Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: वाइडवडी प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल देखि डाक्टर केसीको अनशनमा कसरी छिर्‍यो द्वन्द्वकालीन इस्यु?

Posted on January 18, 2019January 19, 2019 by राजेन्द्र मगर

आज रातोपाटी अनलाइनले वाइडवडी घोटाला प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल भन्ने समाचार लेखेको छ। वाइडवडी विमान खरिदका लागि पहिलो किस्ताको रकम बुझाउने बेलामा तत्कालीन प्रधानमन्त्री देउवाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकाले  विमान खरिद प्रक्रियामा उनी दोषी रहेको मिडिया रिपोर्टपछि काँग्रेस यो विषयमा आक्रमक रुपमा अगाडि आएको छ। र, काँग्रेसले यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी रहेको दाबी गरेको छ ।

समाचारका अनुसास कांग्रेस सभापति देउवाले पुस ३० गते धनगढी पुगेर वाइडवडीमा ओली र प्रचण्डलाई दोषी देखाए। त्यसलगत्तै माघ २ गते पार्टी मुख्यालमा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वाइडवडी विमान खरिदमा आफ्नो पार्टी सभापतिलाई निर्दोष देखाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डमाथि आरोप लगाए।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने वाइडवडी विमान खरिद प्रकरणमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र देउवाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

त्यस्तै पहिलोपोस्ट अनलाइनले चिकित्सा शिक्षा सुधारको मागमा जुटेका डाक्टर केसीको अनशनमा कसरी छिर्‍यो द्वन्द्वकालीन इस्यु? भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा भनिएको छ, १६ औं अनशनमा आएपछि उनको माग सूचीमा एउटा अर्को नयाँ माग पनि थपियो। नयाँ माग कुनै पनि कोणबाट चिकित्सा शिक्षा सुधारसँग सम्बन्ध राख्दैन।

 

६ बुँदे माग राखेर १६ औं अनशन थालेका उनको पाँच नम्बर माग ‘द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गरियोस्। द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याइयोस्’ भन्ने छ।

समाचारका अनुसार यही मुद्दाका कारण १५ औं अनशनसम्म डाक्टर केसीको समर्थनमा उत्रिएकाहरुले यतिखेर मौनता साँधेका छन् या उनकै विरुद्धमा अभिव्यक्ति दिन थालेका छन्। त्यसैले डाक्टर केसीको मुद्दामा समाज थप ध्रुविकृत भएको छ। पहिलोपोस्टले कानुन व्यावसायी ‍ओम प्रकाश अर्याललाई उदृत गर्दै भनेको छ, ‘डाक्टर केसी अहिलेका नेताहरुलाई अपराधी नै मान्नुहुन्छ। न्याय पनि अपराधिहरुसँग माग्नु परेकाले उहाँ पहिलेदेखि नै आक्रोशित हुनहुन्थ्यो।सन्दर्भ गलत भए पनि उहाँले राखेको माग त जायज नै हो। कसैबाट प्रभावित नभइ आफैले राखेको माग हो यो।’

त्यस्तै सेतोपाटी अनलाइनले केसीसँगको सम्झौता किन तोडियो? फुकाउने विकल्प के थिए? भन्ने हेडलाइनमा समाचार लेखेको छ।

1 thought on “आजको समाचार: वाइडवडी प्रकरणमा शीर्ष नेताबीच पोल खोलाखोल देखि डाक्टर केसीको अनशनमा कसरी छिर्‍यो द्वन्द्वकालीन इस्यु?”

  1. madan bajrachaary says:
    January 20, 2019 at 7:16 am

    नेपाल बायु सेवा निगममा सन् १९७६ देखि सन् २००५ सम्म काम गरेको अनुभव बात मैले निगममा तुच्चे चोरले चोर्ने जत्तिकै भर्स्ताचार गरेको देखि करोडौंको भ्रस्टाचार गर्नेहरु पनि देखेको थिय/ तेस्ता कयौं सिट ….गरे पनि आफ्नै हाकिम निर्देशकलाई पनि पटक पटक समेत जेल जानुको कारण पनि बनेर जागिर खाने दुर्गम स्थानमा सरुवा गराउने अवशर बिहिन बनाउने मात्रै होईन ज्यान नै लिने धम्कि पनि खाय/

    मैले पंचायती कालमा जागिर खायको थिय/ भ्रस्टाचार त् तेतिबेला पनि हुन्थे/ तर तेतिबेला भयको भ्रस्टाचार तुच्चे चोरले चोरेको जस्तै भ्रस्टाचार हुन्थ्यो तर गिरिजा प्रधान मन्त्रि भय पछि निगम निगम लुत्नेको मात्रै होईन निगमलाई हतियार बनायर देसै लुट्ने मात्रै होईन नेपालमा भारतको उत्पादन र आमदानिमा चुनौती दिने संस्था र संस्थानहरूलाई जस्तै निगमलाई पनि तेसरिनै भ्रस्टाचारमा धसायर दुवाउन खोज्ने पनि देखे/

    भारतको नाकाबन्दी लाई असफल बनाउने र युरोप बात भारत घुमेरै मात्र नेपालमा आउन सक्ने पर्यटकहरुलाई निगमले सिधै नेपाल ल्याउन थालेर भारतको पर्यटन आमदानिमा धक्का पुर्यायकोमा निगमलाई नभई नहुने वाइड बादी जहाज ल्याउने प्रक्रियालाई भ्र्स्ताचारको दलदलमा फसाउनु मात्र आर्थिक लाभ लिन मात्रै पक्कै होईन/ यो कुराको प्रमाणको रुपमा धमिजा लाउदा काण्ड आदिको नाम लिने पर्दैन धमिजा लाउदा काण्डको पनि महा नायकले “निगममा अब उप्रान्त कुनै ठुलो जहाज नाउने” भनेको सम्झे पुग्छ/

    निगमको युरोप उडान तेतिकै निगमको ब्यबस्थापनको असछ्यमताको कारणले मात्रै भयको होईन निगमले भारत पुगेर घुमेर मात्रै नेपाल आउन सक्ने बिदेशी पर्यटकलाई सिधै नेपाल ल्यायर नेपालको सुदामा टाइपको नेताहरुको प्रभु कृष्ण जस्तै नेताको देसको भयको हानि भयकोले पनि हो/ निगमले ठुला जहाज ल्याउनुमा आर्थिक लाभ लिन भ्रस्टाचार गर्ने पनि होला तर त्यो भन्दा बढी निगमलाई ठुलो ठुलो जहाज ल्याउन दियर युरोप आदि देस बात आउने पर्यटकहरुलाई भारतको जाँदै नागईकनै सिधै नेपाल ल्याउन बात रोक्नु नै थियो/

    नेपालमा भारतको चुरोट उद्योगको बजार लाई सखाप पर्ने जनकपुर चुरोट कारखाना बन्द हुनु/ नेपालमा भारतको कागज उत्पादनको बजारलाई चुनौती दिने भृकुटी कागज कारखानाले “यो बर्ष देखि नेपालको कागजको आबस्यक्ता भृकुटी कागज कारखानाले नै पुरा गर्न सक्ने” भनेको लगतै उक्त कारखानामा भिषण आगलागी हुँदै बन्द नै गरिनु, नेपालमा भारतको कुनै पनि उत्पादनको बजारको नागरिकलाई बिकल्प नेसनल ट्रेदिंग बन्द गरिनु, जुटको व्यापारमा भारतलाई पनि उच्छिन्न लागेको बिराटनगर जुट मिल बन्द हुनु, नेपालमा भारतको सिमेन्टको बजारलाई नागरिकहरु बात अस्वीकृत नै हुने अबस्थामा पुर्याउने नेपालि सिमेन्ट कारखानाहरु ना ना थरिको किच्व्हालो उठाउन लगायर धराशी बनाउनु, नेपालमा भारत बात आयातित हुने औषधि भन्दा गुणस्तरीय औषधि उत्पादन गर्ने औषधि कारखाना चल्ने नसक्ने अबस्थामा जुन तत्वको हात थियो तिनै तत्वले निगमले भाडामा बा किन्ने जहाजमा भ्रस्टाचार भन्दै निगमलाई जहाज उपलाब्ध्नै नगर्ने षडयन्त्र गरेको हुन् सक्दैन के?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme