Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : डा. केसीको अनशन १६औँ दिनमा, सरकारका प्रवक्ता भन्छन् : चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्छौँ

Posted on January 24, 2019January 24, 2019 by राजेन्द्र मगर

आज माघ १० गते बिहिवार प्रमुख खबरको रुपमा रह्यो प्राध्यापक डाक्टर गोविन्द केसीले सांसदहरुलाई लेखेको पत्र। डा केसी १६ औ दिनदेखि अनशनमा छन्। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक रहेको छ। १६ औ दिनसम्म अनशन बस्दा समेत सरकारले उनीसंग वार्ताको लागि पहल नगरेपछि उनले पत्र लेखेका हुन। पत्रमा केसीले चिकित्सा शिक्षा विधेयक पारित नहुनुको विकल्प नरहेको उल्लेख गर्दै चिकित्सा शिक्षा विध्यक सम्झौट्टा गरे अनुरुप पारित गर्न सांसदहरुलाई पारित गर्न आग्रह गरेका छन। उनले सांसदहरुलाई लेखेको पत्र हेर्नुहोस – ती वाचा जालझेल मात्रै थियो भन्ने म ठान्न सक्दिन : डाक्टर केसीको पत्र

गत मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विद्येक संसद प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको थियो। आफ्ना दुई पूर्वसभापतिका नाममा अस्पतालबारे कांग्रेसले संसद अवरोध गरिरहेको छ। सोही दिन कांग्रेस सांसद गगनकुमार थापाले सभामुख महराले माफी माग्नुपर्ने बताएका थिए।

तर महराले आफुले माफी माग्नु पर्ने कारण नभएको बताएका छन्। सेतोपाटीले लेखेको छ महरा भन्छन्- मैले माफी माग्नु पर्ने कारण छैन।

गत मंगलवार कांग्रेस सांसदहरुको कारण रोकिएको चिकित्सा शिक्षा विधेयक भोलि पारित गर्ने सभामुख कृष्ण बहादुर महराले बताएका छन्। पत्रकारहरुसंग कुरा गर्दै उनले चिकित्सा शिक्षा विधेयक पारित गर्न भोलि पनि शान्तिपूर्ण तरिकाले कोशिस गर्ने बताएका हुन।

यस्तै पहिलोपोस्टमा नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा विधेयक पारित गराएरै छाड्छौँ भन्ने समाचार रहेको छ।

चिकित्सा शिक्षा विधेयककै विषयमा लिएर अनलाइन खबरले भोलि चिकित्सा विधेयक पारित गर्ने कोशिस हुन्छ : सभामुख महरा भन्ने हेडलाइनमा खबर लेखेको छ।

त्यस्तै युट्युब च्यानलमा दलाली भन्ने हेडलाइनमा नेपाल खबरले समाचार लेखेको छ। पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको युट्युव च्यानलबाट कसरी पैसा आउँछ र यसको बिक्री कसरी बढिरहेको छ भन्ने विषयमा समाचार केन्द्रित छ। सब्सक्राइबर बढाउने, मनिटाइजेसन लिने अनि त्यसपछि टन्न पैसा लिएर च्यानल बेच्ने, किन्नेले फेरि अर्कोलाई नाफा खाएर बेच्ने प्रवृत्ति रहेकोबारे समाचार केन्द्रित छ।

त्यस्तै रातोपाटी अनलाइनले नेपाल आयल निगमको ग्यासको बारेमा समाचार लेखेको छ।

यसैगरी भोलिदेखि नेपाल र युएईबीच ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय र ३ खेलको टि ट्वेन्दी अन्तर्राष्ट्रिय खेल हुँदैछ। नेपालको परम्परागत समस्याको रुपमा रहेको ओपनिङ र ब्याटिङ कस्तो हुनेछ त्यो हेर्नलायक हुनेछ भन्ने खालको समाचार पहिलोपोस्टमा छ। कसले गर्ला नेपालको ओपनिङ भन्ने समाचार रहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme