Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शुक्रबार एकाबिहानै दर्जनौँ एम्बुलेन्स साइरन बजाउँदै संसद भवन अगाडिबाट कुद्‍नुको कारण यस्तो पो रैछ

Posted on January 25, 2019January 25, 2019 by Salokya


आज माघ ११ गते शुक्रबार। संसद भवन नयाँ बानेश्वर अगाडिको सडकमा साइरन बजाउँदै एम्बुलेन्सहरु कुदे। एउटा, दुई वटा एम्बुलेन्स कुदेको भए, नर्मल होला भन्ने ठान्थे मान्छेले। तर एउटा हैन, दुई वटा हैन, तीन वटा हैन, १० वटा हैन, २० वटा हैन, दुई सय वटा जति एम्बुलेन्स साइरन बजाउँदै कुदे।

यति धेरै एम्बुलेन्स किन एकैसाथ कुदे? कता केही नराम्रो पो भयो कि! बटुवाहरुलाई चासो लाग्नु स्वभाविक हो। त्यसरी एम्बुलेन्स कुद्‍नुको कारण पनि पत्ता लाग्यो। के रहेछ त?

त्यसरी एकै पटक दर्जनौँ एम्बुलेन्स साइरन बजाउँदै कुद्‍नुको कारण कोही कतै बिरामी भएर लिन वा लिएर कुदेको हैन रहेछ। कारण अति सामान्य रहेछ।

२०७४ साल माघ महिनाको ११ गते एम्बुलेन्स चालकहरुको छाता संगठन संयुक्त एम्बुलेन्स चालक संघले ट्रेड यूनियनको रुपमा श्रम विभागबाट वैधानिक मान्यता प्राप्त गर्न सफल भएको रहेछ। आज त्यसैको सम्झनामा पहिलो स्थापना दिवस मनाइएको रहेछ।

स्थापना दिवस कसरी मनाउने त भन्दाखेरी उनीहरुले निर्णय गरेछन्- भएभरका एम्बुलेन्सहरु सडकमा साइरन बजाउँदै कुदाउने। हेर्नुस् त-

शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स र्‍याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै शिक्षण अस्पताल पुगेर समापन भएको थियो।

तपाईँलाई यस्तो गरेको कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्टमा लेख्नुस् वा पोलमा मत दिनुस्।

8 thoughts on “शुक्रबार एकाबिहानै दर्जनौँ एम्बुलेन्स साइरन बजाउँदै संसद भवन अगाडिबाट कुद्‍नुको कारण यस्तो पो रैछ”

  1. LimbunaYan says:
    January 28, 2019 at 2:22 pm

    ननसेन्स! “कोहि बुझाकी र पढन्ते छैनन् त्यो ग्रुपमा? त्यो कुदाउने समय र पैसा त्यहि सडकका मगन्तेलाई बाडे कति राम्रो हुन्थ्यो!”

    Reply
  2. madan bajrachaary says:
    January 25, 2019 at 9:17 pm

    सबैको हक र हितको निमित संगठनहरु खोलिनु राम्रो हो तर अहिले हक र हितको निमित भनेर खोलियको सबै संघ संस्थाहरु उनीहरुले गरि आयको पेसालाई यकलौति गर्नेकै निमित खोलियको र उनीहरुको जायज नाजायज माग मनाउन कै निमित मात्रै खोलेको स्पस्ट भै सकेको छ/ उनीहरुको यस्तो प्रविती पनि देसमा सछ्यम भयर पनि धेरै बेरोजगार हुनुको प्रमुख कारण बनेकोछ/ फेरी आफ्नो राजनैतिक स्वार्थमा मात्रै केन्द्रित भयको नेताहरु र यस्तै हुल मूल गर्न सक्ने बन्द र हड्ताल गर्न सक्नेहरु यक अर्काको संरछ्यक बनेकोछ, मितेरी गाँसेको छ/ यस्ता संगठनलाई र यस्तै संगठनलाई काखी च्याप्ने नेता र दलको कारणले आम नागरिकहरु को अधिकार मिचेको छ/ यस्ता संगठनहरुको कारणले कुनै पनि कल कारखाना उद्योगहरु र बिद्यालयहरु मात्रै होईन सारवजनिक सडकमा आम नागरिकहरु हिड्न पनि नपाउने आफ्नै निजि पसल ब्यापार मात्रै होईन दिनभरि भारि नबोके रिक्सा नचाले बेलुकी खान नपाउनेहरु पनि भोकै बस्न बाध्य भयकोछ/ आम नागरिकको हक हित को निमित होला भनेर स्विकारेको लोकतन्त्रलाई इनिहरुले हुल्मुलेको तानाशाही तन्त्र बनायको छ देसमा/ आफ्नै हक हित को निमित जे सुकै गर्ने हरुलाई संगठन होईन सिन्डिकेट भन्नु पर्छ/ यस्तालाई नेता र दलले काखी च्यापुन तर आम नागरिकले बहिस्कार गर्नु पर्छ/

    Reply
  3. balram chherti says:
    January 25, 2019 at 3:36 pm

    छि छि हामी नेपाली र एउटा सस्था य्स्थापन भएको बार्षिक दिनमा एस्तो घिन लाग्दो चुरी फुरी धिक्कार छ तिमीहरु लाई बेकारमा तेत्रा गाडीहरु सडकमा दौडाएर बटुवा र साधारण मानिसहरुको होस् हवास उडाएर तेती धेरै इन्धन खर्च अनि धोनी प्रधुसन अनि गाडीको खर्च त छदै छ .
    के यो बाहेक अरु राम्रा उपाए थिएनन् जस्तो कि तो दिन बिरामीलाई सकेसम्म निसुल्क सेवा वा बिसेस छुट अनि तेही पुन्ने दिनको बारेमा बिर्धा आश्रम वा कुनै बिद्यालय वा कुनै परोपकार सस्था लाई सहयोग गर्ने नै धेरै भन्दा धेरै जनतालाई आफुहरुको काम र सेवाको बारेमा प्रचार प्रसार गर्ने आदि इत्यादी तेही भएर म यो तरिकालाई छि छि र बेकारको चुरी फुरी भन्नु मनलाग्यो

    Reply
  4. प्रविण खत्री says:
    January 25, 2019 at 2:31 pm

    लोकतन्त्र भनेको पनि यस्तै रहेछ । एम्बुलेन्स चालकको पनि ट्रेड युनियन बनेको रहेछ अब युनियन बनेपछि बेला बेलामा हड्ताल पनि गर्लान नि ।

    Reply
  5. Suman Gaudel says:
    January 25, 2019 at 12:43 pm

    के भन्ने नेपालीहरु को चाला ????

    Reply
  6. Hari Anamani says:
    January 25, 2019 at 12:31 pm

    नौटंकी को हद

    Reply
  7. रूक्मागत शर्मा says:
    January 25, 2019 at 11:38 am

    सरकारले यसो गर्न छुट दिनुहुदैन। मनाउन त मनाऊ। मनाउने नाममा रमिता न देखाऊ। दुनियालाई शास्ती नदेऊ।सडक बिगार्ने नगर।

    Reply
  8. prabhat says:
    January 25, 2019 at 11:28 am

    अनि आकस्मिक सेवा त्याक्सिको जिम्मा हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme