आज अनलाइन खबर डटकमले सुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी भन्ने हेडलाइनमा समाचार छापेको छ। आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएकाले उनीहरु काठमाडौँ आएको बताउँछन्।
बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो। स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ। सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन्।
त्यस्तै रातोपाटी अनलाइनले ‘अहिले पनि मधेशी जनतामाथि पञ्चायतकालभन्दा बढी विभेद छ’ भन्ने हेडलाइनमा अन्तर्वाता छापेको छ।अन्तर्वातामा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भनेका छन्, ‘राज्य संचालनको जुन प्रणाली छ त्यो नै एकात्मक र नश्लवादी छ। सबै संवैधानिक त्रुटी नै हुन्। त्यसैले हामी संविधान संशोधन हुनुपर्छ भनि कुरा उठाइरहेका छौं। संविधान संशोधन नगरेसम्म जो जहाँ सहभागी भएपनि त्यसले केही गर्न सकिँदैन। मधेशी जनतामाथि नरसंहार गरेर लादिएको संविधान हो नि यो। यो यस्तो संविधान यस्तो संविधान हो जुन संविधानसभामा पनि छलफल भएन। संविधानमाथि राखिएका संशोधनबारे पनि कुनै सुनुवाई भएन।
त्यस्तै नेपाल खबर डटकमले इतिहास रच्न चुक्यो नेपाली महिला टोली, फाइनलमा फराकिलो हार भन्ने हेडलाइनमा समाचार लेखेको छ। थाइल्याण्डमा सम्पन्न महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोलीसँग ७० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो।
थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली महिला टोलीले १७.२ ओभरमा सवै विकेट गुमाएर ५१ रनमात्रै बनाउन सक्यो।
त्यस्तै नेपाल लाइभ डटकमले सरकारले असाधारण गति लिएको छ : प्रम ओली भन्ने हेडलाइनमा समाचार लेखेको छ। नेपाल सबैभन्दा तीब्र गतिको आर्थिक विकास गर्ने देश हुने बताउँदै प्रधानमन्त्री ओलीले प्रतिव्यक्ति आयमा पनि उल्लेख्य वृद्धि भएको दाबी गरेको नेपाल लाइभले लेखेको छ। ‘८ सय ५० डलरबाट प्रतिव्यक्ति आय एक हजार डलर पुगेको छ।’ प्रम ओलीले भनेका छन्।
त्यस्तै बाह्रखरी डटकमले ‘अराजक’ पत्रकार ! भन्ने हेडलाइनमा पत्रकार देवेन्द्र गौतमको प्रोफाइल लेखेको छ। प्रोफाइलमा भनिएको छ, ‘जिन्दगीको ऊर्जावान समयमा देवेन्द्रले पत्रकारिता गरे। निर्दलीय पञ्चायतको कालो छायामा पत्रकारिता गर्न सजिलो थिएन। विशेषगरी जनताका पक्षमा लेख्न। जिन्दगी पातमा राखेर तरवारको धारमा हिँडेसरह थियो। त्यो चुनौती जबर्जस्ती कसैले थमाएको होइन उनलाई। आफैंले रोजे त्यो काँडाको बाटो । र, हिँडे, हिँडिरहे। त्यो यात्रा अझै सकिएको छैन। त्यो बाटो हिँड्दाका शुरुवाती दिनको माया कति छ उनलाई ? तुलोमा तौलिएर भन्न सकिँदैन। संग्रहालय बनाउँदै छन्। शायद त्यही नै मापक हो ।
जो उनको घर पुगेको छ, उसले देख्छ— पत्रकारिताप्रति देवेन्द्रको मोह। जुन घरका भित्ताभित्तामा प्रतिविम्बित छन्। उनले कति वटा पत्रिका निकाले ? घरका भित्तामा फ्लेक्स बनाएर टाँसिएको छ। करिब दुई दर्जन त्यस्ता फ्लेक्स छन्। लाग्छ— देवेन्द्रको घर इँटा र सिमेन्टले होइन, पत्रिकाका पानाहरूले ठडिएको छ।
प्रहरीले अपराध गरेको प्रमाण सहित पकदेकोलाई पनि अपराधि भन्दैनन/ अदालतले पनि प्रमाण हेरेर, अपराध गरेको आरोप लागेको आफ्नो कुरा भन्ने अवशर दिन्छ/ इ सबै कुरा मानव अधिकार भित्रकै कुरा हो/ त्त आफुलाई मानव अधिकारवादी भनाउँदा हरु चाहि सुनेको भरमा बुझ्दै नबुझि, प्रमाण बिना र प्रमाणित नै नभय पनि मानवको चरित्र हत्या हुने हुने बकवाश मात्रै लेख्दैन बोल्दैन अरुलाई उत्तेजित गररेर कसैको जिउ ज्यान समेत खतरामा पार्छन प्रमाण को रुपमा मानावाधिकारावादिले बम दिदि बहिनीको बारेमा जे जस्तो गरे तेही हेरे पुग्छ/ अपाराध गरेको प्रानितानै नभय पनि अपराध गरेको आरोप लगायार उनीहरु माथि आम नागरिकलाई उक्सायर जिउ ज्यानकै खतरा मोल्नु पर्ने अवस्थामा पुर्याउने लाई हामीले किन मानव अधिकारवादी भनिरहने किन दानव नै नभन्ने?
बम दिदीबहिनी डान्स बारमा काम नगरेको कुरा त् स्पस्ट भै सके/ मानव अधिकारबादीहरुले पनि बुझेर होईन मात्र सुनेको भरमा लेखेको भनि हाले/ त् के सुनेको भरमा …..गर्ने मानव अधिकार बादी कानुन लाग्दैन? बम दिदि बहिनीले निर्मल काण्डमा अपराध गरेको होला नहोला त्यो अर्कै कुरा हो/ तर निर्मला काण्डमा बम दिदीबहिनी माथि मानव अधिकारवादीले जघन्य अपराध गरिनै सके/ तेसैले बम दिदीबहिनीले ती मानव अधिकारवादीहरुलाई अदालतमै उभ्याउनु पर्छ र लाख होईन करोडौं को छ्यति पूर्ति सहित सजाय गराउन पट्टि लग्नु पर्छ/
नेपालमा अपराध बढेको र आम नागरिकहरु बारम्बार पिडित हुन् बाध्य भयको मूल कारण प्रमुख कारण अनाहकमै कसैलाई पिडित बनाउनेले छ्यति पूर्ति गर्नु पर्ने ससक्त कानुन नबनेकोले हो/ यदि कडा च्याति पूर्ति कानुन बनेको भय न कसैले सडक बन्द ब्यापार बन्द गर्न सक्दैनथ्यो कार्यकर्ता र नेताले जथा भावी गर्न सक्दैनथ्यो र गुण्डाहरुले पनि गुन्दागिरी गर्न सक्दैनथ्यो, गाडीले ठक्कर दियर घाईते मात्रै भयाकोलाई गाडी ब्याक गरेर किच्यायर मार्न सक्दैनथ्यो नकली ग्याश सिलिन्डरको कारण कोहि जलेर मर्नु पर्दैनथ्यो/ छ्यातिपुर्ती कानुन नागरिकको नागरिक अधिकार को बलियो कवच हो/ तापनि आस्चर्य लाग्ने गरि आफुलाई नागरिकको प्रतिनिधि हौँ भन्नेहरु यस्तो कानुन बनाउनु भन्दा नेताहरुलाई मात्रै केहि बोल्नु नहुने कानुन नियम बनायर बस्छन/