Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो देखि ४ वटा नागरिक्ता बनाएर ठगी

Posted on January 8, 2019January 12, 2019 by राजेन्द्र मगर

आज पहिलोपोस्ट अनलाइनले व्यापारीलाई फसाउँने ‘नटवरलाल’ वासुदेव: परिचय फेर्दै हिँडे पनि श्रीमतीको नागरिकताबाट यसरी पुगे हिरासत भन्ने हेडलाइनमा समाचार लेखेको छ। उक्त समाचारमा एउटै मान्छेले फरक फरक नागरिक्ता बनाएर कसरी ठगे भन्ने उल्लेख गरिएको छ। चार वटा फरक नाममा नागरिक्ता बनाएर ठगिरहेका ठगलाई प्रहरीले उनकै श्रीमतीको नागरिक्ताबाट पक्राउ कसरी गर्यो त ? पढ्नुस पहिलोपोस्टको समाचार।

त्यस्तै सेतोपाटी अनलाइनले संविधान ‘नमान्ने’ प्रधानन्यायाधीश राणा भन्ने हेडलाइनमा समाचार लेखेको छ।

समाचारमा भनिएको छ, प्रधानन्यायाधीश राणाले नियुक्तिको भोलिपल्टै न्यायपरिषद् बैठकबाट जोशीका अरू काम पनि खोसे। उनीप्रति आमनागरिकले सहानुभुति राख्ने ठाउँ जोशी आफैंले छोडेका छैनन्। विवादपछि जोशीलाई पेसी नतोक्ने राणाको निर्णय केही हदसम्म ठिकै होला तर उनले न्यायाधीशको कार्यकक्ष नै खोस्न भने कुनै हालतमा पाउँदैनन्।

राणाले हेक्का राख्नुपर्ने हो, प्रधानन्यायाधीश बराबरहरूमध्ये पहिलो मात्र हो अरू न्यायाधीशहरूको हाकिम होइन।

संविधानमा लेखिएअनुसार बाहेक न्यायाधीशहरूलाई कसैले हटाउन र राख्न सक्दैन। जोशीको प्रकरणमा राणाले नियतवस् संविधान मिचेका छन्।
प्रधानन्यायाधीशले संविधानविपरित काम गरें भन्दै हिँड्दा सर्वोच्चको गरिमा जोगिदैन, संविधानको मान पनि रहन्न।

त्यस्तै नेपाल खबर अनलाइनले राजीनामा दिन्नँ, केही विषय सार्वजनिक गर्दैछुः राजदूत शेर्पा भन्ने हेडलाइनमा समाचार लेखेको छ। राजदूत भएर अष्ट्रेलियामा रहने क्रममा मानव तस्करी गरेको गम्भीर आरोप लागेकी लक्की शेर्पालाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन सुझाव दिएका थिए। तर, शेर्पाले आफु बर्खास्त नभएको र तत्काल राजीनामा पनि नदिने बताएकी छन्।

आफू परराष्ट्र मन्त्रालयको नियमित सम्पर्कमै रहेको भन्दै शेर्पाले मिडियामार्फत आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धान भइरहेको बताएको नेपाल खबरले लेखेको छ।

त्यस्तै कारोबार डेली अनलाइनले राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो भन्ने हेडलाइनमा समाचार लेखेको छ। राष्ट्रपतिका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ।

नेपाली सेनाका चालक (पाइलट)बाट २ पटक सम्म टेस्ट फ्लाइट भइसकेको चालक दलका सदस्य बाहेक १४ सीट क्षमताको इटालियन अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९ हेलिकप्टर मंसिर पहिलो साता नै काठमाडौं ल्याइएको थियो।

समाचारमा भनिएको छ, ‘तर नेपाली सेनाको सम्भार रथी विभागले हेलिकप्टर बाहेक त्यसको स्पेयर्स पार्टस् विना हस्तान्तरण प्रक्रिया अघि नबढाउँन हवाई महानिर्देशनालयलाई निर्देशन दिएको हो। सम्भार रथी विभागले हवाई महानिर्देशनालयलाई पत्र नै लेखेर खरिद सम्झौता अनुसार सबै उपकरण नआइकन हेलिकप्ट स्वीकार नगर्न निर्देशन दिएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme