Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा देखि ‘पुँजीपति क्लब’ मा प्रधानमन्त्री ओलीले के भन्नेछन्?

Posted on January 20, 2019January 21, 2019 by राजेन्द्र मगर

आज अनलाइन खबर डटकमले मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारका अनुसार आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।

अब १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए ठेक्का रद्द हुनेछ। मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ। यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइनेछ।

त्यस्तै सेतोपाटी अनलाइनले डावोसको ‘पुँजीपति क्लब’ मा प्रधानमन्त्री ओलीले के भन्नेछन्? भन्ने हेडलाइनमा समाचार लेखेको छ। पररराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सेतोपाटीलाई भनेका छन्, ‘फोरमलाई हामीले धनी वा पुँजीपतिहरूको क्लबका रूपमा नभई विश्व व्यापारका विषयमा छलफल गर्ने थलोका रूपमा हेरेका छौं, यो नेपालका लागि महत्वपूर्ण अवसर हो। प्रधानमन्त्रीले आफ्ना आर्थिक विकासका सोच विश्व समुदायसामु राख्नुहुन्छ। नेपालको आर्थिक विकासमा साथ दिन र लगानी गर्न आग्रह गर्नुहुन्छ।’

त्यस्तै नेपाललाइभ डटकमले यसरी पक्राउ परे पत्रकार मनोहर ढकालका हत्यारा भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा पत्रकार ढकालको हत्या र हत्यारा पक्राउ पर्दासम्मको घटना उल्लेख गरिएको छ।

पहिलोपोस्टले प्रचण्ड पत्नी सीता आइसियुमा रहेको समाचार लेखेको छ। त्यसैगरी पहिलोपोस्टमा निर्मला प्रकरण अन्तर्गतको १९ औँ शृङ्खलामा प्रहरीले गोप्य राखेको निर्मलाको त्यो ‘अटोजोमल एसटिआर रिपोर्ट’ जसमा बलात्कारीको डिएनए देखिएन शीर्षकको सामाग्री छ।

प्रहरी एकपछि अर्कोलाई पक्रँदै डिएनए चेक गर्दै छाड्दै गर्दैछ। न प्रहरीले अभियुक्त ठहर गरेको व्यक्तिको डिएनए मिलेको छ, न स्थानीय बासिन्दाले इङ्गित गरेका व्यक्तिहरुको नै। निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमूनाबाट १६ वटा वाइ एसटिआरका एलिलहरु निकालिएकोमा कसैको ८ वटा अङ्क मिलेको छ, कसैको पाँच वटा, कसैको त्यसभन्दा कम।

प्रहरी पर्खाइमा छ, सबै अङ्क मिल्नेको। तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजाल भन्छन्, ‘१६ मा १६ वटै एलिल अङ्क मिल्ने भेटिए पनि उही अपराधी हो भनेर शत् प्रतिशत किटान गर्न म सक्दिनँ।’

फरेन्सिक एक्सपर्ट रिजाल किन यस्तो निश्कर्षमा पुगे त? किनभने निर्मलाको भेजिनल स्वाबको एउटा विधिबाट (वाई एसटिआर) बाट परीक्षण गर्दा त त्यसमा पुरुष (बलात्कारी) को डिएनए भेटियो। तर, अर्को विधि (अटोजोमल एसटिआर) गर्दा भने त्यसमा पुरुष डिएनए भेटिएको छैन।

समाचारमा चिकित्सकहरुले भेजिनल स्वाबसँगै निर्मलाको रगतको नमूना पठाएको र भेजिनल स्वाबबाट अटोजोमल एसटिआरसमेत परीक्षण भदौ २४ गते नै गरेर रिपोर्ट दिइसकेको खबर भने हालसम्म गोप्य नै राखिएको थियो भन्दै अटोजोमल एसटिआर परीक्षणको रिपोर्टसमेत राखिएको छ।

1 thought on “आजको समाचार: मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा देखि ‘पुँजीपति क्लब’ मा प्रधानमन्त्री ओलीले के भन्नेछन्?”

  1. madan bajracharya says:
    January 21, 2019 at 11:53 pm

    उपत्यकामा खानि पानि को ब्यबस्था गर्नको लागि बनेको मेलम्ची आयोजना इनिहरुको होईन राजाको हो/ राजाको पालामा राजा राम्रो हुने संदेश दिन सकिने सबै जसो संस्था उद्योग त् राजा नराम्रो भन्नेको राज चले पछि यक पछि अर्को अनेकौं शिर्जित कारण देखायर बन्द बा बिक्रि गरिने सके/ सायद यहि मेलम्ची आयोजना यौटै मात्र हो इनिहरुले बन्द नगरेको/ कारण पनि नाम मात्रको अरु जिल्लाको प्रतिनिधि तर बस्ने उपत्यकामै भयकोले हो कि इनिहरुले मेलम्ची आयोजना चाहि बन्द त् गरेनन तर मेलम्ची बनि हाले यसको पानीले फेरी उपत्यका बाशिको नसा नसामा फेरी राजानै थिको हो भन्ने असर पार्लाकी भनेर सके सम्म मेलम्ची आयोजना बनाउन ढिला त् गरेको होईन ई राजा नराम्रो त् भन्ने तर आफै राजाको पालामा नराम्रो भन्दा अति नराम्रो बन्नेहरुले? फेरी मेलम्चीको पानि आई हालेमा इनिहरुले पाउँदै आयको रास्ट्रको कोष बात पियर मात्रै नसकिने नुहाउन र बाहिर बेच्न पनि पुग्ने मिनरल वाटरको बोतल सिलिन्डर नपाउने भयकोले पनि ……

    मेलम्ची बन्दै गर्दा इनिहरुले उपत्यकाबासिलाई पानीको ब्यबस्था गर्ने मेलम्ची आयोजना लाई आफुलाई चाहेको ब्निलाशी गाडी उपलब्ध गराउने आयोजना बनायको थियो/ यो कसले भुल्न सक्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme