Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका समाचार : किन निकालियो निर्मलाकी आमाको रगत देखि डा. केसी किन बसे फेरि अनशन

Posted on January 9, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अधिकाशं अनलाइन प्राध्यापक डाक्टर गोविन्द केसीसंग भएका सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित र इलामबाट सुरु गरेका उनको सोह्हौ अनशनमा केन्द्रित छ।

पहिलोपोस्ट अनलाइनले डा. केसीको २७ दिने अनशन भयो ‘फ्लप’, सम्झौताका मूख्य तीन बुँदामै तोडमोड भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा केसीसँग भएका के-के सम्झौता चिकित्सा शिक्षा विधेयकमा उल्लंघन गरियो? भन्ने उल्लेख छ।

समाचारमा डाक्टर केसी फेरि अनशन बस्नुको कारणबारे भनिएको छ, ‘आज पारित भएको विधेयकमा आशयपत्र लिएका प्रस्तावित मेडिकल कलेजहरुले उपत्यकाबाहिर हाल भइरहेका विश्वविद्यालयबाट नै सम्बन्धन पाउन सक्ने बाटो खुला राखेर विधेयक पारित गरिएको छ। यो बुँदा डा केसीसँग सरकारले गरेको सहमति विपरित हो। आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने भन्दै डाक्टर गोविन्द केसी र सरकारबिच सहमति भएको थियो।’

त्यस्तै अनलाइन खबरले डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना भन्ने हेडलाइनमा समाचार लेखेको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको हो।

यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिइसकेकी छिन्। समाचारमा भनिएको छ, ‘प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगेकी थिइन्। त्यहाँ प्रहरी प्रमुख एसपी कुवेर कडायत, अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझालगायतले रगत निकाल्ने काम अस्पतालमा मात्रै हुने बताएपछि उनलाई महाकाली अस्पताल लगिएको थियो।’

त्यस्तै नेपाल खबर अनलाइनले मिस नेपाल श्रृङ्खला खतिवडा अब नेपाल–फ्रान्सको सद्भावना राजदूत भन्ने हेडलाइनमा समाचार लेखेको छ। समाचारमा भनिएको छ, ‘खतिवडालाई नेपाल–फ्रान्सबीच कुटनीति सम्बन्ध स्थापना भएको ७० औँ बार्षिकोत्सव कार्यक्रमको ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरिएको हो।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme