Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : भारतीय ‘मोटिभेसनल स्पिकर’ ले गरे नेपाललाई बदनाम देखि अभियुक्त नै अनशनमा

Posted on January 21, 2019January 22, 2019 by राजेन्द्र मगर

आज नेपाल लाइभ अनलाइनले डा केसीका ‘काउन्टर अनसनकारी’ थापा पेस्तोलसहित पक्राउ परेका अभियुक्त भन्ने हेडलाइनमा समाचार लेखेको छ। डाक्टर गोविन्द केसीको बारेमा अनशन बसिरहेका विजय थापाको बारेमा नेपाल लाइभले लेखेको छ, उनले केही युवा जम्मा पारेर आफ्नो समूह बनाई फसेको पैसा उठाउने र त्यसबाट कमिसन लिनेसमेत गरेको बुझिएको छ। यसैगरी उदयपुरको चुरे जंगलबाट हुने काठ तस्करीमा समेत उनको नाम जोडिएको थियो।

आफ्नो सञ्जाल विस्तार गर्दै उनले तराईसम्म पुर्‍याएको र तराईमा उनले आफूलाई ‘शिवा’ भनेर चिनाएको समाचारमा उल्लेख छ।

तराईमा आपराधिक क्रियाकलाप गर्नकै लागि २०६७ साल जेठमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामक संगठन खोलिएको र थापा त्यसको महासचिव रहेको नेपाललाइभले खुलासा गरेको छ। त्यसबेला हालका आइजिपी सर्वेन्द्र खनाल धनुषा प्रहरी प्रमुख रहेको र त्यतिबेला खनाल नेतृत्वको प्रहरीले महासचिव थापा र उक्त समूहका सैन्यप्रमुख ज्वालामुखी उपनामका सिरहा बडहरामाला– ३ बस्ने १९ वर्षीय वीरेन्द्र सदालाई पक्राउ गरेको थियो।

जाँचका क्रममा प्रहरीले दुवैलाई धनुषाको ढल्केबर–३ बाट त्यसबेला हतियारसहित पक्राउ गरेको र सर्वेन्द्र खनालले गरेको पत्रकार सम्मेलनमा पक्राउ परेका थापासहित दुवैले सिरहा, धनुषा, महोत्तरी, उदयपुर र सिन्धुलीमा पार्टी विस्तार गरेर सदरमुकाममा बम विस्फोट गराउने योजना बनाएको स्वीकार गरेको समाचारमा उल्लेख छ।

जलेश्वर कारागारबाट रिहा भएपछि पनि उनको आपराधिक क्रियाकलाप नरोकिएपछि कटारीका तत्कालीन डिएसपी किसनसिंह थापाको टोलीले उनलाई पक्राउ गरेको र पछि सार्वजनिक अपराधमा मुद्दा दायर भएर अनुसन्धान सुरु भएकोमा ०७० असोज १३ गते २८ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको समाचारमा उल्लेख छ।

त्यस्तै अनलाइनखबर डटकमले मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ ले गरे नेपालको दुष्प्रचार भन्ने हेडलाइनमा समाचार लेखेको छ।

भारतका प्रख्यात ‘मोटिभेसनल स्पिकर’  डा विवेक बिन्द्राले मिथ्यांकको सहारा लिएर नेपालका बारेमा भ्रामक प्रचार गरेको बारेमा अनलाइन खबरले समाचार लेखेको हो।  विन्द्रा अहिले नेपालमा समेत ट्रेन्डिङमा छ।

बिन्द्राले नेपालको वर्तमान अवस्थालाई भयावह बनाएर पेश गरेकोमा अनलाइनलखबरले उनले प्रस्तुत गरेका अधिकांस तथ्य अतिरञ्जित वा झुटा भएको प्रष्ट पारेको छ। भिडियोमा नेपालमा १२ घन्टाभन्दा बढि बिजुली उपलब्ध नहुने बताइएको छ। जबकि नेपालमा लोडसेडिङ इतिहास भइसकेको समाचारमा उल्लेख छ।

नेपाल विश्वकै २५ गरिब देशमा पर्ने भनेर उनले अपुष्ट सूचना दिएका छन्। यस्तै ८० प्रतिशतभन्दा बढि मानिस गाउँमा बस्ने, ७३ प्रतिशतभन्दा बढि मानिसहरुसँग पानीको सुविधा नभएको, नेपालसित कुनै पनि प्राकृतिक सम्पदा एवम् खानिज नरहेको, १ करोड जनसंख्या गरिबिको रेखामुनि रहेको उनले बताएका छन्। यी सबै झूटा वा अतिरञ्जित तथ्यांक हुन्।

त्यस्तै सेतोपाटी अनलाइनले वाइडबडीको किस्ता सरकारले तिरिदिने भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा भनिएको छ, नेपाल एयरलाइन्सले वाइडबडी खरिदका क्रममा नागरिक लगानी कोष र संचयकोषसँग लिएको ऋणको अन्तिम किस्ता तिर्न नसकेपछि सरकारले तिरिदिने भएको छ।

लामो दुरीमा उडान भएर आफैं तिर्न सक्नेगरी व्यापार विस्तार नहुन्जेल सरकारले ऋण तथा पुँजी लगानीका रुपमा किस्ता तिरिदिने भएको छ।

एयरलाइन्सले वाइडबडी जहाज किन्न लिएको ऋण र यसअघि न्यारोबडी जहाज किन्न लिएको ऋणको पुस महिनाको किस्ता तिर्न सकेको छैन। आर्थिक वर्षमा ४ किस्ताका दरले तिर्नुपर्ने यस्तो किस्ता अझै २÷३ वटा आफै तिर्न नसकिने नेपाल एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराएको थियो।

त्यस्तै नेपालखबर डटकमले युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर? भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा भनिएको छ, २०७४ माघअघि युट्युव च्यानलमा राखिएका भिडियोमा १० हजार भ्युज पुग्नासाथ पैसा आउन सुरु हुन्थ्यो। अर्थात्, यस्ता च्यानलहरु ‘मोनिटाईजेसन’ का लागि योग्य हुन्थे। ‘मोनिटाईजेसन’ भनेको युट्युव च्यानलमा एड (विज्ञापन) आउन सुरु गर्नु हो। गुगलले आफ्नो एड राखिदिएवापत युट्युव च्यानलवाला सम्बन्धित व्यक्तिको नाममा पैसा पठाउँछ।

तर, पछिल्लो समय युट्युवले केही कडाई गरेको छ। नयाँ नियमअनुसार युट्युव मोनेटाईजेसन हुनका लागि १ हजार सस्क्राइब हुनु आवश्यक छ। त्यतिले मात्र पुग्दैन, पछिल्लो १२ महिनामा उक्त च्यानलबाट ४ हजार घण्टा भिडियो हेरिनुपर्ने अर्को शर्त पनि थपिएको छ।

यसबाहेक भिडियोमा भ्युअरले दिने प्रतिक्रियाको पनि अध्ययन गरिन्छ। आपत्तिजनक भिडियो राखेर सस्क्राइब र भ्युज पढाउने च्यानललाई यस माध्यमबाट कडाई गरिन्छ। यस्ता च्यानल मोनेटाईजेसन हुने गर्दैनन्।

त्यस्तै पहिलोपोस्ट डटकमले कसरी फुक्ला संसदमा गाँठो? देव गुरुङको प्रश्न : ‘बलिको बोका’ कि सत्याग्रही? नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अस्पतालको विषय झिकेर डाक्टर केसीलाई बलिको बोको बनाउन खोजेको दावी गरेको पहिलोपोस्टले लेखेको छ।

पहिलोपोस्टलाई देव गुरुङले भनेका छन्, ‘हस्पिटलको कुरा गर्नु भएको छ। त्यो विषयमा सरकारको खासै आपत्ति छैन। अलिअलि परिमार्जित गर्ने हो। यसमा केही फरक पर्ने छैन। पहिले कांग्रेसले नै छिटो विधेयक पास गर्नुपर्ने भने पनि अहिले आफैँले अवरोध गरेको छ।’

आज अनलाइनहरु र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको अर्को खबर हो रवि लामिछाने र चलचित्र विकास बोर्डका अध्यक्ष नीकिता पौडेलको बिहे। दुवैले अघिल्लो बिहेलाई बिराम दिएर नयाँ जीवन सुरु गर्न आज अदालतमा बिहे दर्ता गरेका हुन्। रवि लामिछानेको यही स्टायटसका आधारमा धेरै अनलाइनले समाचार बनाएका छन्।

1 thought on “आजको समाचार : भारतीय ‘मोटिभेसनल स्पिकर’ ले गरे नेपाललाई बदनाम देखि अभियुक्त नै अनशनमा”

  1. madan bajracharya says:
    January 22, 2019 at 12:45 pm

    मोतिभेटर स्पिकर अर्थात आफै नबोल्ने अर्थात अरुले बोलेकै कुरा दोहराउने पाल्तु मैनाले जस्तै/ पाल्तु मैनाले सिकायको सब्द बोल्न बोल्छ/ यसले बोलेको कुरा पाल्तु मैनाले बोलेको जस्तै मात्र हो/ त् यसले जे बोले त्यो कसले बोल्न लगायको भनेर दिमाग लगायर सोच्नै पर्दैन किन भने त्यो सबैले चिनेको चोरनै हो/तेसैले यसको बकवाश मात्र यसको मालिक नेपालमा पहिला जस्तै चोर्न ठग्न नपायकोले बरवरायको सब्दाहरुकै नकल मात्रै हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme