Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मला प्रकरण : एउटै प्रमाण डिएनएले पनि फेल खायो, डिएनए परीक्षण गर्नेलाई नै छानबिन गर्न सिफारिश

Posted on January 28, 2019January 28, 2019 by Salokya

लाश पनि जलाइसके। प्रमाण पनि केही संकलन गरी राख्या छैनन्। घटनास्थलमा सुरुवाल त पानीमा चोपले, अरु के प्रमाण खोजे होला त नि। एउटै प्रमाण छ भन्ने आशा रहेको डिएनए थियो। भकाभक मान्छे समात्दै डिएनए चेक गर्दै थियो प्रहरी। तर कसैको ज्यान गए मिलेको हैन। हुँदाहुँदा अब त विज्ञहरुले शतप्रतिशत डिएनए मिले पनि त्यही अपराधी भन्न सकिँदैन भन्न थालिसके। एउटै प्रमाण बाँकी रहेको भन्ने डिएनए संकलन र परीक्षण प्रक्रियामा नै प्रश्न उठाउँदै विज्ञसम्मिलित संवैधानिक आयोग राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो प्रतिवेदनको तथ्य, विश्लेषण तथा निश्कर्ष सार्वजनिक गर्‍यो। साथमा डिएनएको त्रुटिपूर्ण परीक्षण गर्ने प्रहरी ल्याबका अधिकारीहरुलाई नै छानबिनको दायरामा ल्याउन सिफारिश गरेको छ।

ल भो त अब, यो केसमा प्रहरीको सुरु अर्थात् उजुरी परेदेखि घटनास्थलमा पुगेका प्रहरीदेखि अनुसन्धानमा खटिएका प्रहरीसम्म विवादमा परे। छानबिनको दायरामा आए, निलम्बनमा परे। पछि आइजी सर्वेन्द्र खनाल आफै हिरो बनेर मेरो सामु ढुंगा बोल्छ भन्दै कुखुरा चोर प्रदीप रावलको बयान लिए। लास्टमा सार्वजनिक मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासतमा राखेर अर्कै मुद्दामा त्यसरी अनुसन्धान गर्न नपाइने भन्दै उनी पनि विवादमा परे।

हुँदाहुँदा डिएनए परीक्षण गर्ने प्रहरी ल्याबका अधिकारीसमेत छानबिनको दायरामा ल्याउनु पर्ने सिफारिश भयो। किन त?

आयोगले सरकारलाई दिएको चार बूँदे सिफारिशको दोस्रो बूँदामा ‘प्राप्त डिएनएको अटोजोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै पनि सो नगरी Y-STR प्रविधिबाट मात्र परीक्षण गरिएको पाइएको हुँदा यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरुलाई आवश्यक छानबिनको दायरामा ल्याउन’ भनिएको छ।

तर, हामीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्ट नम्बर ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० को एनेक्सचर एमा रहेको टेबलमा निर्मलाको भेजिनल स्वाबबाट संकलित तीनवटै नमूनाबाट अटोजोमल एसटिआर निकालिएको उल्लेख भएको पाएका छौँ। भेजिनल स्वाबबाट मात्र नभई निर्मलाको रगतको नमूनाबाट समेत अटोजोमल एसटिआरसमेत परीक्षण भदौ २४ गते नै गरेर रिपोर्ट दिइसकेको उल्लेख छ। यो खबर पहिलोपोस्टले माघ ६ गते सार्वजनिक गरेको थियो।

यति हो कि अटोजोमल एसटिआरमा पुरुष डिएनए देखिएको छैन। जुन कि विज्ञका अनुसार देखिनै पर्थ्यो। निर्मलाको भेजिनल स्वाबमा Y-STR चाहिँ देखिने (महिलामा Y क्रोमोजोम हुँदैन) तर त्यही भेजिनल स्वाबमा X हेर्दा महिलाको मात्र देखिने, पुरुषको चाहिँ नदेखिने कसरी हुन्छ? पुरुषको X र Y दुवै क्रोमोजोम हुन्छ। त्यसैले निर्मलाको भेजिनल स्वाबमा निर्मलाको मात्र हैन त्यो केटाको पनि X त भेटिनै पर्थ्यो।

यो रिपोर्ट त्रुटिपूर्ण भएको भएर मानवअधिकार आयोगलाई प्रहरीको ल्याबले नदेखाएको हो कि के हो। जे भए पनि यिनीहरु पनि अनुसन्धानको दायरामा भने पर्नु पर्ने नै देखियो।

मानवअधिकार आयोगको रिपोर्टमा प्रहरीका के कस्ता गल्ती छन्, स्पष्ट पारिएको छ। हेरौँ रिपोर्टका आधारमा सरकारलाई दिइएको सिफारिश र निर्देशनसहितको यो पत्र-














Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme