा कांग्रेसदेखि नेपालले जित्यो टि २० सिरिज

Posted on February 3, 2019February 4, 2019 by राजेन्द्र मगर

आज माघ २० गते आइतवार मिडियाहरु विभिन्न विषयमा छरिएका छन। आज सबै मिडियाको प्रमुख खबर रह्यो नेपाली टोलीको क्रिकेट जित।

आइतवार नेपालले युएईलाई १४ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले जित्यो। नेपालको यो पहिलो टी २० आई सिरिज जित हो।

पहिलो खेल हारे पनि त्यसपछि लगातार दुई खेल जित्दै नेपालले ऐतिहासिक सिरिज जितेको हो।

दुवै सिरिजमा नेपालले पहिलो खेल हारेपनि पुरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जितेको हो। नेपालले समग्रमा युएईसँग ६ खेल खेल्दा ४ खेल जित्यो। पहिलो टी २० मा २१ रनको हार बेहोरेको नेपालले दोस्रो टी २० ४ विकेटले जितेको थियो।

अघिल्लो हप्ता युएईलाई नै हराउँदै पहिलो पटक ओडिआई सिरिज जितेको नेपालले टी २० आई सिरिज पनि पहिलो पटक जितेको हो।

टी २० आई सिरिज पनि नेपालले जित्यो, अन्तिम खेलमा युएई १४ रनले पराजित भन्दै पहिलोपोस्टले लेखेको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्ष नदेख्ने सरकारलाई अब सडक र सदनबाट देखाइदिने बताएका छन। संसदमा बोल्दै थापाले सडक र संसदबाट प्रतिपक्ष देखाउने बताए।

सरकारले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताल विघटन गर्ने बाटोमा पुर्यााएर गल्ती गरेको  भन्रदै थापा आक्रोशित भएका थिए।

प्रतिपक्ष देखेर अब सरकार आश्चर्यचकित पर्छ : गगन थापा भन्दै सेतोपाटीले लेखेको छ।

नेपाली कांग्रेस भेनेजुएलाको संकटमा  अमेरिकाको पक्षमा उभिएको छ ।

सरकार र नेकपाको भेनेजुएलासम्बन्धी वक्तव्यले अमेरिकासँगको सम्बन्धमा असर परेको भन्दै कांग्रेसले सरकारको विरोध गरेको हो।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रियसभामा विपक्षी नेता हुवान गुवाइदोले गत बुधबार सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो।

त्यसको विरोधमा प्रचण्डले गत शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको कडा शब्दमा भत्सर्ना गरेका थिए। प्रचण्डको विज्ञप्ती विवादस्पद भइरहेको थियो। त्यसपछि सरकारलेपनि प्रचण्डकै लाइनमा विज्ञप्ती जारी गरेको थियो।

भेभन्दै अनलाइनखबरले लेखेको छ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल र चीन दुबै शक्तिशााली राष्ट« बन्नुपर्ने विचार व्यक्त गरेकी छिन् । चिनिया नयाँ वर्षको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन।

चिनियाँ नयाँ वर्षको अवसरमा राजदूत यान्छीले भनिन्–चीन र नेपाल दुबै शक्तिशाली देश बनोस् भन्दै रातोपाटीले लेखेको छ।

राजधानी का विभिन्न स्थानमा व्यवसायीहरुलाई घम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन।

अपराध अनुसन्धान महासाखाबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

गुण्डा नाइके राजु गार्खाली पक्राउ भन्दै नेपाललाइभले लेखेको छ।

1 thought on “आजको समाचार: भेनेजुएला प्रकरणमा अमेरिकाको पक्षमा कांग्रेसदेखि नेपालले जित्यो टि २० सिरिज”

  1. madan bajracharya says:
    February 7, 2019 at 11:59 am

    तराईमा मधेशबादिले पनि …..गरे कांग्रेसले कुन मुख ले ….गर्ने होला?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme