Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदा त लागू गर्न नसक्ने रैछ, प्रदेश सरकारले अरु के गर्ला?

Posted on January 29, 2019January 29, 2019 by Salokya

यो प्रदेश नम्बर ३ को सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचना हो। सूचनामा माघ १६ गते बुधबार शहीद दिवसको दिन प्रदेश भर सार्वजनिक विदा दिने घोषणा गरिएको छ। माघ १६ गते भनेको भोलि हो। अरु बेला अरु प्रदेशहरुले त्यसरी विदा घोषणा गरेका थिए। यस पटक राजधानी रहेको प्रदेश नम्बर ३ को सरकारले घोषणा गरेको छ। भोलि के हुन्छ? हेर्न रमाइलो हुन्छ। गृह मन्त्रालयले ‘विदा सिदा हुँदैन’ पारामा प्रतिक्रिया दिएको मिडियामा हेर्न पाइएको छ। अरु प्रदेशतिर जस्तै प्रदेश नम्बर २ मा सरकारी कार्यालय बन्द गराउन प्रदेश मन्त्रीहरु नै लागेको समाचार हेर्न पाइएको थियो। प्रदेश नम्बर ३ मा त प्रदेशको मुख्यमन्त्री को हो र मन्त्रीहरु को छन् भन्ने नै काठमाडौँमा बस्ने धेरैलाई थाहा नहोला झैँ मान्छु है म त।

प्रदेश सरकारले यस्तो विदाको निर्णय गरेर बोधार्थ गृह मन्त्रालय लगायत अरुलाई पनि दिएको थियो। तर गृह मन्त्रालयका प्रवक्ताले विदा नहुने बताइसकेका छन्। काठमाडौँ महानगरपालिका अन्तर्गत रहने स्कूल चाहिँ विदा हुने भन्ने पनि सुनियो।

अरु बैँक लगायतका सरकारी कार्यालयहरु भने खुल्ला नै हुने देखियो। जाबो एउटा विदा त लागू गराउन नसक्ने प्रदेश सरकारले अरु के चाहिँ काम गर्ने होला त? रमाइलो संघीयता हगि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme