Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हातले लेख्‍न नसक्नेलाई परीक्षामा एक घण्टा समय थप

Posted on January 18, 2019 by Salokya

हाम्रो परीक्षा प्रणालीमा हातैले लेख्नुपर्ने प्रावधान छ। वैकल्पिक उपाय छैन। कसैले आफूले लेख्न नसके अरुलाई लेख्न लगाएर भए पनि परीक्षा दिनुपर्छ। एक जनाले भनेको कुरालाई अरुले कपिमा लेख्दा समस्या पक्कै हुँदो हो। किनभने प्रश्न बुझ्नुपर्‍यो पहिला, त्यसपछि उसले बोल्नुपर्‍यो, उसले बोलेको सुनेर अर्कोले कपिमा लेख्नुपर्‍यो।

त्रिभुवन विश्वविद्यालयले यो विषयमा नयाँ व्यवस्था गरेको रहेछ। भर्खरै विश्वविद्यालयको सूचनामा देखेपछि थाहा भयो।

सूचना अनुसार आफैले हातले लेख्न नसक्ने भएर अरुले नै लेखिदिएर परीक्षा दिनुपर्ने अवस्थामा १०० पूर्णाङ्कको परीक्षाका लागि एक घण्टा समय थप गरिने रहेछ। १०० भन्दा घटी पूर्णाङ्कको परीक्षा भएमा भने आधा घण्टा समय थप हुने रहेछ।

तर यसका लागि परीक्षार्थी दृष्टिविहीन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोग भएको हुनुपर्ने रहेछ। त्यतिमात्र हैन हातले लेख्न नसक्ने प्रमाणित हुनुपर्ने रहेछ। यसका लागि आधिकारिक निकायबाट दिइएको अपाङ्गता परिचय पत्र वा चिकित्सकले प्रमाणित गरेको पत्र हुनुपर्ने रहेछ।

त्रिभुवन विश्वविद्यालयले गरेको यो व्यवस्था जस्तै एसईई र अरु विश्वविद्यालय र अरु स्कूलहरुले के व्यवस्था गरेका रहेछन् कुन्नि।

विदेशमा भने यस्तो व्यवस्था हुने रहेछ। जस्तै दिल्ली विश्वविद्यालयले समयको मात्र हैन, लेख्ने मान्छेको समेत व्यवस्था गरिदिने रहेछ। यसरी लेखिदिने मान्छे परीक्षा दिने भन्दा कम पढेको हुनुपर्ने व्यवस्था रहेछ। नेपालमा भने यसबारे केही व्यवस्था भए जस्तो लाग्दैन। दिल्ली विश्वविद्यालयले लेखिदिने मान्छेलाई पारिश्रमिकको व्यवस्थासमेत आफैले गरिदिने रहेछ।

 

1 thought on “हातले लेख्‍न नसक्नेलाई परीक्षामा एक घण्टा समय थप”

  1. Suren Babu says:
    January 19, 2019 at 5:29 am

    There is rule for SEE (SLC) 9 class Student can be assistant. I am the one gave SLC exam for blind Student when I was in class 9, 20 years ago. They give 1 hour extra time for 100 mark and 30 minutes for 50 mark subject. Some of the questions can answer with your own discussing with primary students some you just write what they dictate.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme