Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

#Nepaleaks विदेशमा धन थुपार्नेमा राजेन्द्र बजगाइँको नाम किन हरायो?

Posted on January 17, 2019 by Salokya

नेपालको खोज पत्रकारिता केन्द्रले अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा विदेशमा धन थुपार्नेहरुको नाम हिजो साँझ सार्वजनिक गर्‍यो। त्यसो त उपलब्ध विवरणका आधारमा दुई वर्षअघि माइसंसारमै पनि केही नेपालीको विवरण राखेकै हौँ। यस पटक भने केही थप नाम पनि खुलासा भएको छ। यसलाई आजका दैनिक पत्रपत्रिकाहरुले आ-आफ्नो ढंगले प्रकाशित गरेका छन्। अनि यो हेर्दा केही रमाइलो पनि भेटियो।

नागरिक दैनिक र रिपब्लिका दैनिकले विदेशमा लगानी गर्ने ५५ जनाको समाचारमा एक जनाको नाम लुकाएको छ। त्यो नाम हो राजेन्द्र बजगाइँ।

नागरिक र रिपब्लिका दैनिकमा नाम नआए पनि अरु पत्रिकाहरुमा भने नाम आएकै छ। एउटाले लुकाएर लुकाउने कुरै होइन यो। के लेखिएको छ त राजेन्द्र बजगाइँ बारे।

नेपाली कांग्रेसबाट प्रदेश सभामा पराजित राजेन्द्र बजगाईको पनि विदेशमा लगानी रहेको देखिन्छ । बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाईले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका छन् ।


बेलायतमा व्यवसायी राजेन्द्र बजगाँईको कम्पनी दर्ता भएको प्रमाणपत्र ।

गोरखा इन्काउन्टर्सलाई पछि नाम परिवर्तन गरी ‘द हिमालयन एडभेन्चर लिमिटेड’ बनाइएको थियो । नाम परिवर्तन भएको कम्पनीका लगानीकर्तामा लन्डन निवासी लेखनाथ पाण्डे, ब्रिटिश नागरिक म्यागी मग्वाया र नेपाली नागरिक बजगाई शेयर सदस्य छन् । पाण्डे गैरआवासीय नेपाली हुन् भने बजगाई नेपालमै बसोबास गर्ने पर्यटन व्यवसायी हुन् ।

बजगाईले नेपालमा पनि ‘गोरखा इन्काउन्टर्स’ कम्पनीको नामबाट पर्यटन व्यवसाय गर्दै आएका छन् । प्राप्त विवरणहरू अनुसार उनले नेपालमा २०५५ सालमा कम्पनी दर्ता गरेका हुन् । त्यसको पा“च वर्षपछि अर्थात् सन् २००४ (२०६०) मा नेपालमै व्यवसाय गरिरहेको कम्पनीको नाम राखेर लन्डनमा नयाँ कम्पनी खोलेको देखिन्छ ।

बजगाईले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् । उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैया“ नेपालमा लगानी आएको देखिन्छ । यो लगानी हङकङ, ब्रिटिश भर्जिन आइल्यान्डस् र बेलायतका तीन कम्पनीसँग सम्बन्धित छ । ती कम्पनीहरूमा हङकङको ‘आईआरपी एशिया लिमिटेड’ अन्तर्गत ‘सिल्भर हेरिटेज लिमिटेड’, ब्रिटिश भर्जिन आइल्यान्डस्को ‘सिल्भर हेरिटेज लिमिटेड’ र बेलायतको ‘सिल्भर हेरिटेज लिमिटेड’ हुन् । बजगाईसँग साझेदारी गर्ने गरी लन्डनका नागरिक डेविड फ्र्यांकेलले पनि २ करोड २५ लाख रुपैया“ विदेशी लगानी ल्याएका छन् ।

बेलायतमा आफ्नो नाममा कम्पनी रहेको बजगाईले स्वीकार गरे । “बेलायतको एक पाउन्डको गिफ्टेड कम्पनीमा म पनि संलग्न छु । म आफैंले लगानी गरेको होइन” उनले भने “हामीले यहाँको पैसा त्यो कम्पनीमा लगेका छैनौं ।” ब्रिटिश भर्जिन आइल्यान्डस्बाट लगानी ल्याएको सम्बन्धमा बजगाईले भने, “यो देश कर छलीको हिसाबले कालोसूचीमा परेको कुरा मलाई थाहा छैन । सरकारले लगानीको स्वीकृति दिइसक्यो । म त्यसबारेमा बोल्न चाहन्नँ ।”

पूरा विवरण पढ्नुस्- ५५ नेपालीको विदेशमा लगानी

अब किन बजगाइँको नाम नागरिक र रिपब्लिकाले लुकायो, वा मेरो कमजोर आँखाले पो नदेखेको हो कि, एक पटक पत्रिकाका एक एक पाना पल्टाएर हेर्नुहोला र सोध्नुहोला है।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme