Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना देखि प्रकाण्डलाई विप्लवको प्रश्न – बाबुराम भट्टराईको सहयोग किन लिएको ?

Posted on January 14, 2019January 14, 2019 by राजेन्द्र मगर

आज अनलाइन खबरले मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना भन्ने हेडलाइनमा समाचार लेखेको छ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन। सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन्।

अनलाइन खबरले लेखेको छ, ‘सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको झाको आरोप छ। कुटपिटबाट घाइते भएकाले अस्पताल भर्ना गरिएको झाको परिवारले जनाएको छ। झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाले बताएका छन्।’

त्यस्तै रातोपाटी अनलाइनले प्रकाण्डलाई विप्लवको प्रश्न – बाबुराम भट्टराईको सहयोग किन लिएको ? भन्ने हेडलाइनमा समाचार लेखेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक साताअघि स्थायी कमिटीको बैठकमा भएका छलफलको बारेमा आधारित छ समाचार। समाचारमा बैठकमा प्रकाण्ड रिहाइ हुने समय पार्टीका नेताहरूभन्दा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको सहयोग लिएको भन्दै प्रकाण्डको आलोचना भएको लेखिएको छ।

त्यस्तै नेपालखबर अनलाइनले जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन् भन्ने हेडलाइनमा फिचर लेखेको छ। साहित्यकार भीमनिधि तिवारीकी कान्छी छोरी मञ्जु काँचुली तिवारीको फिचरमा भनिएको छ, ‘कथा, कविता, उपन्यास र नाटक गरी आधा दर्जनभन्दा बढी कृति प्रकाशित गरेकी मञ्जु पढाईमा पनि उत्तिकै अब्बल थिइन्। उनले आईएमा पद्मकन्या क्याम्पस र एमएमा ‘क्लिनिकल साइकोलोजी’ विषयमा त्रिभुवन विश्वविद्यालय टप गरिन्।’

त्यस्तै उनको बारेमा नेपाल खबरले लेखेको छ, ‘मञ्जु रानी ऐश्वर्य शाहकी मिल्ने साथीसमेत हुन्। १३ वर्षको उमेरमै एसएलसी पास गरेपछि उनी पद्मकन्या क्याम्पस भर्ना भइन्, जहाँ उनको भविष्यकी बडामहारानी ऐश्वर्यसँग भेट भयो, दोस्ती गाँसियो।’

त्यस्तै पहिलोपोस्ट अनलाइनमा ‘गरिब’ प्रदेशका मन्त्रीले भ्रमणमै पारे साढे ७ लाख स्वाहा, तोकिएभन्दा बढी बुझे भैपरी खर्च भन्ने समाचार लेखेको छ।

समाचारमा भनिएको छ, ‘कर्णाली प्रदेशका मन्त्रीहरूले भ्रमण खर्चमा साढे सात लाख भन्दा बढी स्वाहा पारेका छन्।चालु आर्थिक वर्षको ६ महिनामा साढे सात लाख भन्दा बढी भ्रमण खर्च बुझेका छन्। मुख्यमन्त्री तथा मन्त्रीहरू भ्रमण खर्च बापत ७ लाख ५७ हजार एक सय ४५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिना मसान्तसम्मको भ्रमण खर्च बुझेका हुन्।’

त्यस्तै सेतोपाटी अनलाइनले दाहालका पालामा टेन्डर भयो, ओलीका पालामा जहाज किनियो, मलाई किन दोष?: देउवा भन्ने हेडलाइनमा समाचार लेखेको छ। देउवालाई उदृत गर्दै सेतोपाटीले लेखेको छ, ‘म प्रधानमन्त्री हुँदा १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए। भर्खरै प्रधानमन्त्री भएको बेला थियो, कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन। मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन। मेरो अधिकार पनि होइन। मेरो जानकारीबिना केही भयो होला मलाई थाहा छैन।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme