Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: कस्तो बन्दैछ धुर्मुस सुन्तलीले बनाउने रंगशालादेखि डाक्टर केसीलाई भेट्न सुशिला कार्की अनशनस्थलमा

Posted on January 30, 2019January 30, 2019 by राजेन्द्र मगर

आज माघ १६ गते बुधवार अधिकाशं मिडिया डाक्टर केसीको अनशन र धुर्मुस सुन्तली फाउण्डेशनले अन्तराष्ट्रिय  स्तरको क्रिकेट मैदान बनाउने लगायतका समाचारलाई प्राथमिकता दिएका छन।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तराष्ट्रियको स्तरको क्रिकेट रंगशाला निर्मला गर्ने भएको हो।फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता समेत भएको छ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्नेछ। रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा: लागत ३अर्ब, अढाई वर्षमा हस्तान्तरण भन्दै अनलाइन खबरले लेखेको छ।

रंगशाला कमलको फूल आकारको हुनेछ भने ४ वटा मुख्य गेट रहनेछन्। २५ हजार दर्शक क्षमताको बन्ने रंगशालामा विशेष पाहुनका लागि विशेष लबी निर्माण गरिनेछ। यस्तै रंगशालाको चारै भागमा एलइडी स्क्रिन हुनेछन् भने फ्लड लाइडको पनि जडाउ हुनेछ। मिडियाका लागि अत्याधुनिक सुविधासहितको छुट्टै हल निर्माण गरिनेछ।

कमलको फूल आकारमा बन्नेछ अन्तराष्ट्रिय रंगशाला, पहिलो खेल भारत र पाकिस्तानबीच खेलाउने चाहना भन्दै नेपाललाइभले लेखेको छ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत गोविन्द केसीको माग वेवास्ता गर्दै सरकारले भोली नै सरकारले राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभामा नाराबाजीबीच पारित भएको विधेयक राष्ट्रिय सभामा समेत छोटो प्रक्रियाबाट अगाडि बढाउन लागिएको हो।

राष्ट्रिय सभाको कार्यसूचीमा समेत बिहिबार नै विधेयक पारित गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव पेश गर्ने उल्लेख छ।

भोलि नै चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित हुने भन्दै सेतोपाटीले लेखेको छ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि आजसम्म एक मात्र संशोधन प्रस्ताव परेको छ। डाक्टर केसीको मागलाई समर्थन गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले उक्त संशोधन प्रस्ताव दर्ता गराएका छन्।

डाक्टर केसीलाई राजपाको पनि साथ, चिकित्सा विधेयकमाथी संसोधन प्रस्ताव दर्ता भन्दै पहिलोपोस्टले लेखेको छ।

त्यस्तै २२ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई भेट्न पूर्वप्रधानन्याधीश सुशीला कार्की शिक्षण अस्पताल पुगेकी छिन्। शिक्षण अस्पताल महाराजगञ्ज पुगेर केसीको जीवन रक्षा गर्न कार्कीले सरकारलाई आग्रह गरेकी छिन्।

सुशिला कार्कीले भनिन्, ‘ केसीको माग पुरा गर्दैमा कसैले हारेको महशुस गर्नुपर्दैन भन्दै पहिलोपोस्टले लेखेको छ।

त्यसैगरी पहिलोपोस्टले निर्मला प्रकरणमा आफ्नो #WhoKilledNirmala शृङ्खलाको भाग २० मा जब निर्मलाको हत्यामा ‘क्लु’ खोजिरहेको प्रहरीसामु आफै ‘क्लु’ आइपुग्यो शीर्षकमा विस्तृत लेखेको छ। दीलिपसिंह विष्टलाई प्रहरीले किन शंकाको घेरामा राख्यो र पछि अभियुक्तका रुपमा उभ्यायो भन्ने विषयमा सिआइबीको अनुसन्धानको नेतृत्व गर्ने डिएसपी अंगुर जिसीको भनाईसहितको यो समाचारमा प्रहरीले लिक गरेका विभिन्न भिडियोहरु पनि राखिएको छ। केही भिडियो यसअघि नै सामाजिक सञ्जालमा आइसकेका थिए।

तर विष्टको परिवारका सदस्यको भिडियो भने यसअघि सार्वजनिक भएको थिएन। विष्टको परिवारका महिला सदस्य भाउजु र बुहारीले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई विष्टको बानीव्यहोरा एकदमै असल रहेको बताएका छन्। जबकि विष्टबारे यति धेरै चर्चा हुनुअघि प्रहरीले उनीहरुलाई थाहा नदिई खिचेको गोप्य भिडियोमा भने आफूहरूलाई पटक पटक उनले सताउने समेत गरेको बताएका छन्।

घरमा एक्लै बस्न समेत डर लाग्ने उनीहरूले बताएका छन्। भतिजी बुहारीले भनेकी छिन्,’उहाँ खुसुक्क मेरो कोठामा आउने, मैयाँ भन्ने लगायतका व्यवहार गर्नुहुन्थ्यो। बिहान हिँडेपछि बेलुका मात्र फर्किने गर्नु हुन्थ्यो। उहाँ जेलमा हुँदा नै हामीलाई शान्ति थियो।’ ‘डर लाग्छ के, त्यस्तो मान्छेको विश्वास पनि हँदैन,’ उनले भिडियोमा भनेकी छिन्। एकचोटी विष्ट आफ्नै कोठामा समेत पस्न खोजेको र आफूले हकारेको पनि उनले सुनाएकी छिन्।

सँगै पहिलोपोस्टले प्रश्न राखेको छ- डिएनए नमिलेसँगै प्रश्न उब्जियो – यो सब घटनाक्रम सिलसिलावद्ध ढंगमा विष्टले कसरी भन्न सके? के प्रहरीले रचेको र रटाएको बोली थियो विष्टको? के प्रहरीले दिएको यातनाकै कारण विष्टले ती सब बोलेका थिए? घटना भएका बेला विष्ट कहाँ थिए त? किन पछिल्लो पटक पक्राउ परेका प्रदीप रावल जस्तै विष्ट घटना हुँदाका बेला ‘यहाँ थिए’ भनेर कसैले किटानका साथ भन्न सकेको छैन? सँगै प्रश्न उब्जिन्छ – के डिएनए रिपोर्ट तयार पार्ने क्रममा प्रहरीको ल्याबका प्राविधिकहरु कुनै ‘दबाब’मा थिए? ल्याबका प्राविधिकहरुले घटना भएको स्थलमा पुगेका प्रहरीलाई फोन गरेर ‘त्यो ठाउँ हेर्दा एक जनाले मात्र गर्न सकिने जस्तो लाग्छ त?’ भन्दै प्रश्न गरेका थिए। ल्याबमा जस्तो देखिन्छ त्यस्तो वस्तुगत रिपोर्ट तयार पारे पुग्नेमा किन फोन गर्दै ‘आशंका’ प्रकट गरियो? यो आशंकाले ल्याबको परीक्षण वस्तुगत तथ्यभन्दा पनि कञ्चनपुरमा चलिरहेको ‘रे’ मा आधारित कथ्यतिर त गएन भन्ने प्रश्न पनि जन्मायो।

निश्कर्षमा पहिलोपोस्टले लेखेको छ- राष्ट्रिय मानवअधिकार आयोगको विज्ञ टोलीले डिएनए परीक्षणमा त्रुटि भएको प्रतिवेदनमा औंल्याउँदै डिएनए परीक्षणमा संलग्न प्रहरी ल्याबका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउन सरकारलाई दिएको निर्देशनपछि अब यी प्रश्नहरुमा पनि जवाफ खोज्नुपर्ने भएको छ। राष्ट्रिय मानवअधिकार आयोगले भनेजस्तै अब डिएनएको विषयमा समेत उठेको शंकाको निवारण हुनेगरी ल्याबमा संलग्नलाई पनि छानबिनको दायरामा ल्याउनु पर्छ। र, डिएनए नमिलेकै कारण अनुसन्धानको दायराबाट बाहिर पारिएकाहरुलाई समेत पुनः अनुसन्धान गर्नुपर्छ। चाहे त्यो आइजीसहितको टोलीले बयान लिएका प्रदीप रावल होस् वा शंकास्पद बयान दिएका चक्र बडु या दीलिपसिंह विष्ट नै किन नहुन्। फरेन्सिक एक्सपर्टहरुसहित अनुसन्धानमा अब्बल अधिकारीहरुसहितको टोली बनाएर अनुसन्धानलाई बृहत् बनाउँदै लाग्ने हो भने निर्मला प्रकरणको गाँठो सुल्झिन सक्छ र न्यायका लागि ढोका खुल्न सक्छ।

1 thought on “आजको खबर: कस्तो बन्दैछ धुर्मुस सुन्तलीले बनाउने रंगशालादेखि डाक्टर केसीलाई भेट्न सुशिला कार्की अनशनस्थलमा”

  1. madan bajracharya says:
    January 31, 2019 at 10:35 am

    रंगशाला बनाउनु राज्यको दाइत्व हो/ तेसैले धुर्मुस सुन्तलीले फेरी कुनै गरिवको बस्ति बा गरिव को छोराछोरी पढाउने स्कुल बा गरिवको उपचार हुने गर्ने कुनै संस्था बनाउन तिर लागेको भय अझै राम्रो हुने मात्रै होईन अरुलाई पनि तेस्तै गर्न प्रेरणा दिने हुन्थ्यो/ अहिले हाम्रो राज्यको सत्तामा रहेकाहरु आज दिय खुसि हुन्छन भोलि नदिय निहुँ खोज्ने खालको हो/ फेरी यो नेतालाई खुसि गरे अर्को …/ त् आज ओलीको सराकर बनेको बेला दियको धुर्मुसले भोलि अरु कुनैको सराकार बनेको बेला ….भय …./ त् खै अरु के भन्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme