Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सांसद नचिन्ने सरकारी समाचार एजेन्सी

Posted on January 24, 2019January 24, 2019 by Salokya


एकनाथ ढकाललाई चिन्नुहुन्छ हैन? हो, उही व्यक्ति जसले अस्ति भर्खर जिसस पुत्रीलाई काठमाडौँ बोलाएर होली वाइन खुवाए। जसका कारण सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बदनामी भयो। उनै महान् एकनाथ ढकाललाई आज सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले सांसद भन्दै फोटो क्याप्सन लेखेको रहेछ।

एकनाथ ढकाल नेपाल परिवार दलका अध्यक्ष थिए। तर उनले एमालेमा यो दल विलय गराएका थिए, चुनावअघि नै। एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा भइसकेका कारण अहिले उनी नेकपाका नेता हुन्। एमालेले ढकाललाई समानुपातिकमा उम्मेदवार बनाएको थियो।

समानुपातिकको बन्दसूचीमा नाम रहेका कारण मात्र सांसद भन्न मिल्दैन। त्यसमा रहेका नाममध्ये फलानो फलानोलाई सांसद बनाउनु भनेर दलले पत्र लेखेको हुनुपर्‍यो र त्यसलाई सबैकुरा जाँच गरेर निर्वाचन आयोगले विजयी घोषणा गर्नुपर्‍यो। अनि मात्र सांसद निर्वाचित हुन्छ र सांसद भन्न पाइन्छ।

तर राससले भने यत्तिकै ढकाललाई सांसद घोषणा गरिदिएछ। राससलाई कसले सम्झाइदिने- ढकाल अहिलेका सांसद हैनन्, संविधान सभा हुँदाका सांसद हुन् भनेर।

सांसदै नभएको मान्छेको दुई दुई वटा फोटो राससले के राष्ट्रिय महत्वको ठानेर पोस्ट गरेका हुन् कुन्नि ! कि राससलाई राम्रैसँग होली वाइन लागेको हो?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]com मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme