Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: पूर्वयुवराज पारस अस्पताल भर्नादेखि कप्तान पारसले रेकर्ड बनाउँदा नेपालको जित

Posted on January 28, 2019January 29, 2019 by राजेन्द्र मगर

आज माघ १४ गते सोमवार अधिकाशं मिडियाले नेपाली क्रिकेट टोलीको जितलाई केन्द्रमा राखेर समाचार लेखेका छन। कप्तान पारस खड्काले शतक बनाएपछि नेपालले युएइलाई ४ विकेटले जितेको हो। जितसंगै नेपालले सिरिज २— १ ले जितेको छ। युएइको घरेलु मैदानमा भएको खेलमा नेपालले टस जित्दै फिल्डिङ गरेको थियो। सोमपाल कामीले ४४.४ ओभरमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए। नेपालले २५५ रनको टार्गेट पाएको थियो। कप्तान पारस खड्काले ११५ रन बनाउँदै एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडीको रेकर्ड समेत बनाएका छन।

नेपालले जित्यो ऐतिहासिक ओडिआई श्रृंखला, पारस नायक भन्दै नेपालखबरले लेखेको छ।

त्यस्तै पूर्व युवराज पारस शाह हृदयघात भएर अस्पताल भर्ना भएका छन। थापाथलीस्थित नर्भिक अस्पतालको आइसियूमा आज दिउसो उनलाई भर्ना गरिएको थियो। पारसलाई यसअघि दुइपटक हृदयघात भएको थियो।

पहिलोपोस्टले मन्दिरमा पुजाआजापछि पारसलाई हृदयघात, नर्भिकको आइसियूमा भर्ना भनेर समाचार लेखेको छ। पारस आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गर्न पुगेका थिए।

पारसलाई हृदयघात भएपछि सिमरामा रहेकी उनकी आमा कोमल शाह गाडीबाटै काठमाडौँ हिडेकी छिन। पूर्वराजा  ज्ञानेन्द्र भने भोली मंगलवार आउने भएका छन।

पारसलाई हृदयघात भएपछि कोमल सिमराबाट गाडीमै हिँडिन्, ज्ञानेन्द्र भोलि आउने भन्दै सेतोपाटीले लेखेको छ।

दीपक मनाङ्गेले प्रदेश सभा सांसदको सपथ लिएका छन। स्वतन्त्र उम्मेद्वार बनेका मनाङ्गे मनाङको प्रदेश सभा ख बाट उम्मेद्वार बनेका थिए। उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो। ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । पछिल्लो समय उनलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि सपथको लागि निवेदन दिएका थिए।

दीपक मनाङ्गेले लिए प्रदेश सभा सांसदको सपथ भन्दै अनलाइनखबरले समाचार लेखेको छ।

त्यस्तै नेकपाका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको बारेमा दिएको अन्तर्वाता रातोपाटीमा छ। अन्तर्वातामा  भट्टराईले डा केसीको माग पुरा भइसकेको बताएका छन।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्द अदालत जाने तयारी गरेको छ। गत माघ ६ गते बसेको संवैधानिक परिषद्ले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको प्रमुख आयुक्तमा बालानन्द पौडेललाई सिफारिस गरेको थियो ।  समावेशी आयोगको मुख्य आयुक्तमा शान्तराज सुवेदी (प्युठान), मधेसी आयोगमा डा. विजयकुमार दत्त (धनुषा), थारु आयोगमा विष्णुप्रसाद चौधरी (बर्दिया) र मुस्लिम आयोगमा समिम अन्सारी (काठमाडौं)लाई सिफारिस गरेको थियो ।

सरकारले एकलौटी रुपमा उनीहरुलाई संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै कांग्रेस सरकारविरुद्ध अदालत जाने भएको हो।

सरकारविरुद्धअदालत जाने कांग्रेसको तयारी भन्दै बाह्रखरी डटकमले लेखेको छ।

1 thought on “आजको समाचार: पूर्वयुवराज पारस अस्पताल भर्नादेखि कप्तान पारसले रेकर्ड बनाउँदा नेपालको जित”

  1. दोर्जे says:
    January 29, 2019 at 12:59 am

    गणतन्त्रको बिकल्प राजतन्त्र भन्ने भनाईले बजार तातेको बेला पारस थलापर्नु दुखद समाचार हो भन्न सकिएला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme