Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वस्थानी कथामा येशुको प्रचार, कसले गर्दैछ हिन्दूहरुको आस्थामा प्रहार?

Posted on January 23, 2019 by Salokya


पौष शुक्ल पूर्णिमादेखि धेरै नेपालीहरुको घरमा स्वस्थानी व्रत कथा पढ्न थालिन्छ। काठमाडौँको साँखुमा त एक महिना कठोर व्रत बस्नेहरु पनि हुन्छन्। हिन्दूहरुको आस्था छ यसमा। स्कन्द पुराणको एउटा खण्डका आधारमा यो स्वस्थानी कथा रचिएको भन्ने भनाई पाइन्छ। यही स्वस्थानीको कथामा इसाईहरुको येशु अर्थात् इसा मसिहको प्रचार गरेको पत्याउनु हुन्छ? मलाई पनि सुरुमा पत्यार लागेको थिएन। जब काठमाडौँको भोटाहिटीमा गएर आफैले यो किताब किनेँ र पल्टाएर हेरेँ, तब भने विश्वास गर्नै पर्‍यो। तपाईँहरुका लागि मैले यो किताबका पानाहरु प्रमाणका रुपमा राखेको छु।


अरु स्वस्थानी कथाको पुस्तक जस्तै यो पनि रातो हार्ड कभरमा छ। अनि त्यसमा डोरी पनि छ।

भित्रको पेजमा सयौँ वर्षदेखि चलिआइरहेको पुरानो खालको असली श्री स्वस्थानी व्रतकथा लेखिएको छ। यसको भाषा संयोजन सागर शर्मा र सहसंयोजन ओमप्रकाश अधिकारीले गरेको त्यसमा उल्लेख छ। यो पाइने स्थान चाहिँ भारतको बनारसमा लेखिएको छ।

अर्को पाना पल्टाउँदा थाहा हुन्छ, भाषा संयोजन गर्ने नै यो किताबका प्रकाशक पनि रहेछन्। अर्थात् उही सागर शर्मा। यसको संस्करण २०७४ सालमा नै रहेछ। छापिएको पनि बनारसमा नै रहेछ। मूल्य भारु २५० लेखिएको छ। यो भनेको ४ सय नेपाली रुपैयाँ पर्न आउँछ। मैले भने यो ३८० रुपैयाँमा किनेको हुँ।

भित्रको पेजमा महादेव र पार्वतीको चित्र पनि छ।

प्रकाशकीयमा बजारमा श्री स्वस्थानी व्रतकथाका अनेकौँ थरिका पुस्तकहरु पाइने र त्यसमा कथालाई मिथ्या रुपले विस्तृत बनाइएको आरोप लगाइएको छ। लेखिएको छ- नयाँ नयाँ कथा थपथाप गरी पुस्तक ठूला पार्ने प्रयास यहाँ गरिएको छैन।

यति लेखिसकेपछि त यही असली खालको स्वस्थानी कथाको पुस्तक जस्तो लाग्न सक्छ। अब पुस्तक पल्टाउँदै जाउँ।

२६७ पेजमा विशेष टिप्पणी भनी एउटा कथा जोडिएको छ। यो त्यस्तो कथा हो, जुन तपाईँले सानोदेखि सुन्दै आएको स्वस्थानी कथामा पाइँदैन। तीन वटा रुखको कुरा गरिएको छ कथामा।

कथा जोड्दा जोड्दै क्रसमा येशुलाई टाँगिएको बयान छ। लेखिएको छ- आज त्यही शूली वा सलीबको प्रतिरुप विश्वको ठूलो समुदायद्वारा उच्च स्थानमा राखी पूजित गरिन्छ।

साथमा लेखिएको छ- ठूलो समुदायद्वारा ईश्वरका पुत्र मानिएका ईसा मसीहको जीवनका यी घटनाको आधारमा बनाइएको यस कथानकले पनि छोटकरीमा….. हिन्दूहरुको स्वस्थानी कथामा ईसा मसीहको कथानक जोड्न किन आवश्यक पर्‍यो? यो गरेर पाइने के हो? यसरी धार्मिक आस्थामाथि नै प्रहार गर्ने काम किन भइरहेको हो?

हाल प्रचलनमा रहेको छापाखाना तथा प्रकाशन ऐन २०४८ को किताब सम्बन्धी व्यवस्था अनुसार कुनै पनि किताब बेच्नुअघि दुई प्रति प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु पर्छ। नबुझाएमा कारबाही गर्न सकिन्छ। धार्मिक आस्थामाथि प्रहार गर्ने प्रकाशन गर्न नपाइने व्यवस्था पनि छ। के यो किताब छाप्ने, पैठारी गर्ने र बेच्नेलाई सरकारले कारबाही गर्ला त?

 

 

13 thoughts on “स्वस्थानी कथामा येशुको प्रचार, कसले गर्दैछ हिन्दूहरुको आस्थामा प्रहार?”

  1. मुकेश यादव says:
    January 26, 2019 at 10:57 am

    कपिल जी ले सही कुरा करनु भयो / अनि एक अरका मित्र ले पनि त्यही खालको टिप्पणी लेखनु भएको छ /

    आफनो कन्धा माथी को भैंसा देखनु छैन , आफनो धरम को गलत व्याख्या करेर नाजायज काम प्रोत्साहित करनु छैन , इसाई लाइ दोसा रोपन करने ?

    महिला शोषण को पर्यायवाची यो पुस्तक मा विष्णुले छल करेर परस्त्री वृन्दासँग राखेको यौन सम्बन्ध र महादेवले छल करेर बालिका गोमासँग विवाह गरेर गर्भिणीसमेत तुल्याई चरम दुःखमा अलपत्र पारेको प्रसंग के नैतिक छन् ? (खास महादेव हैन , कथा लेखने दुराचारी पण्डित ले महादेव बनाए ता कि दुराचारी बुढा हरुले बालिका हरु लाइ दुराचार करने धार्मिक छूट पाउन भनना का लागि )

    पहिले जमाना मा गाउँ घर मा निकै जना पढन लेखन सकदैनथे / त्यस्तो बेला कुनै भ्रष्ट पण्डितहरु ले घर घर का बालिका माथि कु द्रीष्टि राखेर पुस्तक मा हुँदै नभएको कुरा पाठ करेका थिए कि ? १२ बरस को केटि लाइ ८० बरस को बुढा ले बिहे करने बारे ? अनि कालान्तर मा ती कुरा पुस्तक मा थपेका थिए कि ? त्यति करे पछि त घर घर का बालिका मा इ बुढा पण्डित र अन्य धनी मानी बुढा ले व्यभिचार करने धार्मिक छुट पाउने भए /

    महिलालाई वस्तुको जस्तो व्यवहार करेर ‘बाटोमा मिल्काई आएँ’ जस्ता प्रसंग पनि धेरै छन् यो पुस्तक मा /

    Reply
  2. Sunny says:
    January 25, 2019 at 6:30 am

    शर्मा बाजे ले गाइ खाने हरु को $$ लिएर आफ्नो ब्राह्मण धर्म माइ कलंक लगायो. यो बजे को किताब जलाउनु पर्छ अनि बाजे लाइ केर कार गरेर धेगन लगाउनु पर्छ जस्तो लाग्छ मलाइ.

    Reply
  3. Dig Bahadur Tamang USA says:
    January 25, 2019 at 6:23 am

    यो आस्थिक र नास्थिक बिचको बिषय हुन् | हिन्दु धर्म based truth मा आधारित छ | बिष्णु पुरन नै भनौ, अवतारी प्रथ भनौ, पृथ्वीको कसरि बन्यो, नौ ग्रह कसरि बन्यो भन्ने कथाबाट सुरु हुन्छ, के वेद आउनु भन्दा कुनै किताब कुन मैकालाल लेख्यो ? हो धर्म र पण्डित हरुले , आफ्नो निज स्वार्थका लागि अरुलाई राम्रा भगवान बचन सर्वसाधारण लै पढ्ने मौका दिएन त्यो कुरा अलग छ | तेही भएर जैन शिख बुद्ध धर्मको उदय भएको हो | हो मैले पनि जानी नजानी स्वोस्थानी को किदाब पढेको छु तर तेस धार्मिक ग्रन्थमा लेखको नाम उल्लेख गरिएको थियन | खाली साली नदीको सेरो फेरो मात्रै भएकोले मल्लकालीन समएमा स्कन्द पुराणका
    धुरुन्धुर पण्डित लाई लेखाएको हुन् सक्छ | तेस बेला अहिलेको जस्तो मनोरन्जनका साधन पनि थिएन, पुष माघको जाडोमा दिन छोटा रात लामो हुने हुँदा स्वोस्थानिको ब्रतको काथा पदौं सुरु गरे होलान | हुन्दु धर्म बुद्ध धर्म ले सबैको धर्मलाई आदर गर भनेको छ तर इसाई मुसलमान धर्मले अरुको धर्मलाई मासेर आफ्नो धर्म ले बदल्नु भनेर उनीहरुको धार्मिक ग्रंथामै लेखेको हुन्छ | हाम्रो आस्थामाथि येसरी हस्तछेप गर्नेलाई कुन मुखले माफी दिने ?

    Reply
  4. सुशील says:
    January 24, 2019 at 7:50 pm

    फाल्तुको टेन्सन नालिम होला।
    कुनै बाइबलको लास्ट पेजमा कृष्ण लीला छाप्दिम न, हिसाब बराबर।

    Reply
  5. SUBBA VISHWAKARMA says:
    January 24, 2019 at 6:53 pm

    कुनै पनि शास्त्र सुद्ध न पाइने भो पहिला पहिला शास्त्र मा मिसावट गरि समाज मा जाति पाती र विभेद का कुरा मिलावट गरि हिन्दु समाज लाईनै कलंकित गरिएको छ अब इशाई धर्म का कुरा मिसावट गरि सम्पूर्ण हिन्दु समाज लाई नै समाप्त पर्ने सदयंत्र हुदै छ. होसियार हुनु पर्ने बेलै मा .

    Reply
  6. Mahendra Gorkhali says:
    January 24, 2019 at 2:08 am

    यो नेपालमा रहेका चर्चहरुकै काम हो | स्वस्थानी सान्ग्येको दिन काठमाडौँको श्री पशुपतिनाथ मन्दिरमा हजारौं महिलाहरु ब्रत समापनको लागि आउछन, त्यस्तै शाली नदी, साँखुमा पनि | यो भीडलाइ टार्गेट गर्छन इशाई महिला र पुरुषहरु | उनीहरु लाम लागेका महिलाहरुको छेउमा पुगी झोलाबाट बाइबलका कथा सम्बन्धि पुस्तक हरु फ्रीमा बाँडेर हिनछन | पहिला मीठो कुरा गर्छन र पछि पुस्तक थमाउछन | शिवरात्रिको बेला पनि त्यस्तै गर्छन गौशाला चोक देखि | यो गैरकानूनी हो र यस्तो कुचाल रोकिनु पर्छ | भनेर मान्दैनन, सर्जिकल स्ट्राइक नै गर्नु पर्छ धर्म प्रचारकहरु माथी, अर्थात सादा पोसाकमा महिला प्रहरी र जनता स्वयम् सेवक सेविकाहरु छयास छ्यास्ती खटाइनु पर्छ र तेस्तो गर्नेलाई तुरुन्तै कारवाही गरिनु पर्छ ताकि अर्को पल्ट देखि उनीहरुले त्यस्तो दुस्साहस गर्न नसकुन |

    Reply
  7. madan bajracharya says:
    January 23, 2019 at 11:30 pm

    इसाई धर्मको प्रचार गर्ने यस्तो प्रयाशले मात्रै कुनै हिन्दु इसाई बनिरहेको होईन यो त् हिन्दु कट्टरवादीको ब्यबहारको कारणले नै हो/ कट्टर हिन्दु पण्डितको अनुसार सति जानु सति पठाउनु ठुलो पून्यको काम हो/ यदि चन्द्रशम्शेर रानाले सति प्रथा बन्द नगरेको भय, महेन्द्रले मुलुकी येन बनायर बहु बिबाह गर्न नपाउने कानुन नबनायकोइ भय आज कुन हिन्दु महिला हिन्दु बनिरह्न्थ्यो होला र कुनै पनि हिन्दु महिला हिन्दु नबने आज नेपालमा कति जना हिन्दु बाकि रहन्थ्यो होला?

    हिन्दु धर्म र संस्कारमा पुन्य मानियको ठिक मानियको कयौं कुराहरु कानुन बनायर रोक्नु परेकोलेनै प्रमाणित गर्छ कट्टर हिन्दु बिचार र ब्यबहाहारमा अझै धेरै कुराहरुमा परिबर्तन गर्नु पर्छ/ तर कट्टर हिन्दुहरु यसो गर्न आज पनि मान्न तयार छैन/ त् आज पनि हिन्दु भयर पनि हिन्दु बाटै अछुत भनेर बहिस्कृत हुन्ग बाध्य बनायाकै छ/ मन्दिरमा सजायको मुर्ति बनाउने हिन्दु धर्म मान्ने कामीलाई तल्लो जातको भनेर मन्दिरमा पस्न समेत रोक लगायकैछ/ संस्कृत पढाउने बिद्यालयमा मात्र बाहुन जातिका नभय भर्ना हुन्ग बात रोकेकै छ/ कर्म काण्ड र हिन्दु संसार विधिमा जति सुकै निपिं भय पनि बाहुन बाहेक अरु मन्दिरको पुजारी बन्नै दिंदैन/ त् हिन्दु बनिरहे योग्य भय पनि अयोग्य र अछुत बनि रहन कतिन्जेल को तयार होला?

    नेपालमा सम्पन्न हिन्दु समुदाय बसोबास गर्ने स्थानमा अत्यन्त बिपन्न हिन्दुहरु पनि बस्छन/ तर कट्टर हिन्दुहरु उनीहरुको विपन्नता उनीहरुकै पुर्व जन्मको फल भनेर वास्ता नगर्ने मात्रै होईन हेला समेत गर्छन/ तेस्तै बिपन्न हिन्दुहरुलाई सहयोग गरेर इसाईले बढी हिन्दु धर्म परिबर्तन गरे गरायको छ/ त् दोषी को; जन्मको खोट देखायर हिन्दुलाई दुखि नै रहन बाध्य गर्ने कट्टर हिन्दु कि तेस्तालाई मदत गरेर हिन्दु धर्म परिबर्तन गराउने इसाई?

    Reply
  8. Vishnu says:
    January 23, 2019 at 11:19 pm

    It’s a coward deed of insulation on us. He must be punished. And the book must be banned. The publication should never be able to sell any publication in Nepal.

    Reply
  9. Shankar says:
    January 23, 2019 at 9:32 pm

    हामीले मान्ने धोति देउता मा मोराहरुले खैरे को देउता लाइ घुसायेछ | यो इन्डिया मै प्रकासित भएकोले इन्डियन हिन्दु ले एसको जवाफदेहिता लिनु राम्रो हुंछा|

    रह्यो क्रिस्तनी धर्म प्रचार प्रसार को कुरो , र यो चुथिया चाल| हामीलाई हाम्रै भारि गह्रौ छ त् खैरेको भारि किन बोक्ने ?

    Reply
  10. कपिल प्रधान says:
    January 23, 2019 at 9:17 pm

    सानै देखी खुबै सुन्यौं स्वस्थानी को कथा / सारा परिवार संगै बसेर सुन्थ्यौं /

    अहिले आएर पो अलिकति केलाउंदा थाहा भयो / स्वस्थानी कथा , अरु धार्मिक कथा जे जसमा हेरे पनि पढे पनि ब्राम्हण लाइ दान दिएर स्वर्ग जाने , जात , भात , ठुलो जात , सानो जात यो जाति ले यो गर्न पाउने यो जाति ले त्यो गर्न नपाउने / अनि महिला हरू त पुरुष भन्दा कति तल कति तल / धर्म को नाम मा पुरुष ले महिला लाई जे गरे पनि हुने /

    अझ यो स्वस्थानी ब्रतकथा मा त ठाडै नाङ्गो र निर्लज्ज रुप मा बालविवाह लाइ मान्यता दिई अस्सी बर्ष को बूढो ले १२ बर्ष की केटी विवाह गरे पनि ठिक भनेर सयौं वर्ष देखी घर घर मा यो प्रथा अत्यन्त normal र मान्य भनेर प्रचार प्रसार गरेका छन /

    कसले लेखेको हो हामीले बर्षौं देखी पढेको सुनेको स्वस्थानी कथा र अन्य धार्मिक पुस्तक ? धर्म लाइ तोड मदोड़ गरेर एउटा जाति र सम्प्रदाय लाइ फाइदा पुर्याउने गरि लेखेको राजनीतिक खेल हो / अहिले आएर इसाई ले यसो गर्यो त्यसो गर्यो भनेर कुर्लने ? आफ्नो घर को मल सफा नगर्ने अनि अरु लाइ दोष दिने ?

    १० – १२ बर्ष की कन्या ले सानै देखी योग्य वर पाउँ भनेर प्रार्थना गरे पछि ८० वर्ष को बूढो लाई भिडाउने अनि त्यो बूढो चाहिं शिवजी भनेर प्रचार गर्ने – मान्नै पर्छ यी पेड़ोफाइल स्यस्थानी fantasy का लेखक हरु लाइ / कुनै जमानामा कुन बूढो लाइ यो आइडिया आएछ / यस्तो लेखेर आफ्नी नातिनी को उमेर कि केटी माथि व्यभिचार गरे पनि धर्म को नाम मा normalize गरे पछि त अझ धर्म नै हो भने पछि त सबै ले मानि हाल्छन /

    इसाई ले थपेको जोडेको नक्कली स्वस्थानी पुस्तक को आलोचना गर्नु भन्दा पहिले कुनै पनि पढे लेखेका अलिकति सुद्दी भएका परिवार हरुले यो पेड़ोफिलिया, बालविवाह र यौन पिपासु बूढो ले अबोध कन्या माथि व्यभिचार गर्न धार्मिक छुट दिने ओरिजिनल स्वस्थानी को पुस्तक जुन तपाईं को घर मा छ , राम्ररी पढ्नुस र सोच्नुस् /

    संधै भरी इसाई ले प्रचार गरे, इसाई ले यसो गरे उसो गरे भन्ने हरुले सोच्नुस् – कसरी गरे ? किन गरे ? हाम्रो हिन्दु धर्म ले सबै जाति र सम्प्रदाय, महिला पुरुष लाइ समान रुपको व्यवहार गरेको भए , जात भात भनेर कतिपय लाइ नहोच्याएको भए , नगद र धन र यौन पिपासु राजनीतिक दलाल हरुले आफु मात्र घिचेर जनता लाइ गरिबी मा नधकेलेको भए इसाई ले धर्म परिवर्तन गराउन सक्थे होला ?

    Reply
  11. ausmitra says:
    January 23, 2019 at 4:52 pm

    यो त आफ्नै खालको धार्मिक हाईज्याकिङ्ग नै भयो नि.

    Reply
  12. Arjun Bhandari says:
    January 23, 2019 at 9:21 am

    Shalokya ji,
    I request you to take this issue to social media very strongly and demand to seize and destroy all these tainted books. Also please demand the severe punishment to the fullest extent of law on the perpetrators.

    Reply
  13. prithvi narayan says:
    January 23, 2019 at 4:28 am

    अहिले को कोलि प्रचण्ड सरकार नै दिल ज्यान ले इसाई को प्रचार प्रसार मा लागेको छ, किन कसले कारवाई गर्ने? उही जनता उम्लेर भाटे कारवाई गरे मात्रै हो जुन शायद गर्दैछन . हजारौ बर्ष देखि मिलेर बसेका नेपालि हरुलाई अतिबादी बनाउदै छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme