Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: नेपालका रोहितले तोडे सचिन रअफ्रिदीको रेकर्डदेखि मेस्सीले सन्यास लिएकै हुन त?

Posted on January 26, 2019January 26, 2019 by राजेन्द्र मगर

आज माघ १२ गते शनिवार अधिकाशं मिडियाको प्रमुख खबरको रुपमा रह्यो डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन र नेपाली क्रिकेट टोलीको दोस्रो एकदिवसीयमा फराकिलो अन्तरले जित। सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित भएपछि डाक्टर केसीले अनशन तोडेका छैनन्। आज उनको समर्थनमा माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन भए। केही स्वतन्त्र युवा समुह र नेपाली कांग्रेसले डाक्टर केसीको माग पुरा गर्नु पर्ने भन्दै निकालेको र्यालीमा सरकार विरोधी नारा लागेका थिए।

यही घटनालाई लिएर पहिलोपोस्टले लेखेको छ,  ओलीवाद भनेको फासीवाद हो’ भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन।

स‌ंयुक्त अरब इमिरेट्स यूएईसंग हिजो तीन विकेटले हारेको नेपालले आज १४५ रनको फराकिलो अन्तरले जित निकाल्दै बराबरी गरेको छ। अन्तिम खेल पर्सी हुदैछ। बाह्रहखरी अनलाइनले यूएईविरुद्द नेपालको शानदार जित,रोहित कुमार र सोमपालको किर्तिमान भन्दै खबर लेखेको छ।

१६ वर्षिय रोहित कुमार पौडेलको विस्फोटक ब्याटिङ  र सोमपाल कामीको धारिलो बलिङको मदतले नेपालले यूएईलाई सहज रुपमा हराएको हो। सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाए। उनले अरिफ शेखसँग छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे।

यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २१३ दिनका थिए।

त्यस्तै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष  अगाडि बनाएको कीर्तिमान पनि उनले आजको खेलमा तोडेका हुन।

अफ्रिदिले  सन् १९९६ मा  श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए। उनले मात्र ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए।

त्यो बेला अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो। रोहित पौडेलले आज अर्धसतक प्रहार गर्दा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ।

शाहिद अफ्रिदीको २३ वर्ष पुरानो कीर्तिमान रोहित पौडेलले तोडे भन्दै सेतोपाटीले खबर लेखेको छ।

६ दिन लामो भ्रमण सकाएर नेपाल फर्किएका प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीको विषय ठूलो नभएको प्रतिक्रिया दिएको अनलाइन खबरले लेखेको छ।

त्यस्तै नेपालखबर अनलाइनले अर्जेन्टिनाको स्ट्राइकर लियोनल मेस्सीको सन्यासको बारेेमा लेखेको छ। गत वर्षको विश्वकप खेलेदेखि मेस्सीले कप्तानी सम्हालेका  छैनन्। न त उनीबाट कुनै अभिव्यक्ती आएको छ। मेस्सीको बारेमा उठेका विभिन्न प्रश्नहरुलाई लिएर नेपाल खबरले के मेस्सीले सन्यास लिएका हुन भनेर लेखेको छ।

दक्षिण अमेरिकी राष्ट्रहरुको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको तालिका सार्वजनिक भइसकेको छ। तर मेस्सीले खेल खेल्ने नखेल्ने टुंगो नलागेपछि उनको सन्यासको बारेमा चर्चा चलेको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme